कराँची । पाकिस्तानमा शुक्रबार पाँच तले भवन भत्किँदा कम्तीमा छ जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् । यो घटना स्थानीय समयअनुसार बिहान १० बजेपछि कराँचीको लियारी इलाकामा भएको थियो ।
लियारी इलाका कुनै समय सामूहिक हिंसाबाट ग्रस्त थियो भने यो पाकिस्तानको अत्यधिक जोखिमयुक्त क्षेत्रमध्ये एक मानिन्छ । उक्त भवनका ३० वर्षीय शङ्कर काम्होका अनुसार भवनमा करिब २० परिवार बस्दै आएका थिए । उनले एएफपीसँग भने, “मलाई भवन भत्किन लागेको खबर मेरी श्रीमतीको फोनबाट जानकारी भयो । मैले उनलाई तत्काल बाहिर निस्कन भने ।” उनले भने, घटनाबारे उनले छिमेकीलाई सुनाउँदा भवन बलियो रहेको भनेपछि उनी छोरीलाई लिएर सुरक्षित स्थानमा गएको तर त्यसको लगभग २० मिनेटपछि उक्त भवन पूर्णरूपमा भत्किएको थियो ।”
स्थानीय प्रहरीका एक वरिष्ठ अधिकारी आरिफ अजिजले एएफपीसँग कुरा गर्दै छ जनाको शव निकालिएको र छ जना घाइतेको उद्धार गरिएको बताए । भवनमा १०० जनासम्म बस्दै आएका भएपनि कतिपय कामको शिलशिलामा बाहिर रहेका थिए । उद्धार कार्यमा संलग्न इधी वेलफेयर फाउन्डेसनका साद इधीले एएफपीसँग भने, “कम्तीमा पनि आठदेखि १० जना अझै फसेका हुन सक्छन् ।”
उनले मृत्यु हुनेको सङ्ख्या छ पुगेको पनि पुष्टि गरे । कम्तीमा पाँच वटा स्काभेटरसहित आसपासका बासिन्दाहरूले उद्धारमा सघाएका थिए । सन् २०२० को जुनमहिनामा शहरको सोही क्षेत्रमा करिब ४० वटा अपार्टमेन्ट रहेको आवासीय भवन भत्किँदा कम्तीमा १८ जनाको मृत्यु भएको थियो । पाकिस्तानमा कमजोर सुरक्षा मापदण्ड र कमजोर निर्माण सामग्रीका कारण छाना र भवन भत्किँदा बर्षेनी सयौँ व्यक्तिले ज्यान गुमाउने गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - २०:२५
कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...
पौष ३ गते, २०८२ - २०:२२
काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...
पौष ३ गते, २०८२ - २०:१६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...
पौष ३ गते, २०८२ - १९:१५
विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...
पौष ३ गते, २०८२ - १९:०९
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...
पौष ३ गते, २०८२ - १९:०६
सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...
पौष ३ गते, २०८२ - १९:०२
काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...
पौष ३ गते, २०८२ - १८:५९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...
पौष ३ गते, २०८२ - १८:५७
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...
पौष ३ गते, २०८२ - १८:१७
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...




प्रतिकृया लेख्नुहोस्: