Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

इरानद्वारा घरेलु र अन्तर्राष्ट्रिय उडानका लागि हवाई क्षेत्र खुला

खबरडबली संवाददाता

तेहरान । शुक्रबार इरानले इजरायलसँगको युद्धका कारण जुन १३ मा बन्द गरिएको आफ्नो हवाई क्षेत्र पुनः खोलेको घोषणा गरेको सरकारी मिडियाले जनाएको छ । “मेहराबाद र इमाम खोमेनी विमानस्थलहरूका साथै देशको उत्तर, पूर्व, पश्चिम र दक्षिणका विमानस्थलहरू पुनः सञ्चालनमा ल्याइएको छ र उडान सेवाहरू प्रदान गर्न तयार छ”, आधिकारिक इरना समाचार एजेन्सीले भनेको छ ।

इस्फहान र तब्रिज विमानस्थल बाहेक देशका सबै विमानस्थलबाट घरेलु र अन्तर्राष्ट्रिय उडानहरू स्थानीय समयानुसार बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गरिने अधिकारीहरूले बताएका छन् । साथै, इस्फहान र तब्रिज विमानस्थलको पूर्वाधार तयार भएपछि यी दुई विमानस्थल पनि देशको हवाई यातायात नेटवर्कमा सामेल हुने छन् ।

यसैबिच, संयुक्त राज्य अमेरिकाले गत महिना इजरायल र इरानबिच युद्धविराम लागु भएपछि इरानी तेल निर्यातविरुद्ध बिहीबार नयाँ प्रतिबन्धको शृङ्खला जारी गरेको अल जजिराले जनाएको छ । प्रतिबन्धले लक्षित गर्नेहरूमध्ये इराकी व्यापारी सलिम अहमद सइद र उनको संयुक्त अरब इमिरेट्समा आधारित कम्पनी पनि छन् । सइदमाथि अमेरिकाले इराकी तेलमा मिसाएर इरानी तेल तस्करी गरेको आरोप लगाएको छ ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले एक विज्ञप्तिमा भने, “मन्त्रालयले तेहरानको राजस्व स्रोतहरूलाई लक्षित गर्न जारी राख्नेछ र यसको अस्थिर गतिविधिहरूलाई बढावा दिने वित्तीय स्रोतहरूमा शासनको पहुँचलाई अवरोध गर्न आर्थिक दबाब बढाउनेछ ।”

यस वर्षको जुनमा इजरायल र अमेरिकाले हवाई आक्रमणको लहर सुरु गरेपछि इरानले आफ्नो हवाई क्षेत्र पूर्ण रूपमा बन्द गरेको थियो । इजरायल र अमेरिकाले आक्रमण गरेपछि इरानले जवाफी क्षेप्यास्त्र प्रहार गरेको थियो । इजरायलले जुन १३ मा इरानमाथि गरेको लक्षित आक्रमणमा शीर्ष इरानी सेना र सुरक्षा अधिकारीहरू मारिएका थिए । सोही दिन इरानले इजरायली कब्जामा रहेका क्षेत्रहरूमा क्षेप्यास्त्र र ड्रोनद्वारा लक्षित गरी जवाबी कारबाही गरेको थियो ।

जुन २२ मा अमेरिका इजरायली अभियानमा सामेल भयो र तीन इरानी आणविक सुविधाहरू-नातान्ज, इस्फहान र फोर्डोमा आक्रमण गर्यो । त्यसको एक दिनपछि इरानले कतारमा रहेको अमेरिकी वायु सेनाको केन्द्रीय कमान्डको मुख्यालय पश्चिम एसियामा रहेको अमेरिकाको सबैभन्दा ठूलो सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार गरेर जवाफ दियो । त्यसको एक दिनपछि जुन २४ मा दुई देशबिच युद्धविराम भएको थियो ।

यसैबिच, पेन्टागनले हालैको मूल्याङ्कनमा इरानको आणविक सुविधाहरूमा अमेरिकी आक्रमणपछि आणविक हतियार निर्माण गर्ने इरानको क्षमता ‘दुई वर्षको नजिक’ रहेको बताएको छ । पछिल्लो गुप्तचरले के देखाउन सक्छ भनेर सोधिएको प्रश्नमा पेन्टागनका प्रमुख प्रवक्ता सीन पार्नेलले पेन्टागन ब्रिफिङमा पत्रकारहरूलाई इरानको आणविक साइटहरू ‘पूर्ण रूपमा नष्ट’ भएकोमा प्रशासनको स्थिति अपरिवर्तित रहेको बताए । 

इजरायलले आक्रमण गर्दा इरान आफ्नो आणविक कार्यक्रम र तेहरानमाथि अमेरिका र अन्तर्राष्ट्रिय प्रतिबन्धहरूमाथि संयुक्त राज्य अमेरिकासँग ‘अप्रत्यक्ष वार्ता’ मा संलग्न थियो । नयाँ वार्ता चाँडै हुन लागेको बेला इजरायली आक्रमणले युद्ध सुरु गरेपछि प्रभावकारी रूपमा रद्द गरियो । इटाली र ओमानले इरान र संयुक्त राज्य अमेरिकाबीचको अप्रत्यक्ष वार्ताको अघिल्लो चरणको आयोजना गरेका थिए ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) का महानिर्देशक राफेल ग्रोसीले गत हप्ता इरानले केही महिनाभित्र युरेनियम संवर्धन सुरु गर्नसक्ने विश्वास व्यक्त गरेका थिए । इरानको आणविक कार्यक्रम रोक्ने उद्देश्यले वार्ता सुरु गर्ने युरोपेली सङ्घ (इयु) को पछिल्लो प्रयासलाई इरानले अस्वीकार गरेको विदेशमन्त्री अब्बास अराघचीले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म, १२ सय मत खस्याे

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान  केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ ।  मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...

बारामा नहरमा डुबेको अवस्थामा पुरुषको शव फेला

बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...

प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध साढे १४ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...

ताेकियाे राष्ट्रिय सभा निर्वाचनकाे लागि मतदान केन्द्र

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ ।  आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...

मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद

सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...

स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम

भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...

जापानद्वारा मुद्रास्फीति नियन्त्रणका लागि १२ सय खर्ब येनको रेकर्ड बजेट प्रस्ताव

काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...

गाेरखामा माछा मार्न गएका एक पुरुष मृत फेला

गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...

पर्यटकीयस्थल भाेजपुरकाे तावा भञ्ज्याङ ओझेलमा

भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...

कांग्रेसका तीन परिपत्र कार्यान्वयन भएनन्

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending