Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

कोशी पर्यटन वर्ष: प्रचारप्रसारमा जुट्यो प्रदेश सरकार

खबरडबली संवाददाता

काठमाडौँ । कोशी प्रदेश सरकारले यस वर्षलाई ‘कोशी पर्यटन वर्ष’का रूपमा मनाउने निर्णय गरेसँगै पर्यटन प्रवर्द्धनका लागि प्रचारप्रसारका गतिविधि गरिरहेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा यस वर्षलाई पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरी बजेट विनियोजन गरेको थियो ।

प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलको अध्यक्षतामा पर्यटन वर्ष निर्देशन समिति गठन गरी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको हो । यसअन्तर्गत अहिले दुई समूह बनाएर मुलुकका विभिन्न स्थानमा प्रचाप्रसारका कार्यक्रम भइरहेका छन् ।

‘स्वदेशी तथा विदेशी सञ्चारकर्मीलाई गन्तव्य परिचयात्मक भ्रमण’ र ‘रोड सो’ कार्यक्रममार्फत प्रदेशका पर्यटकीय गन्तव्यको प्रवर्द्धनका लागि प्रचारप्रसारमूलक गतिविधि सञ्चालन भइरहेको पर्यटन वर्ष निर्देशन समितिका सदस्य वासुदेव बरालले जानकारी दिए । पर्यटकीय गन्तव्यको भ्रमण कार्यक्रमअन्तर्गत नेपालसहित भारतका १७ पत्रकारलाई प्रदेशका पर्यटकीय गन्तव्यको भ्रमण गरिरहेको जनाउँदै उनले पर्यटन वर्ष निर्देशन समितिका सदस्य राजन दङ्गालको नेतृत्वमा रोड सोमार्फत मुलुकका विभिन्न स्थानमा परिचयात्मक तथा प्रवर्द्धनात्मक कार्यक्रम भइरहेका बताए ।

शुक्रबारदेखि सुरु भएको भ्रमण कार्यक्रम सोमबारसम्म जारी रहने जनाउँदै बरालले नेपालसहित सिक्किमका एक, विहारका चार, पश्चिम बङ्गालका तीन गरी १७ पत्रकारको सहभागितामा पर्यटकीय गन्तव्यको पहिचान, अवलोकन र प्रचारप्रसार भइरहेको उल्लेख गरे । निर्देशक समितिका सदस्य बरालका अनुसार हालसम्म सुनसरीको रामधुनी मन्दिर, बराहक्षेत्र, कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्र, धरानका विभिन्न धार्मिक तथा प्राकृतिक सम्पदा, मठमन्दिर, धनकुटाको ओरेञ्ज सिटी, तेह्रथुमको लालिगुँरास नगरपालिकाको चोत्लुङ पार्कलगायत स्थानको भ्रमण भइसकेको छ ।

“धनकुटाको ओरेञ्ज सिटी दुई वटा टोलको संयोजन गरी बनाइएको छ, सुन्तला बढी फल्ने भएकाले सुन्तला किसानलाई प्रोत्साहन गर्ने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ओरेञ्ज सिटी निर्माण गरिएको पाइयो”, उनले भने । पर्यटन वर्षको प्रचारप्रसार र पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना भइरहेका बताउँदै उनले यस वर्ष प्रदेशमा १० लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य रहेको जानकारी दिए ।

यसैबीच समितिका सदस्य दङ्गालको नेतृत्वमा यही असार ११ गतेदेखि मुलुकका विभिन्न स्थानमा रोड सोका कार्यक्रम भइरहेका छन् । उक्त कार्यक्रम असार १७ गतेसम्म जारी रहने बताउँदै दङ्गालले हालसम्म काठमाडौँमा दुई, ललितपुरमा दुई, पोखरामा एक, नारायणगढमा एक र हेटौँडामा एउटा कार्यक्रम सम्पन्न भइसकेका जानकारी दिए ।

उनका अनुसार चालु आवमा पर्यटन, वन तथा वातावरणअन्तर्गत रु १० करोड बजेट विनियोजन भएको थियो । आगामी आवका लागि प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेटमा पर्यटन वर्षका लागि रु १० करोड बजेट विनियोजन गरेको बरालले जानकारी दिए। 

“त्यसमध्ये रु चार करोड ४७ लाख मन्त्रालयले पर्यटन पूर्वाधार निर्माण, पर्यटकीय स्थानको पहिचानलगायत क्षेत्रमा खर्च गर्नेछ । बाँकी रकम पर्यटनसम्बन्धी काम गरिरहेका निजी क्षेत्रमार्फत खर्च गरिने छ”, उनले भने । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: