जेनेभा । दक्षिणी युरोपमा तीव्र गर्मीको लहर चलिरहेका बेला संयुक्त राष्ट्रसंघका मानवअधिकार उच्चायुक्त भोल्कर टुर्कले जलवायु परिवर्तनले मानिसको जीवन र अधिकारमा गम्भीर खतरा उत्पन्न गराइरहेको बताएका छन् ।
संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्लाई सम्बोधन गर्दै उनले भने, “जलवायु सङ्कट भनेको मानवअधिकारको सङ्कट हो । तापक्रमको वृद्ध, समुद्री सतहको बढ्दो मात्रा, बाढी, खडेरी र डढेलोले जीवन, स्वास्थ्य, स्वच्छ, स्वस्थ र दिगो वातावरणमा बाँच्न पाउने अधिकारसहित अन्य धेरै अधिकारहरूमा असर पुर्याइरहेका छन् ।”
उच्चायुक्त टुर्कले युरोपमा देखिएको हालको गर्मीको लहरले जलवायु परिवर्तनसँग जुध्न आवश्यक तयारी तथा उपायहरू अपनाउन सबैको ध्यान जानु पर्ने बताए । उनले जीवाश्म इन्धन प्रयोग गर्ने उद्योगहरूले गलत प्रचार र झुटा समाधानमार्फत वास्तविकता लुकाउने प्रयास गरिरहेको, साथै वातावरणीय क्षतिबाट ध्यान हटाएर मुनाफा कमाइरहेकोप्रति चिन्ता व्यक्त गरे । उनले यस्ता उद्योगलाई जवाफदेही बनाउने उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिए ।
“प्राकृतिक स्रोतको दुरुपयोगबाट लाभ उठाउने व्यक्तिहरू र संस्थाहरूले त्यसको मूल्य तिर्नुपर्छ ।” उच्चायुक्तका अनुसार जलवायु रूपान्तरणका लागि दिइने अन्तर्राष्ट्रिय आर्थिक सहयोग प्रायः ऋणको रूपमा हुने भएकाले यसले गरिब तथा विकासोन्मुख मुलुकहरूमा थप ऋणको बोझ सिर्जना गरिरहेको छ । “आज करिब तीन अर्ब ३० करोड मानिस यस्ता मुलुकहरूमा बसोबास गर्छन्, जसले शिक्षा, स्वास्थ्यभन्दा बढी रकम ऋणको ब्याज तिर्न खर्च गरिरहेका छन्,” उनले बताए ।
उनले मानवअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय कानुनले वातावरण र जलवायु जोगाउन राष्ट्रहरूको कर्तव्य प्रष्ट रूपमा परिभाषित गर्दै लगेको र यो प्रक्रियाले जलवायु न्याय सुनिश्चित गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे । जलवायु परिवर्तनसम्बन्धी छलफल भइरहेका बेला जेनेभामा अत्यधिक गर्मी भएकाले मानवअधिकार परिषद्का अध्यक्षले पोशाकसम्बन्धी नियममा केही सहजता अपनाउँदै टाइ नलगाउने निर्णय गरेका थिए । सो दिन त्यहाँको तापक्रम ३३ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - २०:१३
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ । मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...
पौष २ गते, २०८२ - २०:०७
बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...
पौष २ गते, २०८२ - २०:०४
काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...
पौष २ गते, २०८२ - १९:५६
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ । आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...
पौष २ गते, २०८२ - १९:१८
सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...
पौष २ गते, २०८२ - १९:१६
भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...
पौष २ गते, २०८२ - १९:१३
काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...
पौष २ गते, २०८२ - १९:१०
गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...
पौष २ गते, २०८२ - १८:१७
भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...
पौष २ गते, २०८२ - १८:१२
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...




प्रतिकृया लेख्नुहोस्: