Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

फेरि मधेश एसईई नतिजामा कमजोर

खबरडबली संवाददाता

धनुषा । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएलगत्तै मधेश प्रदेशमा फेरि बहसको मूल मुद्दा बनेको छ । नतिजा प्रकाशन भएको एक साता बित्न लाग्दासमेत चौतारोका गफदेखि राजनीतिक मञ्चसम्म अहिले एसइईकै चर्चा छ । 

हरेक जस्तो यस वर्ष पनि घट्दो नतिजा र कमजोर शैक्षिक उपलब्धि चर्चाका विषय बनेका छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार २०८० मा प्रदेशभरबाट ७९ हजार पाँच सय ९२ विद्यार्थी सहभागी हुँदा ३७ हजार तीन सय छ जना मात्र पास भएका थिए । त्यस्तै २०८१ मा मधेश प्रदेशबाट ७८ हजार आठ सय ९७ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । त्यसमध्ये ३६ हजार एक सय १८ जना उत्र्तीण भएका छन् ।  मधेश प्रदेशमा एसईईको नतिजा हरेक वर्ष कमजोर देखिनु गुणस्तरीय शिक्षा, विषयगत शिक्षकको अभाव र सिकाइ उपलब्धि कमजोर रहेको देखाउँछ ।

ढल्केबरका बुधेश्वर महतोले शिक्षक र स्थानीय तह शिक्षाप्रति जिम्मेवार नभएका कारण मधेशको नतिजा सन्तोषजन नभएको टिप्पणी गरे । उनका अनुसार विद्यालयमा राहत, अस्थायी र करारमा नियुक्ति गरिएका शिक्षकको बोलवाला बढ्दो छ । शिक्षक पढाउनेभन्दा पनि जागिरको सुरक्षामा बढी ध्यान दिएको देखिन्छन् । मधेशमा अभिभावक पनि आफ्ना बालबालिकाप्रति बेपरवाह भएकाले विद्यालयमा भर्ना भए पनि कक्षामा विद्यार्थीको उपस्थिति न्यून रहने गरेको उनले जानकारी दिए । 

बटेश्वरका राजकिशोर महतोले शिक्षाको दायित्व स्थानीय तहमा गएदेखि शैक्षिक स्तर खस्किएको आरोप लगाए । विद्यालय व्यवस्थापन समिति समेत राजनीतिक हस्तक्षेपको अखडा बनेका कारण शैक्षिक गुणस्तर खस्किएको हो । कतिपय विद्यालयमा प्रधानाध्यापकको भूमिका पनि प्रभावकारी बन्न नसकेको उनको भनाइ छ ।

शिक्षाविद् डा. विनय कुसियतले विद्यालयमा शिक्षकको अभाव, अपर्याप्त स्रोतसाधन र पूर्वाधारको कमीले विद्यार्थीको सिकाइ प्रभावित भइरहेको बताए ।  शिक्षण सीपमा सुधार नगरेसम्म नतिजा सुधार नहुने भन्दै शिक्षकको क्षमता अभिवृद्धि, सूचना प्रविधिको प्रयोग र बालमैत्री वातावरण सिर्जना गर्नुपर्ने जानकारी दिए । 

मधेश प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारीले विद्यार्थीको अनुपातमा शिक्षक सङ्ख्या निकै कम भएकाले नतिजामा सुधार हुन नसकेको बताइन । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: