Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

तरकारी खेतीबाट टोलभरीकै महिला आत्मनिर्भर

खबरडबली संवाददाता

टीकापुर । टीकापुर नगरपालिका-३ कटानपुरमा तरकारीखेती गरेर टोलभरकै महिला आत्मनिर्भर बनेका छन्। दीप ज्योति महिला कृषक समूहका २७ जना महिला मौसमी तथा बेमौसमी तरकारी खेती गरेर लाखौँ आम्दानी लिन सफल भएका हुन्। 

आजभोलि कटानपुरका महिलाले बारीमा काक्रा, भिन्डी, लौका, भान्टा, तोरै, चिचिन्डा लटरम्म फलाएका छन्। महिलाहरूले प्रतिव्यक्ति पाँच कठ्ठाभन्दा बढी जमिनमा खेती गरेका छन्। यसबाट हुने आम्दानीले आफुहरू सन्तुष्ट भएको उनीहरूको भनाइ छ। 

समूहका सदस्य देशरानी चौधरी आफूहरू तरकारी खेतीबाट स्वरोजगार बन्नुका साथै आम्दानी लिन सफल भएका र यसले आर्थिक समस्या टार्न सहयोग मिलेको बताउँछिन्। उनीहरूले उत्पादन गरेको तरकारी टीकापुर, लम्की, अत्तरिया बजारदेखि अन्य छिमेकी बजारमा जाने गरेको छ।

कतिपय तरकारी बिक्रेताहरू बारीमै तरकारी किन्न पुग्छन्। खेतमा काम समूहका महिलाले मिलेर गर्छन्, खनजोत लगायतका काम गर्न मजदुरी लगाउने गरेका देशरानीको भनाइ छ। 

“हामीलाई खेती गर्न सहजताका लागि रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले पावर टिलर, हजारी, क्यारेटलगायत सामग्री उपलब्ध गराएको छ”, देशरानीले भनिन्, “उक्त सहयोगले तरकारी खेती गर्न सहयोग मिलेको उनीहरू बताउँछन्।”

एक वर्षमा तीन बाली सागसब्जी लगाउने उनीहरूले एक याममा प्रतिव्यक्ति रु एक लाखसम्म आम्दानी लिने गरेका देशरानीले बताइन्। 

समूहका अध्यक्ष मीना चौधरी समूहमा आबद्ध भएका महिलाहरूले तरकारी खेतीसँगै बाख्रापालन पनि गरिरहेको बताउँछिन् । “हामी हरेक महिलासँग तीनदेखि सात वटासम्म बाख्रा पनि छन्, तरकारी लगाउँदा घाँसको समस्या हुँदैन”, उनले भनिन्, “बाख्रापालनबाट आम्दानी ठीकै भएको छ।”

यसअघि अधिकांश महिला घर खर्च चलाउन ज्यालादारी गर्थे। परम्परागत रुपमा आफूलाई खानका लागि खेती गर्ने यी महिलालाई सिँचाइ आयोजनाले प्रोत्साहन गरेपछि उनीहरू व्यावसायिक बनेका हुन्। “सन्तानको पढाइ खर्च, घर खर्चका लागि निकै समस्या हुन्थ्यो”, मीनाले भनिन्, “आयोजनाले तालिम, प्रविधि, बीउविजन सबै क्षेत्रमा सघाएपछि हामी साजसब्जीबाट राम्रो आम्दानी लिन सफल भएका छौँ।”

महिलाहरूले साजसब्जी खेती, बाख्रापालन, समूह परिचालनसँगै सामाजिक काम पनि गर्दै आएका छन्। उनीहरू समूहमा हरेक महिनाको छलफलमा समुदायका समस्याबारे छलफल गर्छन्।

महिलाहरूले हरेक महिना बैठक बस्ने, समूहमा बचत गर्ने, बचत गरेर उठेको रकम सदस्यहरूलाई कृषि क्षेत्रमै खर्च गर्ने गरेको आयोजनाका प्रमुख भरत कँडेल बताउँछन्। “महिलाहरूले कृषि र पशुपालनमा राम्रो काम गर्नुभएको छ। आयोजनाको सहयोगलाई सदुपयोग गर्नुभएको छ”, उनले भने, “घरका लागि तरकारी, पोषण सुधारलगायत आम्दानी गरिरहनुभएकाले आयोजनाका लागि पनि खुसीको कुरा हो, यसरी उत्पादनशील कार्यमा लाग्नेलाई आयोजनाको निरन्तर सहयोग रहन्छ।’’

सिँचाइ आयोजनाले यी किसान महिलालाई बीउमा ५० प्रतिशत, विषादी तथा शुक्ष्मपोषण तत्वमा ७५ प्रतिशत तथा प्रविधि सहयोग गरेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending