Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

किसानलाई बाली जोगाउनै सकस- बाँदर धपाएरै बित्छ दैनिकी, गाउँ नै छोड्न थाले

खबरडबली संवाददाता

बागलुङ । बागलुङको जैमिनी नगरपालिका–५ की बिना थापाको हिजोआजको दैनिकी बाँदर धपाउँदै बित्छ । मकै बारी छेउमा घामपानी छेक्नलाई सानो छाप्रो बनाइएको छ । त्यही छाप्रोमा थापाको दिन बित्ने गरेको छ । थापाका साथमा एउटा लट्ठी, थाल र केही काठका टुक्राहरू हुन्छन् । बेलाबेला उनी थाल बजाउँदै चिच्याउँछिन् । यसरी चिच्याउँदा बाँदर बारीमा नआउने उनी बताउँछिन् ।

“यो थाल र लौरो त मेरो साथमा सधैँ हुन्छ, यहाँ थाल बजाएर हल्ला गर्‍यो भने बाँदर बारीमा आएर मकै खान्न, शान्त भएर बस्यो भने एक छिनमा ५०/६० वटा बाँदरको समूह आएर मकै एक छिनमा सखाप पार्छ”, थापाले भनिन्, “यति बेला मकैले कोसा हाल्न थालेको छ, बाँदर पस्यो भने त केही बाँकी राख्दैन, सबै च्यातेर नष्ट गरिदिन्छ ।”

अब मकै नभित्र्याउँदासम्म बारीमै बास हुने उनले बताइन् । एक दशक अगाडिसम्म गाउँमा बाँदर फाटफुट आए पनि हालको जस्तो हुल नै नआएको थापाले स्मरण गरिन् । बारीमा गोठालो नबस्ने हो भने गाउँभरिको बारी एक दिनमै सखाप पार्ने अवस्था छ । बाँदर धपाउनका लागि अनेक जुक्ति अपनाए पनि त्यसले काम नगरेपछि हाल दैनिक बारीमै बस्ने गरेको थापाले सुनाइन् ।

बिना जस्तै स्थानीय कुलबहादुर थापाले पनि आफ्नो दिन पनि बाँदर धपाउनैमा बित्ने गरेको बताए । खाना खान पनि पालो गरी खानुपर्ने अवस्था रहेको उनले सुनाए । 

“परिवारमा धेरै सदस्य हुनेलाई सहज भए पनि थोरै हुनेलाई गाह्रो छ । बाँदरका कारण हरेक वर्ष उत्पादन घट्ने गरेको छ । हामीलाई बाँदरले धेरै दुःख दियो । पहिले १२/१५ मुरी मकै फल्थ्यो, हाल बाँदरबाट जोगाउन सकियो भने पाँच/सात मुरी भित्र्याउने गरेको छु”, थापाले भने । 

हाल जिल्लाका अधिकांश किसानको बारी छेउछाउमा ससाना त्रिपालका छाप्रा देखिन्छन् । छाप्रामा दैनिक एक–दुई जना बाँदर धपाउने कृषक पनि हुन्छन् । बाँदरका कारण गाउँका धेरै स्थानीयले बसाइसराइ गर्न बाध्य भएको सुनाउँछन् । 

जैमिनीमा बाँदर आतङ्क बढ्नुको मुख्य कारण बसाइसराइ रहेको नगर उपप्रमुख हरिहर शर्माले बताए । आफूहरूले बाँदर नियन्त्रणका लागि अघिल्लो वर्षदेखि नै बाँदर पार्क बनाउने गरी योजना बनाएको उनले जानकारी दिए । अब बाँदरबाट प्रभावित किसानलाई पनि राहत दिने गरी योजना बनाइने उपप्रमुख शर्माले सुनाए । 

काठेखोला गाउँपालिका–१ का नरबहादुर पुनले बर्खामा मात्रै नभएर हिउँदमा पनि बाँदरले दुःख दिने गरेको बताए । घरको आँटीमै पुगेर अन्न खाइदिने र सामान फुटाइदिने गरेको उनको दुखेसो छ । हाल बाँदर मान्छेसँग पनि डराउन छोडेका पुनले सुनाए । 

“पहिले बाँदर मान्छे देख्यो भने भागिहाल्थ्यो, हाल त उस्तै परे कोपार्न र लड्न आउँछन् । गाउँमा मान्छेभन्दा बाँदरको सङ्ख्या धेरै हुन थाले, छरछिमेकी पनि अब गाउँमा बस्न सकिँदैन भन्दै सहर बजार झरे । हाम्रो बजार झर्ने धन पनि छैन, यहीँ बाँदरसँग लड्दै बस्नुबाहेक अरू विकल्प छैन”, उनले भने ।

जैमिनीबाट पछिल्लो दुई वर्षमा मात्रै ४८२ परिवारका एक हजार ७०९ जनाले गाउँ छोडेका छन् । तथ्याङ्कअनुसार विसं २०८० मा २६३ परिवारका ९४७ जनाले बसाइसराइ गरेका छन् भने २०८१ मा २१९ परिवारबाट ७६२ जनाले गाउँ छोडेका छन् । दुई वर्षको अवधिमा २६ घरपरिवारका ८६ जना बाहिरबाट जैमिनी आएको नगरपालिकाले जनाएको छ । यस्तै, विसं २०८० मा नौ परिवारका ४२ जना र २०८१ मा १७ परिवारका ४४ जना जैमिनी आएका छन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending