कराँची । पाकिस्तानमा शुक्रबार पाँच तले भवन भत्किँदा कम्तीमा छ जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् । यो घटना स्थानीय समयअनुसार बिहान १० बजेपछि कराँचीको लियारी इलाकामा भएको थियो ।
लियारी इलाका कुनै समय सामूहिक हिंसाबाट ग्रस्त थियो भने यो पाकिस्तानको अत्यधिक जोखिमयुक्त क्षेत्रमध्ये एक मानिन्छ । उक्त भवनका ३० वर्षीय शङ्कर काम्होका अनुसार भवनमा करिब २० परिवार बस्दै आएका थिए । उनले एएफपीसँग भने, “मलाई भवन भत्किन लागेको खबर मेरी श्रीमतीको फोनबाट जानकारी भयो । मैले उनलाई तत्काल बाहिर निस्कन भने ।” उनले भने, घटनाबारे उनले छिमेकीलाई सुनाउँदा भवन बलियो रहेको भनेपछि उनी छोरीलाई लिएर सुरक्षित स्थानमा गएको तर त्यसको लगभग २० मिनेटपछि उक्त भवन पूर्णरूपमा भत्किएको थियो ।”
स्थानीय प्रहरीका एक वरिष्ठ अधिकारी आरिफ अजिजले एएफपीसँग कुरा गर्दै छ जनाको शव निकालिएको र छ जना घाइतेको उद्धार गरिएको बताए । भवनमा १०० जनासम्म बस्दै आएका भएपनि कतिपय कामको शिलशिलामा बाहिर रहेका थिए । उद्धार कार्यमा संलग्न इधी वेलफेयर फाउन्डेसनका साद इधीले एएफपीसँग भने, “कम्तीमा पनि आठदेखि १० जना अझै फसेका हुन सक्छन् ।”
उनले मृत्यु हुनेको सङ्ख्या छ पुगेको पनि पुष्टि गरे । कम्तीमा पाँच वटा स्काभेटरसहित आसपासका बासिन्दाहरूले उद्धारमा सघाएका थिए । सन् २०२० को जुनमहिनामा शहरको सोही क्षेत्रमा करिब ४० वटा अपार्टमेन्ट रहेको आवासीय भवन भत्किँदा कम्तीमा १८ जनाको मृत्यु भएको थियो । पाकिस्तानमा कमजोर सुरक्षा मापदण्ड र कमजोर निर्माण सामग्रीका कारण छाना र भवन भत्किँदा बर्षेनी सयौँ व्यक्तिले ज्यान गुमाउने गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: