Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

तरकारी खेतीबाट टोलभरीकै महिला आत्मनिर्भर

खबरडबली संवाददाता

टीकापुर । टीकापुर नगरपालिका-३ कटानपुरमा तरकारीखेती गरेर टोलभरकै महिला आत्मनिर्भर बनेका छन्। दीप ज्योति महिला कृषक समूहका २७ जना महिला मौसमी तथा बेमौसमी तरकारी खेती गरेर लाखौँ आम्दानी लिन सफल भएका हुन्। 

आजभोलि कटानपुरका महिलाले बारीमा काक्रा, भिन्डी, लौका, भान्टा, तोरै, चिचिन्डा लटरम्म फलाएका छन्। महिलाहरूले प्रतिव्यक्ति पाँच कठ्ठाभन्दा बढी जमिनमा खेती गरेका छन्। यसबाट हुने आम्दानीले आफुहरू सन्तुष्ट भएको उनीहरूको भनाइ छ। 

समूहका सदस्य देशरानी चौधरी आफूहरू तरकारी खेतीबाट स्वरोजगार बन्नुका साथै आम्दानी लिन सफल भएका र यसले आर्थिक समस्या टार्न सहयोग मिलेको बताउँछिन्। उनीहरूले उत्पादन गरेको तरकारी टीकापुर, लम्की, अत्तरिया बजारदेखि अन्य छिमेकी बजारमा जाने गरेको छ।

कतिपय तरकारी बिक्रेताहरू बारीमै तरकारी किन्न पुग्छन्। खेतमा काम समूहका महिलाले मिलेर गर्छन्, खनजोत लगायतका काम गर्न मजदुरी लगाउने गरेका देशरानीको भनाइ छ। 

“हामीलाई खेती गर्न सहजताका लागि रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले पावर टिलर, हजारी, क्यारेटलगायत सामग्री उपलब्ध गराएको छ”, देशरानीले भनिन्, “उक्त सहयोगले तरकारी खेती गर्न सहयोग मिलेको उनीहरू बताउँछन्।”

एक वर्षमा तीन बाली सागसब्जी लगाउने उनीहरूले एक याममा प्रतिव्यक्ति रु एक लाखसम्म आम्दानी लिने गरेका देशरानीले बताइन्। 

समूहका अध्यक्ष मीना चौधरी समूहमा आबद्ध भएका महिलाहरूले तरकारी खेतीसँगै बाख्रापालन पनि गरिरहेको बताउँछिन् । “हामी हरेक महिलासँग तीनदेखि सात वटासम्म बाख्रा पनि छन्, तरकारी लगाउँदा घाँसको समस्या हुँदैन”, उनले भनिन्, “बाख्रापालनबाट आम्दानी ठीकै भएको छ।”

यसअघि अधिकांश महिला घर खर्च चलाउन ज्यालादारी गर्थे। परम्परागत रुपमा आफूलाई खानका लागि खेती गर्ने यी महिलालाई सिँचाइ आयोजनाले प्रोत्साहन गरेपछि उनीहरू व्यावसायिक बनेका हुन्। “सन्तानको पढाइ खर्च, घर खर्चका लागि निकै समस्या हुन्थ्यो”, मीनाले भनिन्, “आयोजनाले तालिम, प्रविधि, बीउविजन सबै क्षेत्रमा सघाएपछि हामी साजसब्जीबाट राम्रो आम्दानी लिन सफल भएका छौँ।”

महिलाहरूले साजसब्जी खेती, बाख्रापालन, समूह परिचालनसँगै सामाजिक काम पनि गर्दै आएका छन्। उनीहरू समूहमा हरेक महिनाको छलफलमा समुदायका समस्याबारे छलफल गर्छन्।

महिलाहरूले हरेक महिना बैठक बस्ने, समूहमा बचत गर्ने, बचत गरेर उठेको रकम सदस्यहरूलाई कृषि क्षेत्रमै खर्च गर्ने गरेको आयोजनाका प्रमुख भरत कँडेल बताउँछन्। “महिलाहरूले कृषि र पशुपालनमा राम्रो काम गर्नुभएको छ। आयोजनाको सहयोगलाई सदुपयोग गर्नुभएको छ”, उनले भने, “घरका लागि तरकारी, पोषण सुधारलगायत आम्दानी गरिरहनुभएकाले आयोजनाका लागि पनि खुसीको कुरा हो, यसरी उत्पादनशील कार्यमा लाग्नेलाई आयोजनाको निरन्तर सहयोग रहन्छ।’’

सिँचाइ आयोजनाले यी किसान महिलालाई बीउमा ५० प्रतिशत, विषादी तथा शुक्ष्मपोषण तत्वमा ७५ प्रतिशत तथा प्रविधि सहयोग गरेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिनिधिसभा निर्वाचन- आज उम्मेदवारको नामावली प्रकाशन हुँदै, भोलि चुनाव चिह्न प्रदान गरिने

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको नामावली प्रकाशन हुँदैछ। मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा हिजो उजुरी दिने कार्यतालिका थिय...

महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

महोत्तरी ।  प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक रहेको छ ।  चार निर्वाचन क्षेत्र रहेको महोत्तरीमा आगाम...

प्रतिनिधिसभा निर्वाचनः प्रत्यक्षतर्फ दलित समुदायबाट न्यून उम्मेदवार

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलित समुदायबाट अत्यन्त न्यून उम्मेदवार रहेका छन् । नेपाली कांग्रेसले बझाङबाट सहमहामन्त्री...

देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम  छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु लाग्ने सम्भाव...

हरिवंशको ‘भूठान’ ओटिटी प्लेटफर्म ‘अमेजन’ मा

काठमाडौँ। चलचित्र ‘भूठान’ विश्वविख्यात ओटिटी प्लेटफर्म अमेजनमा सार्वजनिक गरिएको छ । चलचित्रका निर्माता अविरल थापाका अनुसार गत जनवरी ९ तारिखदेखि अमेजनल...

सालको रूखमा महामारी, ‘मथ’पुतलीले पात सखाप

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित नमुना महिला सामुदायिक वनमा सालका रूखहरू सुकेका जस्ता देखिन्छन् । पालुवा पलाउने बेलामा सालका रूखहरू डढेला ल...

दश वर्षको प्रतीक्षापछि आमाको नामबाट नागरिकता

म्याग्दी । बेनी नगरपालिका–७ का समीर खान र यास्मिन बेगमले एक दशकको प्रतीक्षापछि आमाको नामबाट नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालयले ...

काँकडभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात

झापा। चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म पूर्वी नाका काँकडभिट्टाबाट रु नौ अर्ब ७७ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट पेट्...

म कांग्रेसको देशभरको पार्टी सभापति हुँ, आफैलाई परीक्षण गर्न सर्लाही ४ रोजेँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले यसपटक आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गर्दै काठमाडौं–४ छाडेर सर्लाही–४ बाट उम्मेदवारी दिएका छन्। लामो स...

बालकोटको मार्केटिङ फर्मलाई ५० हजार जरिवाना

काठमाडौँ । सूर्यविनायक-२ बालकोटस्थित खिलुङ्गा कालिका मार्केटिङ प्रालि कारबाहीमा परेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको नियमित बज...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending