पेरिस । विश्वका सांस्कृतिक र प्राकृतिक सम्पदा स्थलमध्ये झन्डै तीन चौथाइ कम वा बढी पानीका कारण खतरामा रहेको संयुक्त राष्ट्रसङ्घको सांस्कृतिक एजेन्सीले मङ्गलबार बताएको छ ।
बढ्दो तापक्रमका कारण आँधीबेहरी, खडेरी, बाढी र तातो लहरलगायत चरम मौसमका घटनाहरू बारम्बार र तीव्र भएको वैज्ञानिकहरूले चेतावनी दिएका छन् । युनेस्को हेरिटेज सूचीमा रहेका सबै एक हजार एक सय ७२ गैर–समुद्री स्थलमध्ये ७३ प्रतिशत कम्तीमा एउटा पानीको तनाव, खडेरी, नदीको बाढी वा तटीय बाढीसहित गम्भीर पानीको जोखिममा रहेको युनेस्कोले बताएको छ ।
“विशेष गरी मध्यपूर्व र उत्तरी अफ्रिका, दक्षिण एसिया र उत्तरी चीन जस्ता क्षेत्रहरूमा पानीको तनाव तीव्र हुने अनुमान गरिएको छ, जसले इकोसिस्टम, सांस्कृतिक सम्पदा र तिनीहरूमाथि निर्भर समुदाय र पर्यटन अर्थतन्त्रका लागि दीर्घकालीन जोखिम खडा गरेको छ”, युनेस्कोले भन्यो । सांस्कृतिक स्थलहरू प्रायः पानीको अभावबाट खतरामा परेका थिए भने आधाभन्दा बढी प्राकृतिक स्थलहरूले नजिकैको नदीबाट बाढीको जोखिमको सामना गर्नु परेको युनेस्कोको अध्ययनले देखाएको छ ।
“उदाहरणका लागि भारतमा आगराको ताजमहल स्मारकले पानीको अभावको सामना गरिरहेको छ जसले प्रदूषण बढाइरहेको छ र भूजल घटाउँदैछ, यी दुवैले समाधिमा क्षति पुर्याइरहेका छन्”, अध्ययनले भन्यो । युनेस्कोका अनुसार संयुक्त राज्य अमेरिकामा सन् २०२२ मा ठुलो बाढीले सबै येलोस्टोन राष्ट्रिय निकुञ्ज बन्द गरिदियो र पुनः खोल्न पूर्वाधार मर्मतका लागि दुई करोड डलरभन्दा बढी खर्च भयो । प्रतिवेदनले थप चार वटा उदाहरण दिएको छ ।
“इराकका दक्षिणी दलदलहरूले-बाइबलीय इडेन गार्डनको प्रतिष्ठित घर-अत्यधिक उच्च पानीको तनावको सामना गर्छन्, जहाँ मानवीय मागपूर्ति गर्न नवीकरणीय आपूर्तिको ८० प्रतिशतभन्दा बढी निकासी गरिन्छ”, अध्ययनमा भनिएको छ । यो क्षेत्र आगामी वर्षहरूमा तातो हुँदै जाँदा प्रवासी चराहरू बस्ने र बासिन्दाहरूले भैँसी पाल्ने दलदलहरूमा पानीको प्रतिस्पर्धा बढ्ने अपेक्षा गरिएको छ ।
स्कटल्यान्डका अन्वेषक डेभिड लिभिङस्टोनले पुनः नामकरण गर्नुअघि मूल रूपमा मोसी-ओआ-तुन्या (‘गर्जने धुवाँ’) भनिने जाम्बिया र जिम्बाब्वेको सिमानामा रहेको भिक्टोरिया फल्सले बारम्बार खडेरीको सामना गरेको छ र कहिलेकाहीँ कम हुँदै गएको छ । पेरुमा पूर्व-कोलम्बियाली सहर चान चान र यसको नाजुक एक हजार वर्ष पुरानो एडोब पर्खालहरूले नदीको बाढीको अत्यन्त उच्च जोखिमको सामना गरिरहेको युनेस्कोले बताएको छ । चीनमा जलवायु परिवर्तनका कारण बढ्दो समुद्री सतहले तटीय बाढी निम्त्याइरहेको छ । बाढीले प्रवासी पानीका चराहरूले खाना पाउने माटोको भूमि नष्ट गर्दछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - २०:१३
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ । मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...
पौष २ गते, २०८२ - २०:०७
बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...
पौष २ गते, २०८२ - २०:०४
काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...
पौष २ गते, २०८२ - १९:५६
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ । आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...
पौष २ गते, २०८२ - १९:१८
सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...
पौष २ गते, २०८२ - १९:१६
भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...
पौष २ गते, २०८२ - १९:१३
काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...
पौष २ गते, २०८२ - १९:१०
गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...
पौष २ गते, २०८२ - १८:१७
भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...
पौष २ गते, २०८२ - १८:१२
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...




प्रतिकृया लेख्नुहोस्: