ढल्केबर। धनुषाको सीमावर्ती क्षेत्रमा बिदेह नगरपालिका–२, दुहबीमा सशस्त्र प्रहरी बल र तस्कर समूहबिच भीडन्त भएको छ । तस्करीका सामान नियन्त्रणमा लिने क्रममा झडप भएको हो ।
बिहीबार साँझ भएको झडपमा सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक डिएसपी दिनेश शर्मालगायत ६ जना सुरक्षाकर्मी घाइते भएको छन् । घाइते सुरक्षाकर्मीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल धनुषाका प्रमुख प्रहरी उपरीक्षक निर्मल खड्काले तस्कर समूहले लुकाइ राखेको तस्करी सामग्री नियन्त्रणमा लिने प्रयास गर्दा एक्कासी प्रहरीमाथि आक्रमण भएको जानकारी दिए। सुरक्षाकर्मीमाथि अचानक आक्रमण भएपछि आत्मरक्षाका लागि १२ राउन्ड अश्रुग्यास र चार राउन्ड गोली हवाई फायर गरिएको उनले बताए ।
उनका अनुसार तस्कर समूहले भारतीय भूभागतर्फबाट प्रवेश गरी सामग्री ल्याउने प्रयास गरिरहेका थिए । तिनै सामग्री नियन्त्रणमा लिने क्रममा झडप भएको हो । भिडन्तपछि तस्कर समूह घटनास्थलबाट फरार भएका छन् ।
घटनाबारे थप अनुसन्धान र आवश्यक कारबाहीका लागि सुरक्षा संयन्त्र परिचालन गरिएको प्रहरी उपरीक्षक खड्काले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३ गते, २०८२ - १७:०१
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको आन्तरिक बिबाद चरम हुदैँ गएको छ । राजावादी आन्दोलनबाट उत्साहित भए पनि अन्तत: आन्तरिक संघर्षका कारण राप्रपामा ...
श्रावण ३ गते, २०८२ - १६:५१
पटना। पूर्वी भाारतमा मनसुनी आँधीका क्रममा चट्याङ् पर्दा कम्तीमा ३३ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको अधिकारीले शुक्रबार बताएका छन् । बिहारमा...
श्रावण ३ गते, २०८२ - १६:४२
काठमाडौँ । नेपाल मतदाता अधिकार मञ्चले शुक्रबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निर्वाचनसम्बन्धी क...
श्रावण ३ गते, २०८२ - १६:३१
विराटनगर । झापामा प्रहरीले ठुलो परिणामको लागू औषध राखेको गोदाम नै नियन्त्रणमा लिएको छ । बिहीबार प्रतिबन्धित लागुऔषधसहित अर्जुनधारा ६ का २५ वर्षीय ...
श्रावण ३ गते, २०८२ - १६:०७
काठमाडौं। नेपाली कला, साहित्य र राजनीतिक क्षेत्रका विशिष्ट व्यक्तिहरू आज नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन ।माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण...
श्रावण ३ गते, २०८२ - १५:५१
काठमाडौँ। नेकपा (एमाले)को पोलिटब्यूरो बैठक पार्टी च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ। एमाले केन्द्रीय कार्यालयका मुख्य सचिव डा.भी...
श्रावण ३ गते, २०८२ - १५:३५
काठमाडौँ । नेकपा एकीकृत समाजवादी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबिच एकता भएको छ । शुक्रबार राष्ट्रिय सभागृहमा भएको समारोहमा ने...
श्रावण ३ गते, २०८२ - १५:२५
काठमाडौं । शिक्षक महासंघले विद्यालय शिक्षा ऐन २० दिनभित्र जारी गर्न सरकारलाई अल्टिमेटम दिएको छ । महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै...
श्रावण ३ गते, २०८२ - १५:०९
काठमाडौं । राप्रपाले नयाँ– पुराना सबै भ्रष्टाचारको छानबिन र कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापन पत्र बुझाएको छ । देशमा भ्...
श्रावण ३ गते, २०८२ - १५:०२
वासिङ्टन। संयुक्त राज्य अमेरिकाले बिहीबार काश्मीरमा अप्रिलमा भएको आक्रमणका लागि दोषी ठहराइएको एक रहस्यमय समूहलाई आतङ्कवादी घोषणा गरेको छ । ती आतङ्कवाद...
प्रतिकृया लेख्नुहोस्: