Khabar Dabali १५ असार २०८३ सोमबार | 29th June, 2026 Mon
Investment bank

बन्दीपुरमा ‘आफ्नो गाउँ: रमाइलो बनाउँ’ कार्यक्रम

खबरडबली संवाददाता

तनहुँ। जिल्लाको पर्यटकीय नगरी बन्दीपुरले ‘आफ्नो गाउँ: रमाइलो बनाउँ’ अभियानमार्फत हरेक बस्तीलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने भएको छ । गाउँपालिकाले पर्यटनलाई उच्च प्राथमिकतामा राख्दै हरेक बस्तीलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न साझेदारी गरी ग्रामीण सौन्दर्यीकरण तथा उज्यालो बन्दीपुर र ढुङ्गा छपनीको कार्यक्रमलाई अगाडि बढाउन लागेको हो । 

गाउँपालिकाले एसियाको ठूलो दाबी गरिएको सिद्धगुफा, पातलद्वार गुफा, शङ्खे गुफालगायत गुफाको संरक्षण र प्रवर्द्धन गरी पर्यटकीय गतिविधि सञ्चालन गर्ने नीति लिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए। उनले भने, “बन्दीपुर स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तव्यस्थल हो । पर्यटकीय क्षेत्र भएकाले हामीले पर्यटनलाई उच्च प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाएका छौं ।”

थापाले पर्यटनबाट बन्दीपुरको राजस्वलाई वृद्धि गर्न विभिन्न पर्यटकीय पार्क तथा पर्यटनमैत्री खेलमा सहभागी गराइ दस्तुर सङ्कलनलाई विस्तार गरिने बताए । बन्दीपुरभित्र बाइसेचौबिसे राज्यको पालाका चर्चित गढी हुस्लाङकोट, चन्द्रकोटको र अन्य गढीहरूको इतिहास अध्ययन गरी यसको संरक्षण गरिने उनले उल्लेख गरे। 

बन्दीपुरको शिरका रूपमा रहेको थानीमाइ मन्दिर र मुकुन्देश्वरी दरबार संरक्षण गरी मन्दिरको निर्माण गर्ने बताउँदै थापाले पर्यटनमैत्री पूर्वाधार निर्माणलाई मणिमुकुन्दसेन पदमार्ग, ‘रकगार्डेन’ र रकम ‘क्लाइम्बिङ’ निर्माणलाई निरन्तरता दिने जानकारी दिए। उनले भने, “पदमार्ग पर्खालले यहाँ आउने पर्यटकको ध्यान खिचेको छ । यसको काम अन्तिम चरणमा पुगिसकेको छ । मिनी ग्रेटवालका रूपमा परिचित यसलाई आगामी वर्षभित्रै निर्माण सम्पन्न गर्नेछौँ ।”

बन्दीपुरको धार्मिक पर्यटन प्रवर्द्धन गर्नका लागि यहाँ परापूर्व कालदेखि मान्दै आइएका मठमन्दिर मुकुन्देश्वरी, थानीमाइ, खड्कमाय, भुत्याइ बराह, सन्तानेश्वर महादेव, मुलपानीका महादेव मन्दिर, तीनधारा महादेव, पहाडपानीको महादेव मन्दिर संरक्षण र सम्वर्द्धन गरी यसलाई पर्यटनसँग जोड्ने लक्ष्य लिइएको थापाले बताए । 

उनले भने, “यहाँको दिगो पर्यटन विकास र पर्यटकको बसाइँ अवधि लामो बनाउनका लागि छिमेकी पालिकाहरूसँगको समन्वयमा विभिन्न पर्यटकीय स्थानको प्रवर्द्धन र विकास गरिनेछ ।”

सहासिक पर्यटनको प्रचुर सम्भावना रहेको ‘रकक्लाइम्बिङ’, ‘प्याराग्लाइडिङ’, ‘साइक्लिङ’, ‘क्यानोनिङ’, जलविहारलगायत खेलको प्रवर्द्धन गर्दै कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष थापाले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ जापान, चीन, इटाली, स्पेन, नेदरल्याण्ड, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्याण्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड, ताइवान, स्वीटजरल्याण्ड, मलेसिया, होल्याण्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस, अर्जेन्टिनालगायत देशका पर्यटक आउने गरेका छन् ।

खड्गदेवी मन्दिर, थानीमाइ मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणिमुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यका रूपमा सूचीकृत गरेको छ । 

भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीबन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायत स्थल यहाँ आउने पर्यटकहरूको आकर्षक केन्द्रबिन्दु बन्ने गरेका छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको सङ्घीयता सम्बन्धी प्रस्ताव अवसरवादी र अपरिपक्व: वर्षमान पुन

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीयताका सन्दर्भमा अघि सारेको पछिल्लो प्...

हतारोमा एकता गर्ने र फुर्सदमा रोएर बस्ने दिन नआओस् : संयोजक प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हतारोमा पार्टी एकता गर्ने र फुर्सदमा फेरि विभाजन भएर रोएर बस्ने दिन नआ...

हामी मरेका छैनौँ, प्रतिक्रियावादी शक्तिलाई परास्त गर्दै फेरि उठ्छौँ: ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सक्रिय भएको दाबी गर्दै त्यस्ता शक्तिला...

देश बर्बाद पार्‍यौँ भन्ने भाष्य गलत हो, हामीले देशलाई अगाडि बढाएका छौँ: ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूविरुद्ध फैलाइएका आरोप र आलोचनालाई अस्वीकार गर्दै देश बर्बाद पारिएको भन्ने धारणा गलत भएको बता...

मैले ‘क्रमभंग’को कुरा गर्दा अनावश्यक रूपमा अतिरञ्जित गरियो: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विभिन्न कोणबाट व्याख्या गरिने गरेको भन्दै त्यसप्रति असन्तुष्टि व्...

वामपन्थी शक्तिहरूबीच सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले वामपन्थी तथा देशभक्त शक्तिहरूबीच सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती हुने...

व्यक्तिगत स्वार्थ र भ्रष्टाचारजस्ता कारणले कम्युनिस्ट आन्दोलन कमजोर भयो: माधव नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (नेपाली कम्युनिस्ट पार्टी)का सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनका कमजोरीहरूको गम्भीर आत्मसमीक्षा गर...

चुनावअघि एकता भएको भए वामपन्थीले करिब १ सय सिट जित्थ्यो: झलनाथ खनाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रमुख दुई कम्युनिस्ट शक्ति एक भएको भए निर्वाचनमा वामपन्थीले करि...

मदन भण्डारीको हत्याबारे सत्य पत्ता लगाउन नसक्नु हाम्रो कमजोरी हो: झलनाथ खनाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदन भण्डारीको हत्याबारे सत्य तथ्य पत्ता लगाउन नसक्नु आफ्न...

केही समयभित्र पेट्रोलियम पदार्थको मूल्य घट्छ: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयभित्र घट्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मध्यपूर्वमा द...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending