Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

तान्त्रिक झाँक्री सङ्घलाई खुलमखुल्ला शिविर सञ्चालन गर्न प्रशासनको अनुमति !

खबरडबली संवाददाता

नवलपुर। नेपालमा धामी, झाँक्री, तन्त्रमन्त्रलाई, जादु टुनामुनालाई कानुनले चिन्दैन । कानुनको दायरा भित्र रहेर यस्ता गतिविधि गर्न कसैलाई छुट पनि छैन । तर नवलपुरमा भने बिरामीहरुलाई उपचार गर्नका लागि भन्दै खुलमखुल्ला १० दिने तान्त्रिक झाक्री शिविर सञ्चालन हुने भएको छ ।

नवलपुरको कावासोती–३ मा १० दिनसम्म तान्त्रिक शिविर सञ्चालन गरेर बिरामीको उपचार गरिने नेपाल लोकतान्त्रिक झाँक्री सङ्घका केन्द्रीय अध्यक्ष प्रकाश भुजेलले बताउनुभयो । कार्यक्रम गर्नका लागि झाँक्री सङ्घलाई जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र कावासोती नगरपालिका वडा नं। २ र ३ ले अनुमति दिएको भुजेलको दाबी छ ।

तर जिल्ला प्रशासन कार्यालयले भने विधिवत् रुपमा दर्ता भएको संस्था भएकाले कार्यक्रम गर्न र शान्ति सुरक्षा प्रदान गर्न अनुमति दिए पनि प्रशासनले पछि अनुमति फिर्ता लिएको छ ।

‘‘सुरूमा दर्ता भएको संस्था भएकाले अनुमति दिइएको थियो तर पछि खुलमखुल्ला यस्ता गतिविधि गर्न दिनुहुन्न भनेर अनुमति फिर्ता लिइएको छ,’’ प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले भन्नुभयो, ‘‘उहाँहरुले आफ्नै तरिकाले कार्यक्रम गरेमा शान्ति सुरक्षा त दिनैपर्‍यो ।’’

जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक यादव ढकालले पनि कार्यक्रमका लागि अनुमति दिनु र शान्ति सुरक्षा प्रदान गर्नु फरक विषय भएको बताए ।

देशका विभिन्न ठाउँमा लामो समयदेखि तन्त्रमन्त्र विधाबाट उपचार गरिरहेको भन्दै संघका अध्यक्ष भुजेलले नवलपुरमा १० दिने शिविर सञ्चालन गर्नका लागि प्रशासनबाट अनुमति लिएकोले कानुनले नरोक्ने दाबी ? गरेको छन् । उनले स्थानीयकै आग्रहमा देशका विभिन्न ठाउँमा यस्ता कार्यक्रमहरु गरिरहेको उनको दाबी छ ।

शिविर सञ्चनलका क्रममा बहुलाउने, छटपटाउने, मानसिक अवस्था ठिक नभएको, खाएको, बोलेको, हिडेको बिर्सने, हातगोडा झमझमाउने, पेट पोल्ने, टाउको दुख्ने, नसाको समस्या भएकोलगायत सबै प्रकारका रोगको उपचार गर्ने भुजेलको दाबी छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मेडिकल शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने सरकारको तयारी

काठमाडौँ। सरकारले मेडिकल शिक्षामा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने तयारी गरेको छ । मङ्गलबार सङ्घीय संसद् राष्ट्रिय सभा अन्तर्गतको विका...

सार्वजनिक यातायातमा प्रविधिको माध्यमबाट निगरानी

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यले प्रविधिको प्रयोगमा जो...

रास्वपा महाधिवेशन: मतदान भोलि

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को नयाँ नेतृत्व चयनका लागि भोलि बुधबार निर्वाचन हुने भएको छ । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसी...

रास्वपा महाधिवेशन: प्रतिनिधि तीन हजार ८४९ कायम

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका निम्ति तीन हजार ८४९ प्रतिनिधि कायम भएका छन् । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुव...

रास्वपाका सहप्रवक्ता रमेश प्रसाईँको सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहप्रवक्ता रमेश प्रसाईँले सहमहामन्त्री पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। चितवनमा जारी पार्टी...

बजेटप्रति असन्तुष्टि जनाउँदै सुदूरपश्चिम सरकारबाट बाहिरिने चेतावनी एमालेको

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेटप्रति सत्ता साझेदार नेकपा ९एमाले० ले आपत्ति जनाएको छ। धनगढीमा सम्प...

बन्दसत्र ढिलाइप्रति ढिलाइप्रति हामी क्षमाप्रार्थी छौँ: गणेश पराजुली

ठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश पराजुलीले महाधिवेशनको बन्दसत्र ढिला हुँदा प्रतिनिधिहरूमा देखिएको आक्रोश स्वाभाविक भएको बताएक...

सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि विष्णु पौडेल विभागमा

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि ललितपुरस्थित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा ल्य...

ई–पासपोर्ट छपाई अनियमितता, महानिर्देशक अर्यालसहित सात जनाको विशेष अदालतमा बयान सुरु

काठमाडौं । ई–पासपोर्ट छपाई अनियमितता प्रकरणमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित सात जनाको विशेष अदालतमा बयान सुरु भएको छ। विशेष अदालत...

कतारस्थित ग्यास उद्योगमा विस्फोट, १३ जनाको मृत्यु

नयाँदिल्ली। कतारस्थित रास लाफान तरलीकृत प्राकृतिक ग्यास उद्योग (एलएनजी)मा भएको विस्फोटका कारण १३ जना मृत्यु भएको उल्लेख गर्दै मृत्यु हुने मध्ये १२ जना...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending