Ntc summer Offer
Khabar Dabali १३ भाद्र २०८२ शुक्रबार | 29th August, 2025 Fri
Investment bank

पाहुना बोलाउन लाज मान्ने बस्तीमा पक्की सडकले ल्याएको खुसी

अबको आशाः घर पनि पक्की बनाउने सपना

खबरडबली संवाददाता

सिरहा । सिरहा नगरपालिका–६ स्थित भुस्कुलिया टोलका दशकौँदेखि हिलो र धुलोसँग सङ्घर्ष गर्दै आएका बासिन्दाको दैनिकी अब फेरिएको छ । हालसालै निर्माण गरिएको आरसिसी ढलानको पक्की सडकले कच्ची बस्तीको स्वरुप नै बदलिदिएको छ । बस्तीका अधिकांश घर बाँसको टाटी र माटाले बनेका छन् ।

झण्डै डेढ सय घरपरिवार रहेका यो बस्तीमा टाढैबाट चम्किने पक्की सडक बनेको छ, जसले समुदायमा आशा र उल्लासको नयाँ सन्देश दिएको छ । वर्षौँको प्रतीक्षा र सङ्घर्षपछि स्थानीय बासिन्दालाई ‘हिलो मुक्त गाउँ’ को सपना पूरा भएको अनुभूति भएको छ ।

मधेस प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयको रु २५ लाखको बजेटमा करिब पाँच सय मिटर लामो सडक निर्माण भएको हो । वडाध्यक्ष इन्द्रजित यादवले सडक बनाउन समन्वय गर्नुभएको थियो । यो परियोजनाले बस्तीमा नयाँ आशा र खुसी ल्याएको छ ।

उनी भन्छन्, “हामीले चुनावअघि वाचा गरेका थियौँ कि यो बस्तीलाई हिलोमुक्त बनाउनेछौँ । आज त्यो सपना साकार भएको छ । यसमा यस क्षेत्रका प्रदेशसभा सदस्य प्रमोद यादवको पनि उत्तिकै साथ रहेको छ ।” उनका अनुसार सडक बन्नुअघि सानो पानी पर्यो भने बस्ती हिलोमै डुब्थ्यो, धुलोका कारण बच्चाबच्चीदेखि वृद्धवृद्धासम्मको स्वास्थ्यमा असर पथ्र्यो । अहिले भने टाढैबाट टल्किने पक्की सडकले बस्तीको मुहारै फेरिएको छ ।

स्थानीय सोनु यादव भन्छन्, “पहिले हाम्रो बस्ती हेर्ने मान्छेहरू नाक खुम्च्याउँथे, ज्यान जोगाउँदै हिँड्थे । हामी आफैँ लाज मान्थ्यौँ पाहुना बोलाउन पनि । अहिले त यसको स्वरुप नै परिवर्तन भएको छ । अब त हाम्रो टोलमा बच्चा पनि खुसी छन्, स्कुल जाँदा लुगा फोहर हुने डर छैन, बुढाबुढी पनि सजिलै हिँडडुल गर्न सक्छन् ।”

वडाध्यक्ष यादवका अनुसार भुस्कुलिया टोलमा प्रायः निम्नवर्गीय परिवारको बसोबास छ । झण्डै डेढ सय घरमध्ये पाँचवटा मात्र पक्की छन् भने बाँकी अधिकांश घर कच्ची संरचनामा बनेका छन् । “यो बस्तीमा आर्थिक अवस्था कमजोर भएकाले धेरै वर्षसम्म सडक, नाला, खानेपानीजस्ता आधारभूत सुविधा पर्खिरहनुपर्यो”, उनले भने, “हामीले बस्तीको अवस्थालाई बुझेर प्राथमिकताअनुसार सडक निर्माण अघि बढाएका हौँ । अहिले सडक बनेपछि यहाँको जीवनशैलीमै सकारात्मक परिवर्तन आएको छ ।”

पूर्वाधार विकास कार्यालय सिरहाका प्राविधिक राजु यादवका अनुसार, ग्रामीण क्षेत्रमा निर्माण गरिने शाखा सडकका लागि कालोपत्र सडकको सट्टा आरसिसी ढलान प्रविधि अधिक उपयुक्त हुने देखिएको छ । उनले भने, “गाउँघरका शाखा सडकमा आरसिसी ढलान उपयुक्त हुन्छ । यसले सडकको दिगोपना ल्याउँछ र लामो समयसम्म टिकाउ रहन्छ ।”

उनका अनुसार ग्रामीण क्षेत्रका सडकमा दैनिक सवारीसाधनको चाप कम भएता पनि स्थानीयले गाईवस्तु सडमै बाँध्ने तथा त्यसको दिसापिसाब, पानीको बहाव, हिलो, धुलो र उचित नाली व्यवस्थाको अभावका कारण कालोपत्र सडक चाँडै बिग्रने गरेका छन् । यस्ता सडक हरेक वर्ष मर्मत गर्नुपर्ने अवस्था आउँछ, जसले समय, श्रम र लागत दुवै बढाउँछ । यस्तो संरचना विशेषगरी पानीको सतह नहट्ने, हिलाम्मे वा उबडखाबड भूभागमा बढी प्रभावकारी हुन्छ ।

अबको आशाः घर पनि पक्की बनाउने सपना

भुस्कुलियाका घर अझै पनि कच्ची छन्, तर सडकले विकासको ढोका खोलेको छ । अब यहाँका बासिन्दाको नयाँ सपना भनेको पक्की सडकसँगै पक्की घर निर्माण गर्नु हो । वडाध्यक्ष यादव भन्छन्, “अब हाम्रो ध्यान बस्तीको समग्र विकासमा छ । शिक्षा, स्वास्थ्य र आवास सुधारमा पनि योजना बनाइरहेका छौँ ।”

वर्षौँसम्म धुलो र हिलोसँग जुध्दै आएको यो कच्ची बस्तीले बाँसको टाटी, माटो र जस्ताले बनाइएका घरको विकल्प खोजिरहेको छ । वर्षायाममा हुने डुबानले हैरान छन् स्थानीय । बहत्तरु वर्षीय वृद्ध लक्ष्मी साह भन्छन्, “पानी पर्यो भने घरभित्रै बाल्टिन राखेर हिलो बटुल्नुपथ्र्यो । अहिले त कम्तीमा बाहिर हिँड्न सजिलो छ । अबचाहिँ सरकारले केही सहायता गरोस्, हामी पनि घर बलियो बनाउन सकेको प्रयास गर्छौैँ ।”

आवास कार्यक्रमअन्तर्गत सहयोगको पहल गरिरहेको वडाध्यक्ष यादवको भनाइ छ । उनका अनुसार बस्तीमा सामुदायिक भवन, पिउने पानीको पहुँच र साना व्यावसायिक सीप विकासका योजना पनि क्रमशः अगाडि ल्याइँदै छन् । वास्तवमा, भुस्कुलियाको सडक केवल ढलानमात्र होइन, त्यो सपना, सम्भावना र सम्मानको बाटो हो । आज सडक पक्की भएको छ, भोलि घर पक्की हुने विश्वासमा बस्तीका मान्छे जीउन थालेका छन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वीरगञ्जमा हैजाका ६४ जना बिरामी उपचाररत, १६२ घर फर्किए

वीरगञ्ज । यहाँस्थित नारायणी अस्पतालमा हैजाबाट सङ्क्रमित ६४ जना बिरामी उपचाररत रहेका छन् । अस्पतालका प्रवक्ता डा उदयनारायण सिंहका अनुसार उनीहरुको अवस्थ...

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाखसम्म तलबको व्यवस्था गरेका छौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधि (आईटी) क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई सरकारले २ लाख रुपैयाँसम्म तलब दिने बताएका छन्।  ...

रेशम भन्छन्- प्यारी कुरा मिलाऔँ, रन्जिताको जवाफ- १६ सिट केवल गीतले जितिएको होइन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रन्जिता श्रेष्ठले पार्टीले जितेको १६ सिट केवल गीतको भरमा नभई जनताको बलिदान, मेहनत र विश्वासको प्...

भदौ मसान्तभित्र यी चार विधेयक पारित गरेर संसद् अधिवेशन अन्त्य गर्ने सरकारको तयारी

काठमाडौं । संघीय संसद्को चालु बर्खे अधिवेशन भदौको अन्तिम साता सम्पन्न गर्ने तयारीमा सरकार लागेको छ। सरकारले भूमि, शिक्षा, निजामती सेवा र वैकल्पिक वित्...

ऐनको मुद्दामा पनि झल्कियो सत्ताको अनुहार

काठमाडौं । सामाजिक सञ्जालबाट पटक–पटक चरित्रहत्या गरेको भन्दै पीडित महिलाले उजुरी दिएपछि अदालतबाट पक्राउ पुर्जी जारी भए पनि एमाले केन्द्रीय सदस्य ऐन मह...

अपाङ्ग छोरो स्याहार्दैमा बित्यो मनमायाका २३ वर्ष

गण्डकी । यहाँको पोखरा महानगर– १७ स्थित सेती नदीको डिलैमा छ एउटा टिनको टहरा । प्राय त्यही टहरा भित्र भेटिइन् ५५ वर्षीया मनमाया थापा मगर र उनकी २३ वर्षी...

विद्याबाहेक एमालेमा मलाई चुनौती दिने कोही छैन, ईश्वरले बाटो बिराए : ओली

‘विधान अधिवेशन एकताको अधिवेशन हुन्छ, अन्यथा महाधिवेशनमा हिसाब-किताब गरिन्छ’

आज ऋषिपञ्चमी - सप्तऋषिको पूजाआराधना गरिँदै

काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्तऋषिको पूजाआराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर...

सरकारले भन्यो- सामाजिक सञ्जाल सञ्चालकले नेपालकोे कानुन मान्दैनौँ भन्न पाइँदैन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रियता, सामाजिक सद्भाव र धार्मिक सहिष्णुताविरोधी गतिविधि नियन्त्रणका लागि सामाजिक...

‘कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशा’

कर्णाली । कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशाका रोगी रहेको पाइएको छ । यस्तै, यहाँ ११ दशमलव सात प्रतिशत मानिस कुनै न कुनै मानसिक रोग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending