काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र काठमाडौं महानगरका मेयर बालेन शाहबिच पछिल्ला राजनीतिक घटनाक्रम र महानगरका गतिविधिबारे अन्तरंग छलफल भएको छ । भण्डारीको सचिवालयबाटै निमन्त्रणा आएपछि बिहीबार बालेन भेटघाटका लागि पुगेका थिए ।
पूर्वराष्ट्रपति भण्डारीले एमालेमा पुनरागमनको घोषणासँगै अध्यक्ष केपी ओलीलाई टक्कर दिएर भावी नेतृत्व लिन अग्रसर भइरहेको चर्चाबिच उनले बालेनसँग भेटवार्ता गरेकी हुन् ।
बालेनका स्वकीय सचिव भूपदेव साहका अनुसार दुई नेताबिच झन्डै एक घण्टा छलफल भएको थियो ।
‘उहाँ (पूर्वराष्ट्रपति भण्डारी)सँग समसामयिक विषयमा सौहार्दपूर्ण छलफल भयो, कतिपय राजनीतिक सवाल र घटनाक्रममा तथा कतिपय महानगरपालिकासँग सम्बन्धित विषयमा छलफल भयो,’ उनले भने, ‘पूर्वराष्ट्रपतिज्यूले मेयरसाबलाई राम्रो रेस्पोन्स गर्नुभयो । मेयरसाबले पनि उहाँले पूर्वराष्ट्रपतिको हैसियतमा पाइने सरकारी सेवासुविधा फिर्ता गरेकोबारे चर्चा गर्नुभयो । कुराकानीका क्रममा महानगरपालिकामा देखिएको पछिल्लो समस्याबारे पनि छलफल भयो ।’
बालेनले पूर्वराष्ट्रपति भण्डारीसँग सक्रिय राजनीतिमा फर्किने घोषणा गरेको विषयमा पनि चासो राखेका थिए । त्यस्तै, पूर्वराष्ट्रपति भण्डारीले पनि बालेनसँग आगामी ‘राजनीतिक यात्रा’को योजना र तयारीका विषयमा चासो राखेकी थिइन् । जानकार स्रोतका अनुसार ‘युवा र नागरिकमाझ लोकप्रिय’ पनि रहेकाले राजनीतिक दलमार्फत अगाडि बढ्न उनको सुझाव थियो ।
‘पूर्वराष्ट्रपतिज्यूले देशमा केही गरौँ र राजनीतिक अस्थिरता हटाऊँ भन्ने उद्देश्यसहित पुन: सक्रिय राजनीतिमा आउन मन लागेको बताउनुभयो । उहाँले मेयरसाबलाई पनि राजनीतिक दलमार्फत राजनीतिमा अगाडि बढ्न अनुरोध गर्नुभएको थियो,’ भण्डारीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘मेयरसाबले राजनीतिक दलमार्फत नै अगाडि बढ्ने स्पष्ट केही भन्नुभएन । हेरौँ, अवस्था कस्तो हुन्छ भनेर जवाफ दिनुभयो ।’
पूर्वराष्ट्रपति भण्डारीले पछिल्लो समय महानगरभित्र देखिएका विवाद एवं नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकेको विषयमा पनि बालेनसँग चासो राखेकी थिइन् । जवाफमा बालेनले संघ सरकारले महानगरपालिकालाई अस्वाभाविक रूपमा हस्तक्षेप गर्ने र घेराबन्दी गर्ने काम गरिरहेको बताएका थिए । भण्डारीले बालेनसँग जोडिएका र प्रतिशोध राखिएका विषयबारे आफू जानकार रहेको बताउँदै एक राजनीतिज्ञका हिसाबले त्यसमा सहजीकरणका लागि पहल गर्ने बताएकी थिइन् ।
पछिल्लो समय संघ सरकार र मेयर बालेनबिच विवाद छ भने प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर मेयर असन्तुष्ट छन् । उनी प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं नफेरिएसम्म नीति तथा कार्यक्रम र बजेट नल्याउने अडानमा छन् । केही समयअघि प्रधानमन्त्री केपी ओली र बालेनबिच टकराव बढेको थियो ।
केन्द्र सरकारले असहयोग गरेको र प्रतिशोधपूर्ण व्यवहारले हेरेको भन्दै उनी असन्तुष्ट छन् । पुन: एमालेको सक्रिय राजनीति थालेकी भण्डारीसँग बालेनले गरेको भेटलाई भने अर्थपूर्ण रूपमा लिइएको छ । पूर्वराष्ट्रपति भण्डारीका पूर्वस्वकीय सचिव राजकुमार राईले भने आफूलाई बालेनसँगको भेटवार्ताबारे जानकारी नभएको बताए । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: