ओखलढुङ्गा। यातायात व्यवस्था कार्यालय रुम्जाटार ओखलढुङ्गाबाट तीन करोड ६९ लाख राजस्व सङ्कलन गरिएको छ । चालु आर्थिक वर्षको साउनदेखि असार दोस्रो हप्तासम्म तीन करोड ६९ लाख २४ हजार ५०९ रुपियाँ राजस्व सङ्कलन गरिएको यातायात व्यवस्था कार्यालय रुम्जाटारका प्रमुख गोविन्द आचार्यले बताए।
सवारी साधन कर बापत सबैभन्दा बढी दुई करोड ९१ लाख ५० हजार ३७४ रुपिया राजस्व सङ्कलन भएको छ । सवारी इजजात र सवारी चालक अनुमति पत्र दस्तुर वापत ६० लाख ८६ हजार १६०, यातायात क्षेत्रको आम्दानी चार लाख २० हजार ४६५ र व्यावसाय रजिष्टर दस्तुर बापत ५१ हजार ८५० रुपिया राजस्व सङ्कलन भएको कार्यालय प्रमुख आचार्यले जानकारी दिनुभयो । आयकर वापत १२ लाख १५ हजार ६६० रुपियाँ राजस्व सङ्कलन भएको छ । कार्यालयमा यस अवधिमा ३१० सवारी साधन दर्ता भएका छन् । यस अवधिमा सार्वजनिक सवारी १९ वटा, निजी सवारी २७५ वटा र सरकारी सवारी १६ वटा गरी ३१० सवारी साधन दर्ता भएका छन् ।
यसैबिच, हर्कपुरमा रहेको यातायात व्यवस्था कार्यालयको सम्पर्क कार्यालयबाट तीन महिनाको अवधिमा २२ लाखभन्दा बढी राजस्व सङ्कलन गरिएको छ । गत चैत महिनामा मानेभञ्ज्याङ गाउँपालिका–७ हर्कपुरमा स्थापना भएको सम्पर्क कार्यालयबाट तीन महिनाको अवधिमा २२ लाख ४५ हजार ७८० रुपियाँ राजस्व सङ्कलन भएको हो । सम्पर्क कार्यालय हर्कपुरका प्रमुख कपिलमनी दाहालका अनुसार सबैभन्दा बढी सवारी साधन कर सङ्कलन भएको छ । यस शीर्षकमा १८ लाख ४६ लाख ७९० रुपियाँ राजस्व सङ्कलन भएको छ ।
यसैगरी, ब्लुबुक नवीकरण बापत एक लाख दस हजार ५०, पटके राजस्व एक लाख ७२ हजार ६९० सङ्कलन भएको छ । रुटपरमिट बापत २२ हजार ६५० र ९३ हजार ६०० आयकर सङ्कलन भएको प्रमुख दाहालले जानकारी दिए। पटके सेवा, ब्ल्युबुक नवीकरण, जाँचपास र रुट परमिटको सेवा दिने गरी सम्पर्क कार्यालय स्थापना गरिएको थियो । मध्ये पहाडी र सिद्धिचरण लोकमार्गमा गुड्ने सवारी साधनलाई लक्षित गरेर कार्यालय स्थापना भएपछि ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु, उदयपुर, सिन्धुली र रामेछापका सेवा ग्राहीलाई सेवा लिन सहज भएको छ ।
रुम्जाटारमा रहेको मुख्य कार्यालय बाट सवारी दर्ता, नवीकरण, चालक अनुमतिपत्र लगायतका सेवा प्रदान हुँदै आएको छ । सम्पर्क कार्यालय हर्कपुरबाट पटके सेवा, ब्ल्युबुक नवीकरण, जाँचपास र रुट परमिटको सेवा प्रवाह भइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र ११ गते, २०८२ - १६:४०
अमेरिका । कृत्रिम बुद्धिमत्ता (एआई)ले अमेरिकामा २२ देखि २५ वर्ष उमेर समूहका कर्मचारीलाई विस्थापित गर्न थालेको छ र सन् २०२२ को अन्त्यदेखि एआई(सम्बन्धित...
भाद्र ११ गते, २०८२ - १६:२३
बैतडी। जिल्ला सदरमुकाम नजिक इश्वरीगङ्गाधान जाने बाटो नजिक जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । ब...
भाद्र ११ गते, २०८२ - १६:१४
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर पक्राउ परेका छन् । विद्युतीय अपराधको उजुरीका आधारमा बुधबार काठमाडौं जिल्ला अदालतले महरविरुद्ध पक्रा...
भाद्र ११ गते, २०८२ - १६:०९
काठमाडौं । नेकपा एमाले केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बझाङ निवासी रश्मिला धामीले गाली बेइज्जती तथा चरीत्रहत्या सम्बन्धी ...
भाद्र ११ गते, २०८२ - १५:५६
हुम्ला । हुम्ला सदरमुकाम सिमकोटस्थित काठेचुलीमा जीप ब्रेक फेल भएर दुर्घटना भएको छ । बुधबार दिउँसो १ लु।प्र–०१–००१ज०२८२ नम्बरको जीप ब्रेक फेल भएर सि...
भाद्र ११ गते, २०८२ - १५:४९
काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले कोरिया सरकारले नेपालमा इपिएस (EPS) कार्यक्रम सन्चालन गरी नेपाली युवाहरुलाई रोजगार...
भाद्र ११ गते, २०८२ - १५:१८
संयुक्त राष्ट्र। इजरायली सैन्य कारबाही सुरु भएयता गाजा सिटीमा हजारौं मानिस घरबार विहीन भएका छन् । संयुक्त राष्ट्रका मानवीय सहयोगकर्ताले मंगलबार यस्तो ...
भाद्र ११ गते, २०८२ - १५:०७
काठमाडौं । काठमाडौं महानगरपालिकाको ज्यादतीबिरुद्ध कबाड व्यवसायीले आज (बुधबार) तेस्रो दिन पनि आन्दोलन जारी राखेका छन् । भृकुटीमण्डपबाट शुरु भएको कबाड व...
भाद्र ११ गते, २०८२ - १५:००
सिड्नी। अस्ट्रेलियाको उपभोग्य वस्तु तथा सेवाको मूल्यवृद्धि दर सन् २०२५ को जुलाई महिनामा २ दशमलव ८ प्रतिशत पुगेको छ, जुन पछिल्लो एक वर्षको सबैभन्दा उच्...
भाद्र ११ गते, २०८२ - १४:४५
वासिङ्टन। अमेरिकी विशेष दूत स्टिभ विटकफले राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ह्वाइट हाउसमा ‘ठूलो बैठक’ को अध्यक्षता गर्नुहुने घोषणा गरेको छन् । बैठकमा...
प्रतिकृया लेख्नुहोस्: