Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

एआई र हरित विकासका क्षेत्रमा सर्बियाको पहल

खबरडबली संवाददाता

बेलग्रेड । सर्बिया सरकारले कृत्रिम बुद्धिमत्ता (एआई) र हरित प्रविधिमा आधारित अनुसन्धान कार्यलाई प्रवद्र्धन गर्न दुईवटा नयाँ अनुदान कार्यक्रमको घोषणा गरेको छ, जसअन्तर्गत ११ करोड अमेरिकी डलरभन्दा बढी बराबरको सहयोग प्रदान गरिनेछ ।

सर्बियाको विज्ञान कोषका निर्देशक नेनाद फिलिपोभिचका अनुसार ‘कृत्रिम बुद्धिमत्ता अनुसन्धान परियोजनाहरूका लागि कार्यक्रम’ अन्तर्गत नौ करोड ८४ लाख अमेरिकी डलर बराबरको रकम विनियोजन गरिएको छ । उक्त कार्यक्रम दुई वर्षको अवधिमा सञ्चालन हुनेछ र यस अन्तर्गत स्वास्थ्य सेवा, जैव प्रविधि, शिक्षा, कृषि तथा सूचना सुरक्षासम्बन्धी विषयवस्तुमा केन्द्रित भई झण्डै २५ देखि ३० परियोजनालाई सहयोग पुर्याइनेछ ।

यस कार्यक्रमलाई युरोपेली संघ र विश्व बैंकको सहकार्यमा अगाडि बढाइने छ । यसैगरी, ‘हरित कार्यक्रम-विज्ञान तथा उद्योग सहकार्य’ को दोस्रो चरणका लागि एक करोड १७ लाख अमेरिकी डलर बराबरको रकम छुट्याइएको छ । राष्ट्रिय बजेटबाट सञ्चालित यो कार्यक्रम एक वर्षसम्म सञ्चालन हुनेछ, जसले वातावरणको संरक्षण, फोहोर तथा फोहोरपानी व्यवस्थापन, माटो तथा हावाको शुद्धता कायम राख्न र जैविक विविधताको संरक्षणमा सहयोग पुर्याउने लक्ष्य राखेको छ ।

सर्बियाकी वातावरण संरक्षण मन्त्री सारा पाव्कोभले सो कार्यक्रमहरूको सुरुवातप्रति खुसी व्यक्त गर्दै भने, “म यो हरित कार्यक्रमबाट वातावरणीय रूपान्तरणका लागि अत्यावश्यक नवीन समाधानहरू प्राप्त हुने अपेक्षा राख्छु, जसले व्यवहारमा आधारित महत्त्वपूर्ण परिणामहरू दिन सक्नेछ । यी प्रयासहरू हामीलाई स्वच्छ र दिगो भविष्यतर्फ अघि बढाउन मद्दत गर्ने छन् ।” 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म, १२ सय मत खस्याे

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान  केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ ।  मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...

बारामा नहरमा डुबेको अवस्थामा पुरुषको शव फेला

बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...

प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध साढे १४ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...

ताेकियाे राष्ट्रिय सभा निर्वाचनकाे लागि मतदान केन्द्र

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ ।  आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...

मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद

सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...

स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम

भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...

जापानद्वारा मुद्रास्फीति नियन्त्रणका लागि १२ सय खर्ब येनको रेकर्ड बजेट प्रस्ताव

काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...

गाेरखामा माछा मार्न गएका एक पुरुष मृत फेला

गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...

पर्यटकीयस्थल भाेजपुरकाे तावा भञ्ज्याङ ओझेलमा

भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...

कांग्रेसका तीन परिपत्र कार्यान्वयन भएनन्

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending