Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

पहाडको टुप्पोको म्याग्दी टिकोट ‘पर्यटकको पर्खाइमा’

खबरडबली संवाददाता

म्याग्दी । पहाडको टुप्पोमा भिरालाे पाखामा मौलिक ढुंगेघरहरू भएको झुरुप्प बस्ती । पृष्ठभूमिमा हिमाल र वरपर अग्ला डाँडापाखा । गाउँको फेदीदेखि शिरसम्म ढुंगा छिनेर बनाएको सफा–सुग्घर पदमार्ग । पाैरखी र मिजासिला गाउँलेको न्यानो आतिथ्यता ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ७ मा पर्ने हिस्तान टिकोट गाउँ प्रकृति र संस्कृतिको संगम हो । पुन थरका मगर समुदायको बाहुल्य रहेको सुन्दर, शान्त र रमणीय टिकोट पर्यटकको पर्खाइमा छ । होमस्टे सञ्चालकसमेत रहेका टिकोट माविका प्रअ ठगराज पुनले कोरोनाकालमा सुस्ताएको टिकोटको पर्यटन व्यवसाय अझै लयमा फर्कन नसकेको बताए । ‘महावीर पुनको योजनामा सन् २०११ मा सुरु भएको अन्नपूर्ण–धौलागिरी पर्यावरणीय पदमार्गमा समेटिएको टिकोटमा कोरोना महामारी अघिसम्म पर्यटक आगमन राम्रै थियो,’ उनले भने, ‘पछिल्लो पाँच वर्षयता फाट्टफुट्ट मात्र पर्यटक आउने गरेका छन् ।’

सामुन्द्रिक सतहदेखि दुई हजार २५० मिटर उचाइमा रहेको टिकोटको पृष्ठभूमिमा धौलागिरी, मानापाथी, नीलगिरी, अन्नपूर्ण र बराह शिखर हिमालको दृश्य अवलोकन गर्न सकिन्छ । टिकोटदेखि ३० मिनेट (हाइकिङ) उकालो पैदलयात्रा गरेपछि पुगिने पञ्चबल डाँडादेखि हिमशृंखलाको अलावा सूर्योदय, म्याग्दीका ग्रामीण बस्ती र पहाडी भूगोल देखिन्छ ।

टिकोटका १० वटा घारमा होमस्टे सुविधा छ । यहाँको होमस्टेमा एक दिनमा ४० जनाभन्दा बढी पाहुना वास बस्न सक्छन् । विदेशी पर्यटक आउँदा सामुदायिक लजमा खाना खुवाउने र आलोपालो गरेर व्यक्तिका घरमा सुताउन लैजाने नियम छ । होमस्टेका कोठाको झ्यालबाट हिमाल देखिन्छ ।

नेपाली पाहुनाहरू व्यक्तिगत सम्पर्क गरेर सीधै होमस्टेमा जान्छन् । लघुउद्यम विकास कार्यक्रमको सहयोगमा घरवास र सामुदायिक लज स्थापना भएको थियो । स्थानीय जंगलमा पाइने च्याउ, टुसा, ढकायो सागको गुन्द्रुक, लोकल कुखुराको मासु, फापर, कोदोको ढिँडो, गाईभैँसीको दुध, दही, विषादी र रासायनिक मलको प्रयोगविना उत्पादन गरिएको प्रांगारिक तरकारीका परिकारको स्वाद चाख्न पाइन्छ । आमा र पुर्ख्यौली समूहले मौलिक गीत तथा नृत्यले स्वागत गर्छन् । कृषि पेसामा आधारित टिकोटवासीको जीवनशैली पनि पर्यटकको थप आकर्षण हो ।

अन्नपूर्ण–धौलागिरि सामुदायिक पर्यावरणीय पदमार्गको बेनी–मल्लाज–बाँसखर्क–डाँडाकटेरी–नागी–मोहरेडाँडा–फूलबारी–ठुलाखर्क हुँदै पाँचौँ दिनमा पुगिने टिकोटबाट बेनी–जोमसोम सडकको तिप्ल्याङ र खिवाङ हुँदै खोप्रातर्फ जान सकिन्छ । बेनीदेखि तिप्ल्याङ, महभिर हुँदै दुई घण्टा जिप अथवा मोटरसाइकलमा कच्ची सडकको यात्रा गरेर पनि टिकोट पुगिन्छ ।

अन्नपूर्ण गाउँपालिकाले टिकोटमा पर्यटक आकर्षित गर्न, भुलाउन र परम्परागत मौलिक सामग्रीहरूको संरक्षण गर्न संग्रहालय स्थापनाका लागि भवन बनाएको छ । पछिल्लो दुई आर्थिक वर्षमा विनियोजन भएको रु. २९ लाख बजेटबाट निर्माण भएको दुईतले भवनमा दैनिक जीवनयापनमा प्रयोग हुने परम्परागत मौलिक सामग्री संकलन गरेर राखिने अन्नपूर्ण गाउँपालिका– ७ का वडाध्यक्ष मइलन पुर्जा पुनले बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending