Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

तनहुँमा सफल हुँदै अङ्गुर खेती

खबरडबली संवाददाता

तनहुँ। तनहुँमा अङ्गुर खेती सफल भएको छ । तनहुँको घिरिङ गाउँपालिका–४ बाह्रबिसेमा परीक्षणका लागि लगाइएको चिया खेती राम्रो उत्पादन दिन थालेको छ । खेती सफल भएसँगै जोखिम मोलेका किसान उत्साहित बनेका छन् ।

घिरिङमा करिब नौ हजार पाँच सय बरुवा रोपिएका छन् । काठमाडौँका कुमार कार्कीले सञ्चालन गरेका यस फर्ममा करिब ३२ प्रजातिका विभिन्न अङ्गुरहरु सुरुको वर्ष परीक्षणका लागि लगाइएको थियो । दुई वर्षदेखि व्यवसायिक रूपमा घिरिङ भाइन यार्ड एण्ड रिसर्च सेन्टरले ७० रोपनी क्षेत्रफलमा खेती गरिएको थियो । पहिलो वर्ष नौ हजार किलो अङ्गुर उत्पादन भएको थियो । यस वर्ष बोट ठुलो भएको र दाना पनि राम्रो लागेकाले दोब्बर उत्पादन हुने देखिएको सेन्टरका सञ्चालक कार्कीले बताए। स्वीट्जरल्याण्डबाट प्रतिबिरुवा सात सयदेखि एक हजारसम्म खरिद गरी बिरुवा हुर्काएको कार्कीले जानकारी दिए। नेपालमा अङ्गुर खेती असफल हुन्छ भन्ने धारणा र वातावरण प्रतिकूल भएको निष्कर्ष निकाल्दै अङ्गुर खेतीतर्फ सरकारले ध्यान नदिएको कार्की बताउछन् ।

कार्कीले भने, ‘‘आफू पर्यटन क्षेत्रमा काम गरेको भएता पनि कृषि क्षेत्रमा नयाँ अनुसन्धानात्मक हिसाबले अङ्गुर खेतीमा आकर्षित भएको हुँ ।’’ खेतीका लागि एक करोड ५० लाख लगानी भएको छ । यहाँ उत्पादित अङ्गुर धादिङमा पठाउने गरिएको छ । धादिङको थाँक्रे गाउँपालिका–१० जुङेखोला केवलपुरमा विगत १५ वर्षदेखि तीन सय रोपनी क्षेत्रफलमा ३० हजार बिरुवा लगाएर व्यवसायिक अङ्गुरखेती गरी वाइन उत्पादन हुँदै आएको कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार कम्पनीले धादिङमा ३८ करोड ५० लाख रुपियाँको लागतमा अङ्गुरखेतीसँगै ‘वाइन’ उत्पादन गर्दै आएको हो । कम्पनीसँग हाल वार्षिक तीन लाख लिटर वाइन उत्पादन गर्ने क्षमता छ ।’’ कार्कीका अनुसार तनहुँ र धादिङमा गरी हालसम्म उक्त फर्ममा करिब ४० करोड लगानी भइ सकेको छ । पातले बन् भाइन्यार्ड वाइनरी नामक वाइन बजारमा ल्याइएको समेत कार्कीले बताए। कम्पनीको वार्षिक तीन लाख लिटर वाइन उत्पादन क्षमता रहेको छ ।

हारियोमा सुजी, कायाबिनेट क्यान्टर, मनाज, सोबिनियन ग्रीस, तथा खाने अङ्गुरमा फन्नि, सोफिया, आरकडीया, पोलिस्की, दुचबा, चालिचमान, लगायतका ३८ प्रकारको  बिरुवा हुर्काएर उत्पादन भइरहेको छ । अङ्गुर खेती सफल भएकोमा अत्यन्त खुसी लागेको घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले बताए । थापाले भने, ‘‘परीक्षण सफल भई राम्रो दाना लागेकोले यस खेतीको विस्तार गर्ने योजना बनाउने तयारीमा छौं ।’’  यहाँको हावापानी उपयुक्त रहेकाले व्यवसायिक अङ्गुर खेतीबाट किसानको आयस्तर परिवर्तन गर्न सकिने देखिएको थापाको भनाई छ । 

कृषि ज्ञान केन्द्र तनहुँका सूचना अधिकारी तथा बाली संरक्षण अधिकृत किरण परियारले जिल्लामा पहिलो पटक अङ्गुर खेती गरिएको हालसम्म सफल भएकोले यसमा गरिने लगानी राम्रो हुने देखिएको बताए। बिरुवा रोपेको एक वर्षमा फल दिन सुरु गर्ने जसमा पहिलो वर्षमा प्रति बोट ३–४ केजी उत्पादन चैत वैशाख मा फूलफुलेसँगै तीन महिनामा फल टिप्न तयार हुने फार्मका प्राविधिक सान्नानी तामाङले जानकारी दिए। फागुनदेखि फूल खेल्ने र असारमा फल टिपिने उनले जानकारी दिए। अङ्गुर फार्म अवलोकन गर्न पुग्नु भएका जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले यो खेतीबाट यहाँका किसानले लाभ लिने सम्भावना देखिएको कृषिको अनुसन्धान गर्ने, तथा किसानलाई ज्ञान लिने थलोको रुपमा विकास गरी पर्यटनबाट समेत गरी दोहोरो आम्दानी लिन सकिने देखिएको बताए।

छिमेकी ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले ऋषिङमा समेत यसको खेती गर्न सकिने सम्भावना देखिएको त्यसतर्फ आफूले ध्यान दिएको बताउनुभयो । सञ्चालक कार्कीका अनुसार फार्ममा चार जनाले स्थायी र २० जनाले ज्यालादारीका रूपमा रोजगारी पाएका छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

झापा–५ मा मतपेटिका संकलन हुँदै, सर्वदलीय बैठकको निर्णयपछि मतगणना सुरु

काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम भइरहेको छ। निर्वाचन कार्यालयका अनुसार आजै सर्वदलीय बैठक बस्नेछ र बैठकक...

प्रतिनिधिसभा निर्वाचनः छिटपुट घटनाबाहेक शान्तिपूर्ण रूपमा मतदान सम्पन्न

काठमाडौं । निर्वाचन पर्यवेक्षण समिति, नेपालले प्रतिनिधि सभा निर्वाचन देशभर छिटपुट घटनाबाहेक शान्तिपूर्ण, व्यवस्थित र उत्साहजनक रूपमा सम्पन्न भएको जनाए...

दोलखाको तामाकोशी–४ मा रोकिएको मतदान पुन: सुरु

दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–४, मालुस्थित मतदान केन्द्रमा रोकिएको मतदान केहीबेर अघि पुन: सुरु भएको छ। प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेका ...

दाङमा ५१ प्रतिशत मतदान

घोराही। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ ५१ प्रतिशत मतदान भएको छ । दिउँसो ४ बजेसम्म ५१।५ प्रतिशत अर्थात दुई लाख २२ हजार १२ मत खसेको हो । जसमा  ...

अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत मतदान

काठमाडौँ। निर्वाचन आयोगका अनुसार बिहीबार अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत मतदान भएको छ ।  आयोगका अनुसार उपत्यकामा अपरान्ह ४ बजेसम्म ५४ प्रतिशत मत खसेको...

गृहमन्त्री अर्यालसहित उच्च अधिकारीबाट उपत्यकाका मतदान स्थलको अनुगमन

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ र सुरक्षा निकायका प्रमुखसहितको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न मतदान स्थलको स्थलगत नि...

ताप्लेजुङमा ४७ प्रतिशत मत खस्यो

फुङलिङ। ताप्लेजुङमा बिहीबार दिउँसो ३:३० बजेसम्ममा ४७ प्रतिशत मत खसेको छ ।  प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँका अनुसार ४२ हजार ४५४ मत खसेको छ । जस...

मतपेटिका लुटिएपछि दोलखाको तामाकोशी–४ मा मतदान स्थगित

काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका–४ मा मतपेटिका लुटिएको घटनापछि रोकिएको मतदान अझै सुरु हुन सकेको छैन। हराएका मतपत्रसमेत पूर्ण रूपमा फेला नपरेकाले...

प्रधानमन्त्री कार्की र कतारका समकक्षी अल–थानीबिच टेलिफोन वार्ता, नेपालीको हेरचाहप्रति कृतज्ञ छु

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीसँग टेलिफोन वार्ता गरेको छिन् । प्रधानमन्त्री कार्कीले आज...

भद्रकाली मतदान केन्द्रमा मतदान गर्दै नेपाली सेना

काठमाडौँ। काठमाडौँको भद्रकालीस्थित अस्थायी मतदान केन्द्रमा नेपाली सेनाले मतदान गरेका छन् । निर्वाचन आयोगले भद्रकाली मतदान केन्द्रलाई अस्थायी मतदान केन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE