Ntc summer Offer
Khabar Dabali ६ भाद्र २०८२ शुक्रबार | 22nd August, 2025 Fri
Investment bank

महाधिवेशनमा पदाधिकारीमा उठ्नेबारे सोचेको छैन: नेता खाँड

कोइराला निवास पार्टी भित्रको कुनै गुटको थलो हैन

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले नेपाली कांग्रेसको १५औं महाधिवेशनमा पदाधिकारीमा उठ्नेबारे नसोचेको बताएका छन्।

बुधबार विराटनगर स्थित कोइराला निवासमा पत्रकारहरूसँग कुरा गर्दै खाँडले भने, ‘१५ औं महाअधिवेशनका बारेमा अहिलै निर्णय गरिनसकेको र आफ्नो सोच महाअधिवेशन आयोजककै भूमिका निर्वाह गर्ने भएकाले पदाधिकारीमा उठ्ने विषयमा कुनै सोच बनाएको छैन ।’

खाँडले विगतमा सभापति निकट रहेको र अब, धार परिवर्तन गरेर कोइराला पक्षमा लाग्नु भएको हो ? भन्ने पत्रकारको प्रश्नमा उनले कोइराला निवास पार्टी भित्रको कुनै गुटको थलो नभएको र यो थलो सबै कांग्रेसीहरूको पवित्र भूमि भएको स्पष्ट पारे ।

पिताजी कृष्णप्रसाद कोइराला, बिपी कोइराला, शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको भूमि भएकाले विराटनगरको कोइराला निवासको खास महत्त्व रहेको उनको भनाई छ ।  खाँडले भने,‘तीर्थस्थल भने जस्तै कांग्रेसीहरूका लागि विराटनगरको कोइराला निवास पनि त्यस्तै पवित्र स्थल भएकाले निवासमा आएको हुँ ।’ आगामी महाअधिवेशनमा कसलाई सहयोग गर्ने रु  भन्ने पत्रकारको प्रश्नमा खाँडले त्यस बारेमा पनि अहिले निर्णय नगरेको महाअधिवेशनका वेला नेताहरूको एजेण्डा हेरेर समर्थन गर्ने बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक र पानी जहाज सञ्चालन विधेयक समितिमा पठाइयो

काठमाडौँ। प्रतिनिधिसभाले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ र ‘पानी जहाज सञ्चालन तथा व्यवस्थापन विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित स...

ट्रम्पको कर दबाब: जयशङ्करद्वारा रूसी कम्पनीलाई भारतसँग ‘अझ गहन’ संलग्न हुन आग्रह

मस्को। अमेरिकाले भारतमा ५० प्रतिशत कर लगाएको परिस्थितिमा भारतीय विदेशमन्त्री एस जयशङ्करले रूसी कम्पनीलाई आफ्ना भारतीय साझेदारसँग अझ गहनरूपमा संलग्न हु...

एनपिएलको दोस्रो संस्करण मसिंर १ देखि हुने

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आगामी मसिंर १ देखि २७ गतेसम्म आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार एक व...

प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भन्दै सर्वोच्चमा रिट दर्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिन आदेश दिनुपर्ने माग गरी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । जनता समाजवादी पार्टी,...

संसदीय समितिबाट विद्यालय शिक्षा विधेयक पारित

काठमाडौं । संसदीय समितिबाट विद्यालय शिक्षा विधेयक पारित भएको छ । प्रतिनिधिसभा अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि समितिको बिहीबार बसेको बैठकले उक्...

संसदीय समितिबाट विद्यालय शिक्षा विधेयक

काठमाडौं । संसदीय समितिबाट विद्यालय शिक्षा विधेयक पारित भएको छ । प्रतिनिधिसभा अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि समितिको बिहीबार बसेको बैठकले उक्...

रास्वपालाई योगेशले भने : नैतिकताको प्रश्न अर्कोतिर ठड्याउने होइन, आफूतिर हेर्ने हो

प्रचण्डजीले रवीलाई पहिले सिस्नुपानी हान्नुभयो, अहिले आफैं मालिस लाउँदै हुनुहुन्छ

कूटनीतिक माध्यमबाट नेपाली भूमिको रक्षा गर्नुपर्छ: एमाले

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले नेपाली भूमिको विषयमा उच्चस्तरीय कूटनी...

सम्पर्क कार्यालय आइपुगिन् पुर्व राष्ट्रपति भण्डारी

काठमाडौं। नेकपा एमालेमा पुन: फर्केर राजनीतिमा प्रवेश गर्न लागेकी पुर्व राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो सम्पर्क कार्यालय आइपुगेकी छिन् । थापागाउ...

अपडेट: दार्चुला जिप दुर्घटना एक जनाको मृत्यु

दार्चुला । दार्चुलामा जिप दुर्घटनामा परी गर्भवतीको मृत्यु भएको छ, भने अन्य नौ जना यात्रु घाइते भएका छन् । बिहिबार बिहान जिल्लाको नौगाड गाउँपालिकाको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending