फिदिम। वर्षाका कारण पाँचथर जिल्लामा पर्ने प्रमुख राजमार्ग तथा स्थानीय सडक सञ्जाल प्रभावित भएका छन् । लगातारको वर्षासँगै बाढी र पहिरोको जोखिम उच्च रहेको भन्दै जिल्ला प्रशासन कार्यालय पाँचथरले जोखिमयुक्त सडक खण्डमा यात्रा गर्दा सर्तकता अपनाउन सबैमा आग्रह गरेको छ ।
यसैबिच जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गर्दै नदी, खोला र भिर पाखा नजिकका सडक क्षेत्रमा बाढी र पहिरोका कारण थप जोखिम भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
दुर्घटना हुन सक्ने सम्भावना रहेकाले अत्यावश्यक बाहेकका यात्रा नगर्न आग्रह गरेको हो । जिल्ला प्रशासन कार्यालय पाँचथरका शाखा अधिकृत डिक प्रसाद दाहालद्वारा विज्ञप्तिमा जिल्लास्थित जोखिम युक्त क्षेत्रहरुको सूची समावेश गरिएको छ ।
प्रशासनका अनुसार फालेलुङ गाउँपालिका–६ र ७ मा पर्ने मुवाखोला, फालेलुङ गाउँपालिका–३ र ७ जोड्ने हेवाखोला घुमाउनेटार, याङवरक गाउँपालिका– ३ स्थित रिजाल भीर, वडा नं २ र ३ को सीमानामा पर्ने फलामे खोला र मेवाखोला क्षेत्रमा विशेष सर्तकता अपनाउन सुझाव दिइएको छ ।
यस्तै, मेची राजमार्ग अन्तर्गत फिदिम नगरपालिका– ६ र ७ मा पर्ने मुवाखोला , फिदिम–फलोटे सडकखण्डमा फेमेखोला क्षेत्र, सिदिनदेखि फालेलुङ जाने मित्रि सडकखण्ड, तमोर कोरिडोरअन्तर्गत तुम्बेवा गाउँपालिका–२ को नावाखोला, राके–रवि भेडेटार सडकखण्ड अन्तर्गत मिक्लाजुङ गाउँपालिका–७ लेख गाउँ शान्ति चौक र ऐना डाँडोको भित्री क्षेत्र पनि उच्च जोखिमको सूचीमा छन् ।
यसैगरी, फाल्गुनन्द गाउँपालिका–५ देखि इलामको फाकफोकथुमसम्मको सिमाना क्षेत्र, कुम्मायक गाउँपालिका–२ मोवा, चुम्लिङ, धुपिङ, माङजाबुङ हुँदै फिदिमतर्फ फाक्चुवा, लामाखोला र छोरुङगा खोलाको सडकखण्डमा समेत सतर्कता अपनाउन प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ ।
प्रशासनले बाढी र पहिरोबाट जनधनको क्षति हुन नदिन सबैमा सतर्क रहन, अनावश्यक यात्रा नगर्न र आपतकालीन अवस्थामा सम्बन्धित निकायसँग समन्वय गर्न पुन: अनुरोध गरेको छ ।
साथै जोखिमयुक्त स्थानमा यात्रा गर्नै परेमा जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी तथा सम्बन्धित स्थानीय निकायसँग समन्वय गर्न पनि विज्ञप्तीमा भनिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ८ गते, २०८२ - १७:३२
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ ३ हजार ४०६ जना उम्मेदवार मैदानमा छन् । तर, निर्वाचन खर्चका लागि छुट्टै बैंक खाता खोल्नेको संख्या भन...
फाल्गुन ८ गते, २०८२ - १७:२३
काठमाडौं । मुग्लिन–काठमाडौं सडकखण्ड अन्तर्गत फिस्लिङ नजिकै शुक्रबार माइक्रोबस दुर्घटनामा परेको छ। प्राप्त जानकारी अनुसार, माइक्रोबस गति अनियन्त्रित...
फाल्गुन ८ गते, २०८२ - १७:१७
मोरङ। निर्वाचन आयोगका कार्यवाहक आयुक्त रामप्रसाद भण्डारीले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प...
फाल्गुन ८ गते, २०८२ - १७:०६
काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट आज करिब ११ किलोग्राम २७० ग्राम अवैध लागु औषध गाँजासहित तीन जना भारतीय नागरिकलाई पक्राउ...
फाल्गुन ८ गते, २०८२ - १६:४७
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई संसदबाट निकालिए पनि जनताको मनबाट हटाउन सकिँदैन भन्दै चुनौती दिएका छन्। शु...
फाल्गुन ८ गते, २०८२ - १६:३७
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमाथि सुनुवाइ फागुन २२ गते गर्ने साधारण तारेख तोकेको छ। रिटकर्ता अधिवक्ता कृतिनाथ शर्...
फाल्गुन ८ गते, २०८२ - १६:३०
वासिङ्टन। दोषी ठहर भइसकेका अमेरिकी यौन अपराधी जेफ्री एपस्टिनको सम्पत्तिले सम्भावित दर्जनौँ पीडितका बाँकी कानूनी दाबी टुङ्ग्याउन अधिकतम तीन करोड ५० लाख...
फाल्गुन ८ गते, २०८२ - १६:१६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता, बालेन शाह सुदुरपश्चिमको चुनावी अभियानको क्रममा बिरामी परेपछि काठमाडौं आएका छन्। शाह ...
फाल्गुन ८ गते, २०८२ - १६:०८
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टीले दाङमा एमालेको झण्डा आफूहरुले नजलाएको स्पष्ट पारेको छ। पार्टीले झण्डा जलाइएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न...
फाल्गुन ८ गते, २०८२ - १५:३३
पोखरा। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने बताएकी छन् । शुक्रबार पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त सम...



प्रतिकृया लेख्नुहोस्: