Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

सङ्खुवासभाकाे धुपुवासीमा घरमै पानीकाे धारा

खबरडबली संवाददाता

सङ्खुवासभा । केही वर्ष अघिसम्म बिहान सबेरै उठेर आधा घण्टाको उकालो ओरालो हिँडेर कुवाबाट पानी ल्याउनु धुपुकी मञ्जु शर्माको दैनिकी थियो । दैनिक दुई घण्टा खानेपानीको जोहोमै बित्ने गर्थ्याे । तर अहिले उनि घरकै आँगनमा जोडिएको धाराबाट सजिलै पानी प्रयोग गर्न गर्दछिन् । 

नेपाल रेडक्रस सोसाइटीले कोरियन रेडक्रसको सहयोगमा सञ्चालन गरेको ‘एक घर, एक धारा’ परियोजनाले धुपुलगायतका स्थानीयवासीको जीवनमा ठुलो परिवर्तन ल्याएको छ । रेडक्रस सङ्खुवासभाको पहलमा सभापोखरी गाउँपालिका – १ र २ नम्बर वडाका विभिन्न टोलका करिब सात सय २८ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् । तीमध्ये हालसम्म चार सय घरमा धारा निर्माण भई सञ्चालनमा आइसकेको छ ।

स्थानीय बासिन्दा केदार अधिकारीले विगत सम्झिँदै भनिन्, “पहिले एक गाग्री पानी ल्याउन तीन घण्टा लाग्थ्यो, अहिले घरमै धारा जडान भएपछि बिहान–बेलुकै पानी लिन सकिन्छ ।,” उनले भनिन, “एकघर एक धारा भौतिक पूर्वाधार मात्र होइन, यो गाउँको आत्मसम्मान र परिवर्तनको पाइला हो, यसका लागि रेडक्रसलाई धन्यबाद दिन्छु ।” नेपाल रेडक्रस सोसाइटीको एक घर एक धारा परियोजनाले उनीहरुको दैनिकी फेरिएको हो ।

रेडक्रस सङ्खुवासभा शाखाका सभापति सरोजकुमार बज्राचार्यका अनुसार परियोजना सफल बनाउन स्थानीय सरकार, समुदाय र रेडक्रसबिच त्रिपक्षीय साझेदारी गरिएको हो । रेडक्रसले ५० प्रतिशत, सभापोखरी गाउँपालिकाले ३० प्रतिशत तथा समुदायले २० प्रतिशत लगानी गरेको छ । कोरियन रेडक्रसको वित्तीय तथा प्राविधिक सहयोगले यस परियोजना सम्भव भएको सभापति बज्राचार्यले बताए । “यो परियोजना केवल खानेपानीमै सीमित छैन, हामी स्वच्छता र विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्यक्रमलाई पनिसँगै अघि बढाइरहेका छौँ ।” उनले थपे । 

यो परियोजना सम्पन्न गर्न कुल तीन करोड ८२ लाख ३५ हजार रुपियाँ खर्च हुने अनुमान गरिएको छ । अन्य वडामा पनि परियोजना विस्तारको तयारी गरिरहेको रेडक्रसले जानकारी दिएको छ । धुपुका ३ वटा मुहानमा ट्याङ्की निर्माण गरी पाइपमार्फत पानी आपूर्ति गरिएको हो । प्रयोगकर्ताले मासिक ५० रुपियाँ तिर्छन् । जसबाट मर्मत तथा सञ्चालनका लागि कर्मचारीको व्यवस्था गरिएको छ ।

स्थानीयवासी सुनिता राई भन्छिन्, “पहिले पानी ल्याउने क्रममा बच्चाहरू ढिलो विद्यालय पुग्थे । धेरैपटक स्कुल नै छुट्थ्यो । अहिले भने उनीहरू समयमै विद्यालय पुग्छन् ।” उनका अनुसार महिलाहरूको श्रमभार कम हुनुका साथै पानीजन्य रोगमा पनि उल्लेखनीय सुधार आएको छ । रेडक्रसले ६ वटा विद्यालयमा समेत ट्याङ्कीसहित धारा निर्माण गरेको छ । यसले विद्यार्थीलाई स्वच्छ पानी मात्र होइन, सरसफाइको अभ्यासमा पनि सहयोग पुर्‍याएको बताइएको छ ।

परियोजना दीर्घकालीन र दिगो बनाउने उद्देश्यले स्थानीय युवाहरुलाई पम्प जडान, पाइप मर्मत र अन्य प्राविधिक तालिम दिइएको छ । स्थानीय युवाहरुलाई सीप प्रदान गरिएकाले भविष्यमा नियमित मर्मत सम्भव हुने विश्वास गरिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: