मुस्ताङ। मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ का वडा सदस्य नच्छुङ गुरूङले मङ्गलबार साँझ करिब ५ बजे छुहामा खोलामा लेदोसहितको बाढी देख्दा वित्तिकै गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङलाई फोन गरे।
बाढीका बारेमा जानकारी पाएलगत्तै गाउँपालिका अध्यक्ष गुरूङले प्रभावित क्षेत्रमा पर्ने वडाका जनप्रतिनिधि र स्थानीयलाई खबर गरे। बाढी प्रभावित वडा नम्बर १ का अध्यक्ष पेमा आङ्ग्या गुरुङ र वडा नम्बर २ का अध्यक्ष कर्म नाम्ग्याल गुरुङले तटिय क्षेत्रमा रहेका स्थानीयलाई सुरक्षित स्थानमा जान सूचना दिए।
उपल्लो मुस्ताङमा आएको बाढीको सूचना प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुषालले पाएलगत्तै खोला आएर मिसिने नदीको तटीय क्षेत्रमा सर्तकता अपनाउन सूचना जारी गरियो ।
बाढी आएको केही मिनेटमै तयारी गरिएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष गुरूङले बताए। अध्यक्ष गुरूङ भने, ‘‘बाढीको सूचना समयमै आएकाले मानवीय क्षति टर्यो, अब हामीले सम्भावित जोखिम क्षेत्रमा उच्च सर्तकता अपनाउछौ ।’’ अध्यक्ष गुरूङका अनुसार लोमान्थाङमा बग्ने खोला आसपासमा पशुचौपाया लिएर जाने, गोठबाट आवतजावत गर्ने पाँच वटा काठे पुलहरू समेत बगाएको अवस्थामा समयमै सूचना प्रवाह नभएको भए मानवीय क्षति समेत हुन सक्ने बताए।
मुस्ताङमा खोला, नदीबाट आसपासका बस्तीहरू जोगाउन आवश्यक पर्ने पक्की संरचना कम हुने भएकाले पनि पानीको बाहब बढेसँगै तटिय क्षेत्रमा क्षति हुने गरेको छ । उपल्लो मुस्ताङमा तटिय क्षेत्रमा भेडाच्याङ्ग्राको चरन क्षेत्र समेत हुन्छ । गाउँपालिका अध्यक्ष गुरूङको नेतृत्वमा क्षतिको विवरण सङ्कलन गर्न बाढी प्रभावित क्षेत्रमा पुगेको छ । सफा मौसम, वर्षा समेत नभएको अवस्थामा एक्कासी तिब्बती क्षेत्रबाट आएको बाढीका कारण उपल्लो मुस्ताङवासी त्रसित भएका थिए ।
यता मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले चुमजुङ गाउँ हुँदै बग्ने खोलामा बाढीको सूचना समयमै स्थानीयबाट आएकाले पूर्वतयारी सहज भएको बताउनुभयो । प्रजिअ भुषालले भने, ‘‘हामीले सूचनालाई नै आधार बनाएर पूर्वतयारी गरेका थियौं, विपदबाट सुरक्षित हुन प्रभावकारी सूचना नै पहिलो आधार हो ।’’
मुस्ताङ र तिब्बतको सीमा आसपासका क्षेत्रमा भीषण वर्षा भएका कारण बाढी आएको आशङ्का गरिए पनि अहिलेसम्म सिमा क्षेत्रमा रहेका चिनियाँ अधिकारीले वर्षाको पुष्टि गर्न सकेका छैनन् । वर्षा नभए पनि एकाएक बाढी आउन थालेपछि मुस्ताङ हुँदै बग्ने कालीगण्डकी नदीको जोखिमको सूचना छिमेकी जिल्ला म्याग्दी, बागलुङ र पर्वतमा समेत सूचना प्रवाह गरी सर्तकता अपनाउन अनुरोध गरिएको छ । यसैबिच बुधबार बिहान सदमुकाम जोससोम आसपासका क्षेत्रमा वर्षा भइरहेको छ भने मुस्ताङको तल्लो क्षेत्रमा पर्ने थासाङ गाउँपालिका क्षेत्रमा भिषण वर्षा भइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ८ गते, २०८२ - १७:३२
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ ३ हजार ४०६ जना उम्मेदवार मैदानमा छन् । तर, निर्वाचन खर्चका लागि छुट्टै बैंक खाता खोल्नेको संख्या भन...
फाल्गुन ८ गते, २०८२ - १७:२३
काठमाडौं । मुग्लिन–काठमाडौं सडकखण्ड अन्तर्गत फिस्लिङ नजिकै शुक्रबार माइक्रोबस दुर्घटनामा परेको छ। प्राप्त जानकारी अनुसार, माइक्रोबस गति अनियन्त्रित...
फाल्गुन ८ गते, २०८२ - १७:१७
मोरङ। निर्वाचन आयोगका कार्यवाहक आयुक्त रामप्रसाद भण्डारीले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प...
फाल्गुन ८ गते, २०८२ - १७:०६
काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट आज करिब ११ किलोग्राम २७० ग्राम अवैध लागु औषध गाँजासहित तीन जना भारतीय नागरिकलाई पक्राउ...
फाल्गुन ८ गते, २०८२ - १६:४७
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई संसदबाट निकालिए पनि जनताको मनबाट हटाउन सकिँदैन भन्दै चुनौती दिएका छन्। शु...
फाल्गुन ८ गते, २०८२ - १६:३७
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमाथि सुनुवाइ फागुन २२ गते गर्ने साधारण तारेख तोकेको छ। रिटकर्ता अधिवक्ता कृतिनाथ शर्...
फाल्गुन ८ गते, २०८२ - १६:३०
वासिङ्टन। दोषी ठहर भइसकेका अमेरिकी यौन अपराधी जेफ्री एपस्टिनको सम्पत्तिले सम्भावित दर्जनौँ पीडितका बाँकी कानूनी दाबी टुङ्ग्याउन अधिकतम तीन करोड ५० लाख...
फाल्गुन ८ गते, २०८२ - १६:१६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता, बालेन शाह सुदुरपश्चिमको चुनावी अभियानको क्रममा बिरामी परेपछि काठमाडौं आएका छन्। शाह ...
फाल्गुन ८ गते, २०८२ - १६:०८
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टीले दाङमा एमालेको झण्डा आफूहरुले नजलाएको स्पष्ट पारेको छ। पार्टीले झण्डा जलाइएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न...
फाल्गुन ८ गते, २०८२ - १५:३३
पोखरा। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने बताएकी छन् । शुक्रबार पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त सम...



प्रतिकृया लेख्नुहोस्: