चितवन । नेपाल–भारत मानव बिकास एवं मैत्री सघ र डिजिटल फार्मस् मिसन काठमाण्डौंले चितवनका आठ वटा सहकारी संस्थाहरुलाई हाते ट्याक्टर सहयोग गरेको छ ।
भरतपुर महानगरमा पालिका २५ शुक्रनगरमा शनिवार आयोजित कार्यक्रममा सहकारीका सञ्चालकलाई हाते टेक्टर उपलब्ध गराइएको हो । कार्यक्रममा पूर्वमन्त्री विक्रम पाण्डेले सहकारी सञ्चालकहरुलाई हाते टेक्टर वितरण गरे ।
मिसनका अध्यक्ष सूर्य भूसालका अनुसार एउटा हाते टेक्टरको मूल्य ६८ हजार रुपियाँ पर्छ । हाते टेक्टर पाउनेमा फूलवारी महिला साना किसान कृषि सहकारी संस्था, दिव्यनगर महिला साना किसान कृषि सहकारी संस्था लि, साना किसान कृषि सहकारी संस्था लि. शुक्रनगर, गर्दि महिला साना किसान कृषि सहकारी संस्था लि. माडी, बघौडा महिला साना किसान कृषि सहकारी संस्था लि, कल्याणपुर महिला साना किसान कृषि सहकारी संस्था लि, अयोध्यापुरी महिला साना किसान कृषि सहकारी संस्था लि. र आदस कृषि तथा पशुपालन कृषक समूह रहेका छन् ।
यसरी हाते टेक्टर पाउने समूह भरतपुर महानगरका ४ वटा र माडी नगर पालिकाका ४ वटा रहेका छन् । थप दुई वटा हाते टेक्टर सिन्धुपाल्चोकमा वितरण गरिने बताइएको छ । यसअघि संघले चितवनका ३ हजार पाँचसय मधुमेहका विरामीलाई निःशुल्क ओखती वितरण गरेको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष भूसालले हाते टेक्टरले चितवनको कृषि उत्पादनमा सहयोग पुग्ने विश्वास ब्यक्त गरे । भरतपुर महानगरका कार्यवहाक प्रमुख चित्रसेन अधिकारी, कृषि तथा बन विश्वविद्यालयका उपकुलपति प्राडा शारदा थपलिया लगायतले कृषि क्षेत्रको विकासका लागि सवै क्षेत्रको सहयोग जरुरी रहेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: