पाल्पा। जिल्लाको रामपुर नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजित बजेटमध्ये ८७ प्रतिशत खर्च गरेको छ । चालु आर्थिक वर्षका लागि नगरपालिकाले कुल ७४ करोड ११ लाख चार हजार बजेट विनियोजन गरेको थियो ।
विनियोजित बजेटमध्ये ६४ करोड ७१ लाख चार हजार पाँच सय ७४ रुपियाँ खर्च गरेको हो । पुँजीगत तर्फ १९ करोड १९ लाख १० हजार रुपियाँ बजेट विनियोजन भएकोमा १५ करोड १६ लाख ३४ हजार पाँच सय ७४ रुपियाँ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले बनाए।
पुँजीगततर्फ यो खर्च रकम ७९ दशमलव ०१ प्रतिशत हो । चालु तर्फ रामपुर नगरपालिकाले ५४ करोड ९१ लाख ९४ हजार रुपियाँ बजेट विनियोजन गरेको थियो । जसमा ४९ करोड ५४ लाख ७० हजार ६६।४८ रुपियाँ खर्च भएको छ । चालुतर्फ ९० दशमलव २२ प्रतिशत खर्च भएको हो ।
नगरपालिकाले गत आर्थिक वर्ष २०८०र०८१ मा नगरपालिकाले ८१ प्रतिशत वित्तीय प्रगति हासिल गरेको थियो । चालु आर्थिक वर्षमा ६।३१ प्रतिशतले बढी वित्तीय प्रगति भएको लेखा शाखा प्रमुख सीता न्यौपानेले जानकारी दिए।
चालु आर्थिक वर्षमा तीन सय ८९ वटा विभिन्न योजनाको काम सम्पन्न भएको योजना शाखा प्रमुख विक्रम बस्नेतले जानकारी दिनुभयो । नगरपालिकाको चार सय तीन वटा योजना रहेकोमा १४ वटा योजना सम्पन्न नभएको जसमध्ये नौ वटा सम्झौता नभएको र पाँच वटा सम्झौता भएर पनि काम नभएको उनले बताए।
ठेक्का प्रक्रिया र उपभोक्ता मार्फत हुने योजना समयमै सुरु भई सम्पन्न भएका कारण यस वर्ष वित्तीय प्रगति गत वर्षभन्दा बढी भएको नगरपालिकाले जनाएको छ । नगरपालिका भित्र सञ्चालन हुने योजनाहरुको अनुगमन र ताकेताका कारण पनि धेरै योजना तथा कार्यक्रम सम्पन्न भएको उपप्रमुख तथा अनुगमन समितिका संयोजक बाल कुमारी थापाले बताए । नगरवासीको सेवा सहजताका लागि घुम्ती शिविर मार्फत योजना सम्झौता, खाता खोल्ने र भुक्तानीको व्यवस्था गरेको र वडरवडा मै प्राविधिक कर्मचारीको व्यवस्था गरेका कारण धेरै योजना तथा कार्यक्रम सम्पन्न भएको नगर प्रमुख रमणबहादुर थापाले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १७ गते, २०८३ - १७:४४
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्य–मान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई बलियो बनाउन अग्रज राजनीतिक नेताहरूको आ...
श्रावण १७ गते, २०८३ - १७:४४
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्य–मान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई बलियो बनाउन अग्रज राजनीतिक नेताहरूको आ...
श्रावण १७ गते, २०८३ - १७:०६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले पार्टीका सदस्यले आफ्नो धार्मिक आस्था अनुसार विभिन्न सामाजिक वा धार्मिक अभियानमा सहभा...
श्रावण १७ गते, २०८३ - १६:५०
बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा निर्माणाधीन अस्थायी बाँध भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले भत्काएको आरोपपछि नेपाल–भारत सीमा क्षेत्रमा तनाव...
श्रावण १७ गते, २०८३ - १६:३९
बेइजिङ। उत्तर-पश्चिम चीनमा आएको आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ भने २३ जना घाइते भएका छन् । सरकारी सञ्चारमाध्यमले आइतबार सार्वजनि...
श्रावण १७ गते, २०८३ - १६:२०
म्याग्दी। विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा ‘निम्स दाई’ को पाकिस्तानस्थित ब्रोड पिक हिमालमा हिमपहिरोमा परी निधन भएपछि उहाँको जन्मथलो म्याग्दी श...
श्रावण १७ गते, २०८३ - १६:०३
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक साउन २४ गते आइतबार बस्ने गरी आह्वान गरेको छ। बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, स...
श्रावण १७ गते, २०८३ - १५:५२
काठमाडौं । लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन नेपालले लघुवित्त संस्थाबाट पीडित नागरिकका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउँदै...
श्रावण १७ गते, २०८३ - १४:०८
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा चालु कार्यकालमा दर्ता भएका १७ वटा उजुरीमाथि प्रारम्भिक छलफल गर्न समितिको बैठक सोमबार बस्ने भए...
श्रावण १७ गते, २०८३ - १३:५०
बोगोटा। पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको विमान दुर्घटनाग्रस्त हुँदा १३ जनाको मृत्यु भएको छ । उक्त विमान प्रसिद्ध ‘नाज्का लाइन्स’को ...



प्रतिकृया लेख्नुहोस्: