काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) काे सहायक संगठनकाे रुपमा रहेकाे याेङ कम्युनिस्ट लिग (वाइसीएल) नेपालले देशभर श्रम तथा उत्पादन अभियान चलाउने भएकाे छ ।
वाइसीएल केन्द्रीय समितिको दोस्राे पूर्ण भर्चुअल बैठकबाट ‘श्रम तथा उत्पादनमा वाईसीएल’ नामक दुई महिने श्रम अभियान संचालन गर्ने निर्णय गरेको हाे । असार १७ र १८ गते भौतिक रुपमा बसेको पदाधिकारी बैठकले गरेका निर्णयहरु आज (बुधबार) को बैठकले अनुमोदन गर्दै यस्ताे निर्णय गरेकाे हाे ।
श्रम तथा उत्पादन अभियानको उद्घाटन साउन १ गते केन्द्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने जानकारी दिइएकाे छ । बैठकलाई पार्टी केन्द्रीय सदस्य तथा फ्याक्सर्न इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले सम्बोधन गरेका थिए ।
बैठकलाई सम्बोधन गर्दै सबै एकतावद्ध भई संगठनले गरेका निर्णय कार्यान्वयन गर्न र अभियान सफल पार्न आह्वान गरेका छन् । प्रकृतिजन्य विपद् व्यवस्थापनलाई आफ्नो मूख्य कार्यक्रममा समेट्दै विपद व्यवस्थापन एसटीएफ गठन गरेको छ । विपद व्यवस्थापन पूर्व तयारी स्वरुप आफ्नो जनशक्ति तयारी अवस्थामा राख्ने पनि निर्णय गरेको वाईसीएल अध्यक्ष पुष्प ओलीले जानकारी दिए ।
अध्यक्ष ओलीका अनुसार उत्पादनमा कृषि, उद्योग, व्यापार (डिजिटल व्यापार) का क्षेत्रमा ठोस योजना बैठकले निर्माण गरेकाे छ । वैदेशिक रोजगारमा हुने ठगीकाविरुद्ध संघर्ष गर्ने, सरकारी कार्यालयमा हुने ढिलासुस्ती तथा ठगीका विरुद्ध संघर्ष गर्ने, निर्माण भईरहेका सरकारी कामहरुको भ्रष्टाचार, ठगी र ढिलासुस्तीविरुद्ध सघर्ष गर्ने लगायतका छन् ।
यसैगरी भदाैपछि आयोजना गर्नेगरी १६–२५ को उमेर समुहलाई लिएर ‘पोलिटीकल युथ कन्सर्ट’ को तयारी गर्ने, कात्तिक १७ मा हुने उपचुनावको तयारी गर्ने, सबै तह र तप्काका कमरेडहरुको कामको मुल्याकंन चार्ट बनाउने, विभागहरुलाई चुस्त र छरितो एंव कामकाजी बनाउने, विभागका क्षेत्राधिकार प्रयोग गरी आ–आफ्ना सापेक्षतामा कार्यक्रमहरु बनाउने र केन्द्रिय कार्यालबाट अनुमोदन गरी योजनाहरु लागु गर्ने बैठकले निर्णय गरेकाे अध्यक्ष ओली जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: