Khabar Dabali ३० जेष्ठ २०८३ शनिबार | 13th June, 2026 Sat
Investment bank

यातायात कार्यालयबाट तीन करोड ६९ लाख राजस्व सङ्कलन

खबरडबली संवाददाता

ओखलढुङ्गा। यातायात व्यवस्था कार्यालय रुम्जाटार ओखलढुङ्गाबाट तीन करोड ६९ लाख राजस्व सङ्कलन गरिएको छ । चालु आर्थिक वर्षको साउनदेखि असार दोस्रो हप्तासम्म तीन करोड ६९ लाख २४ हजार ५०९ रुपियाँ राजस्व सङ्कलन गरिएको यातायात व्यवस्था कार्यालय रुम्जाटारका प्रमुख गोविन्द आचार्यले बताए।

सवारी साधन कर बापत सबैभन्दा बढी दुई करोड ९१ लाख ५० हजार ३७४ रुपिया राजस्व सङ्कलन भएको छ । सवारी इजजात र सवारी चालक अनुमति पत्र दस्तुर वापत ६० लाख ८६ हजार १६०, यातायात क्षेत्रको आम्दानी चार लाख २० हजार ४६५ र व्यावसाय रजिष्टर दस्तुर बापत ५१ हजार ८५० रुपिया राजस्व सङ्कलन भएको कार्यालय प्रमुख आचार्यले जानकारी दिनुभयो । आयकर वापत १२ लाख १५ हजार ६६० रुपियाँ राजस्व सङ्कलन भएको छ । कार्यालयमा यस अवधिमा ३१० सवारी साधन दर्ता भएका छन् । यस अवधिमा सार्वजनिक सवारी १९ वटा, निजी सवारी २७५ वटा र सरकारी सवारी १६ वटा गरी ३१० सवारी साधन दर्ता भएका छन् ।

यसैबिच, हर्कपुरमा रहेको यातायात व्यवस्था कार्यालयको सम्पर्क कार्यालयबाट तीन महिनाको अवधिमा २२ लाखभन्दा बढी राजस्व सङ्कलन गरिएको छ । गत चैत महिनामा मानेभञ्ज्याङ गाउँपालिका–७ हर्कपुरमा स्थापना भएको सम्पर्क कार्यालयबाट तीन महिनाको अवधिमा २२ लाख ४५ हजार ७८० रुपियाँ राजस्व सङ्कलन भएको हो । सम्पर्क कार्यालय हर्कपुरका प्रमुख कपिलमनी दाहालका अनुसार सबैभन्दा बढी सवारी साधन कर सङ्कलन भएको छ । यस शीर्षकमा १८ लाख ४६ लाख ७९० रुपियाँ राजस्व सङ्कलन भएको छ ।

यसैगरी, ब्लुबुक नवीकरण बापत एक लाख दस हजार ५०, पटके राजस्व एक लाख ७२ हजार ६९० सङ्कलन भएको छ । रुटपरमिट बापत २२ हजार ६५० र ९३ हजार ६०० आयकर सङ्कलन भएको प्रमुख दाहालले जानकारी दिए। पटके सेवा, ब्ल्युबुक नवीकरण, जाँचपास र रुट परमिटको सेवा दिने गरी सम्पर्क कार्यालय स्थापना गरिएको थियो । मध्ये पहाडी र सिद्धिचरण लोकमार्गमा गुड्ने सवारी साधनलाई लक्षित गरेर कार्यालय स्थापना भएपछि ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु, उदयपुर, सिन्धुली र रामेछापका सेवा ग्राहीलाई सेवा लिन सहज भएको छ ।

रुम्जाटारमा रहेको मुख्य कार्यालय बाट सवारी दर्ता, नवीकरण, चालक अनुमतिपत्र लगायतका सेवा प्रदान हुँदै आएको छ । सम्पर्क कार्यालय हर्कपुरबाट पटके सेवा, ब्ल्युबुक नवीकरण, जाँचपास र रुट परमिटको सेवा प्रवाह भइरहेको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आन्तरिक विवादमा संवादको माग गर्दै विश्वप्रकाशद्वारा पाँच नेतालाई ध्यानाकर्षण पत्र

काठमाडौं । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधानका लागि संवाद र छलफल आवश्यक रहेको भन्दै पाँच जना अग्रज न...

‘चुड्का’ र ‘कौरा’ नाचमार्फत मौलिक पहिचान जोगाउँने अभियानमा भुजेल समुदाय सक्रिय

तनहुँ । आधुनिकताको बढ्दो प्रभाव र पुस्तान्तरणको अभावका कारण भाषा, संस्कृति तथा ऐतिहासिक पहिचान संकटमा पर्न थालेपछि तनहुँका भुजेल समुदाय संरक्षण अभियान...

पर्वतको बाच्छामा १ करोड मूल्यको काक्राको बिउ उत्पादन हुने आँकलन

पर्वत। पर्वतको बाच्छा गाउँबाट यस वर्ष एक करोड मूल्य बढीको भक्तपुरे लोकल काक्राको बिउ उत्पादनको आँकलन गरिएको छ । विहादी गाउँपालिका वडा १ मा पर्ने बाच्छ...

सुर्खेतको हिरासतमा रहेका युवाको मृत्यु

सुर्खेत । चोरी मुद्दामा पक्राउ परेर जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक युवाको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका–१० पिपिराका २१ ...

नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँ: पर्यटनमन्त्री

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्ने बताएको छन् ।...

ब्रेक फेल भएर बागलुङको बिहुँमा कार दुर्घटना

बागलुङ। मध्यपहाडी लोकमार्गको बिहुँमा कार दुर्घटनामा परेको छ। आज बिहान बागलुङको काठेखोला गाउँपालिका –६ धैरेनी स्थित मध्यपहाडी लोकमार्गमा गुडिरहेको कार ...

बाली जोगाउन राष्ट्रिय दृष्टिकोण बनाऔं - महासचिव पोखरेल

काठमाडौं। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बन्यजन्तुको व्यवस्थापनका लागि सर्वदलीय बैठकबाट ठोस राष्ट्रिय दृष्टिकोण बनाउन आग्रह गरेको छन् । उनले म...

काभ्रे बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न ६ सदस्यीय समिति गठन

काभ्रेपलाञ्चोक । काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटस्थित बीपी राजमार्गमा शुक्रबार भएको बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल प्रहरी प्रधान कार...

पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनका लागि गठन गरिएको कार्यदलमार्फत प्रदेशस्तरबाट सुझाव स...

जेसिवीले बालुवा खन्याउँदा पुरिएर देउखुरीमा एक जनाको मृत्यु

घोराही। दाङको कालाकाटे-सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गर्दै गर्दा बालुवाले पुरिँदा एक जना‌ मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending