Khabar Dabali २७ जेष्ठ २०८३ बुधबार | 10th June, 2026 Wed
Investment bank

जयपृथ्वी राजमार्गको अवस्था दयनीय, वर्षातमा यात्रा गर्न सस्ती

खबरडबली संवाददाता

बझाङ। जयपृथ्वी राजमार्गअन्तर्गत बझाङको बागथला–चैनपुर सडक खण्डको अवस्था दयनीय बनेको छ । ४५ किलोमिटरको यो यात्रामा यात्रुुहरूले गन्तव्यभन्दा पहिले निक्कै सास्ती खेप्नुपर्ने बाध्यता छ ।

सडकमा व्यापक खाल्डाखुल्डी र वर्षातको समयमा खाल्डामा पानी जम्ने समस्याले यात्रुलाई असहज भएको छ । कतै पानी भरिएका गहिरा खाल्डा, कतै चिप्ला मोड गर्दा यात्रुलाई हैरान मात्र बनाएको छैन, बिरामीका लागि त ‘सडक’ आफैँ रोग बन्न थालेको छ ।

जयपृथ्वी राजमार्गको जालेबगर, बालुवाटार, भ्यागुते खोला लगायत थुप्रै ठाउँमा हिँउदमा सुख्खा पहिरो र वर्षातको बेला पहिरो खस्दा बेलाबेलामा सडक अवरुद्ध  हुने गरेको छ ।

विश्व बैंकको आर्थिक सहयोगमा करिब ३० करोड रुपियाँ खर्चेर कालोपत्रे गरिएको यो सडक काम सम्पन्न नहुँदै बिग्रिएको छ । ओटासिल प्रविधिमा गरिएको कालोपत्रे स्थानीयले ‘गुणस्तरहीन’ भएको भन्दै ठेकेदार र आयोजना कार्यालयमाथि प्रत्यक्ष आरोप लगाएका छन् ।

स्थानीयका अनुसार सडक बनाउनुभन्दा ठेकेदार र सरकारी कर्मचारीले छिटो मुनाफा कमाउनमा ध्यान दिएको कारण सढको यो अवस्था भएको हो। बर्सेनि करोडौं बजेट विनियोजन हुने गरे पनि काम समयमै नहुँदा समस्या झन गहिरिँदो छ । यो सडकका कारण यात्रु मात्र होइन, चालक र गाडी व्यवसायी पनि हैरान छन ।

गाडीको पाटपुर्जा बिग्रिनु, हर्न काम नगर्नु, इन्जिनले साथ नदिनु सामान्य बनिसकेको छ। यातायात व्यवसायी चक्र बोहराका अनुसार, बागथलादेखि चैनपुर पुग्न डेढ घण्टा लाग्ने बाटो अहिले ५ घण्टा लाग्छ ।

स्थानिय दीपकराज जोशी भन्नुभयो, निर्वाचित सांसदलाई सडकको अवस्था सुधार्न भनियो, तर कसैले वास्ता गरेन। नेताको चासो नदेखाउनु , ठेकेदारको मनपरीका कारण आम जनताको सास्ती खेप्नुपरेको उनको भनाइ छ । जयपृथ्वी राजमार्गको बागथला–चैनपुर खण्ड जनताका लागि कष्टको प्रतीक बनेको छ । ठेकेदार, आयोजनाको उदासीनता, राजनीतिक बेवास्ता र प्राविधिक कमजोरीको समष्टि परिणाम अहिले जनताको दु:खमा परिणत भएको छ ।

सरकारले रणनैतिक सडक पुल निर्माण, सडक पूर्वाधार विकास कार्यक्रम, राजमार्ग स्तरोन्नति तथा पुन:स्थापना कार्यक्रमलगायत विभिन्न योजनामार्फत करोडौँ रुपियाँ खर्च गरिरहेको भए पनि सोहीअनुसारको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । सडक पूर्वाधारको यस्तो अवस्था जारी रहँदा बझाङका बासिन्दाले दैनिक सास्ती भोग्न बाध्य भएका छन् ।

सडक डिभिजन कार्यालयका बैतडीका निमित्त प्रमुख लक्ष्मणदत्त जोशीले खाल्डाखुल्डी पुर्न तथा सडक मर्मतका लागि आगामी बजेटमा समावेश गरिएको र साउन महिनामै ठेक्का प्रक्रिया अगाडि बढाउने तरिकाले काम भइरहेको बताए ।

उनले वर्षातको बेला विभिन्न ठाउँहरुमा पहिरोका कारण सडक अवरुद्ध हुने भएकाले बढी पहिरो जानसक्ने ठाउँहरुमा दुई वटा स्काइभेटर लगाएर पहिरो जाँदा पन्छाएर सडक खुलाउने काम भइरहेको बताए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संसद् अवरोधप्रति अर्थमन्त्री वाग्लेको असन्तुष्टि, बजेटमाथि छलफल रोकिएको गुनासो

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रतिनिधिसभामा जारी अवरोधका कारण बजेटमाथिको छलफल प्रभावित भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। संसद् अवरुद...

गस्तीबाट फर्किने क्रममा प्रहरी जवानको मृत्यु

दार्चुला। दार्चुलामा पानीघट्टाको कुलोमा चिप्लिएर लड्दा एक प्रहरी जवानको मृत्यु भएको छ। गएराति करिब १० बजेतिर नौगाड गाउँपालिकास्थित होपरीगाड प्रहरी चौक...

करको दर हेरफेर प्रकरणमा अर्थमन्त्रीमाथी संसदीय छानबिन गर्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले आर्थिक विधेयकमा करका दर हेरफेर गरिएको विषयमा संसदीय छानबिन गर्न माग गरेको छ। एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले अर्थ मन्त्रा...

कृषि मन्त्रालयको सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयको किसान सूचीकरण प्रणालीमा देशभरका करिब २५ लाख किसान आबद्ध भएका छन् ।  किसानलाई जमिनको विवरण र खेती उत्पा...

कर दर हेरफेर अधिकार सरकारसँग छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करका दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित रहेको बताएको छन्। बुधबार बिहान सिंहदरबारमा बसेको सार्वजनिक ल...

संरक्षणको प्रतीक्षामा जनकपुर चुरोट कारखाना, आफ्नो मातहतमा ल्याउने प्रयासमा प्रदेश

जनकपुरधाम। जनकपुरमा ३३ बिघा छ कट्ठामा फैलिएको जनकपुर चुरोट कारखाना छ तर त्यहाँ चुरोट उत्पादन हुँदैन, मधेश प्रदेशको नीति निर्माण, विकास निर्माण खाका उत...

रवि लामिछानेविरुद्धको संगठित अपराध अभियोग हटाउन पर्सा अदालतको अनुमति

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध पर्सा जिल्ला अदालतमा दायर गरिएको मुद्दामा लगाइएको संगठित अपराधसम्बन्धी ...

एमालेले असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन गर्ने

काठमाडौँ। नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा नेतृत्वमा गठित निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलले देशव्यापी रूपमा सुझाव सङ्कलन कार्यक्रम सञ्च...

सुधन गुरुङ र महावीर पुनले लिए शपथ

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् विस्तार गरेका छन्। आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सुधन गुरुङले गृहमन्त्री तथा महावीर पुनले व...

कार दुर्घटनामा भारतीय पर्यटक घाइते

तनहुँ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२, देउरालीमा मङ्गलबार दिउँसो कार दुर्घटना हुँदा तीन जना भारतीय पर्यटक घाइते भएका छन् ।  डुम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending