ब्रसेल्स । युरोपेली सङ्घ (इयू) का विदेश मामिला प्रमुख काजा कल्लासले यसै महिनाको अन्त्यमा ब्रसेल्समा हुने नेताहरूको शिखर सम्मेलनअघि चीनका शीर्ष कूटनीतिज्ञबीच ब्रसेल्समा भएको वार्तालाई मध्यनजर गर्दै युरोपको सुरक्षालाई कमजोर नबनाउन बेइजिङसँग आग्रह गरेका छन् ।
“चीन हाम्रो विरोधी होइन, तर सुरक्षाको सवालमा हाम्रो सम्बन्ध तनावमा छ,” चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटअघि कल्लासले भने । उनले भने, “युक्रेनविरुद्धको युद्धलाई निरन्तरता दिन चिनियाँ कम्पनीहरू मस्कोको लागि लाइफलाइन हुन् । बेइजिङले साइबर आक्रमण गर्छ, हाम्रो लोकतन्त्रमा हस्तक्षेप गर्छ र अनुचित व्यापार गर्छ । यी कार्यहरूले युरोपेली सुरक्षा र रोजगारीलाई हानि पुर्याउँछ ।”
चिनियाँ राष्ट्रपति सी चिनफिङ र युरोपेली सङ्घका शीर्ष अधिकारीबीच बेइजिङमा हुन लागेको शिखर वार्ताको तीन हप्ताअघि वाङ ब्रसेल्स जानेछन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर युद्ध सुरु गरेर प्रमुख व्यापारिक शक्तिहरूलाई तर्साएको बेला ईयूले चीनसँग सम्बन्ध सुधारको ढोका खोलेको छ । तर सुधारको साटो ब्रसेल्स र बेइजिङबीच चीनको कथित अनुचित अभ्यासलाई लिएर व्यापार विवाद झनै चर्केको छ ।
२७ राष्ट्रहरूको समूहले अझै पनि चीनमार्फत रूसको सेनामा महत्वपूर्ण प्रविधिको प्रवाह भइरहेको भनी विरोध गरिरहेको छ । कल्लासले भने, “युरोपसँग घनिष्ठ सम्बन्ध कायम गर्न खोज्दा युरोपमा युद्धलाई सहयोग गर्नु एउटा विरोधाभास हो जुन बेइजिङले सम्बोधन गर्नु पर्दछ ।”
अस्थिर विश्वमा बेइजिङले आफ्नो बढ्दो शक्तिलाई अन्तर्राष्ट्रिय कानुनको पालनाका लागि प्रयोग गर्नुपर्छ । बेइजिङलाई दबाब दिने प्रयासस्वरुप युरोपेली सङ्घ (इयू) ले मस्कोको युद्ध प्रयासमा सहयोग गरेको आरोप लागेका चिनियाँ कम्पनीसँगको व्यापारमा प्रतिबन्ध लगाएको छ । तर इयूका अधिकारीहरू बेइजिङलाई मस्कोसँगको महत्वपूर्ण रणनीतिक साझेदारीबाट हटाउन असफल भएको स्वीकार्छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: