Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

ब्राजिलमा वर्षाले ८३५ सहरमा प्राकृतिक प्रकोप निम्त्यायो

खबरडबली संवाददाता

रियो डि जेनेरियो । भूमण्डलीय तापक्रम (ग्लोबल वार्मिङ) वृद्धिले निम्त्याएको भारी वर्षाले सन् २०२० देखि सन् २०२३ सम्म ब्राजिलका १० मध्ये आठ सहरमा प्राकृतिक प्रकोप निम्त्याएको मङ्गलबार प्रकाशित एक अध्ययनले देखाएको छ । यो सन् १९९० को दशकको तुलनामा तीन गुणा बढी हो ।

बढ्दो तापक्रमले करिब सात प्रतिशत प्रति अतिरिक्त डिग्रीसहित वायुमण्डलमा जल वाष्पको मात्रा बढाउँछ र यसले ल्याटिन अमेरिकासहित केही क्षेत्रमा भारी वर्षाको जोखिम बढाउँछ । ब्राजिलमा तीव्र वर्षाले निम्त्याएको बाढी, नदीको बहाव र पहिरोको सङ्ख्या सन् २०२० मा दुई हजार तीन सय ३५ बाट तीन वर्षपछि सात हजार पाँच सय ३९ पुगेको छ । यसले ८३ प्रतिशत सहरलाई प्रभावित पारेको ब्राजिलियन एलायन्स फर ओसेनिक कल्चरको रिपोर्टले बताएको छ ।

निजी र सार्वजनिक संस्थाहरूले तयार पारेको यो अध्ययनमा ब्राजिलले अभूतपूर्व बाढीको सामना गरेको सन् २०२४ को तथ्याङ्क समावेश गरिएको छैन् । रिपोर्टअनुसार प्रत्येक वर्ष औसत ३२ लाख मानिस प्रभावित भएका छन् । यो सन् १९९० को दशकमा करिब ४३ हजारको तुलनमा धेरै हो ।

“यो वृद्धिले वर्षासँग सम्बन्धित जलवायु प्रकोपहरूको बढ्दो आवृत्ति मात्र नभई, तिनीहरूको गम्भीरतालाई पनि प्रकाश पार्छ”, रिपोर्टका पछाडि रहेका अनुसन्धानकर्ता रोनाल्डो क्रिस्टोफोलेट्टीले एक विज्ञप्तिमा भने, “तथ्याङ्कले कमजोर समुदायहरूको सुरक्षा गर्ने र यी चरम घटनाहरूको प्रभावलाई कम गर्ने उद्देश्यले रोकथाम र अनुकूलन उपायहरू कार्यान्वयन गर्ने तत्काल आवश्यकतालाई जोड दिन्छ ।”

अध्ययनअनुसार बाढीले विशेष गरी कृषि क्षेत्रलाई असर गरेको छ, जसले आर्थिक नोक्सानको ४७ प्रतिशत हिस्सा ओगटेको छ । सन् २०२४ को बाढीले सोही वर्षको ऐतिहासिक खडेरीसँग मिलेर खाद्यान्नको मूल्य बढाएको छ । यसले सरकारलाई मुद्रास्फीति नियन्त्रण गर्न उपायहरू लिन बाध्य बनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउँछ : मुख्यमन्त्री पाण्डे

कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...

पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...

निर्वाचित एमालेकाे पहिलाे बैठक भाेलि बस्ने

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...

तरुलखेतीबाट २२ जनालाई रोजगारी

विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...

चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु, एक सय ५० जना गणक कार्यक्षेत्रमा खटिए

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...

सप्तरीमा ट्याङ्करको ठक्करबाट बालकको मृत्यु

सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...

उच्च रक्तचाप, दम खोकी, मधुमेह, मटुरोगको बढ्दो समस्या

काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...

रास्वपाद्वारा समन्वय कार्यदल गठन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...

वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending