Khabar Dabali २१ बैशाख २०८३ सोमबार | 4th May, 2026 Mon

विवाह गर्न नमानेपछि प्रेमिकाको हत्या

खबरडबली संवाददाता

बनेपा । विवाह गर्न नमानेको झोकमा एक युवाले प्रेमिकाको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले विवाह गर्न नमानेको रिसको झोकमा रामेछाप जिल्ला मन्थली नगरपालिका-१३ का ३७ वर्षीया सन्तोष सुनारले प्रेमिकाको हत्या गरेको जनाएको छ ।

प्रहरीले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रेमीकाको हत्या गर्ने सुनारलाई सार्वजनिक गरेको हो । कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले प्रेमिका हत्यामा संलग्न सुनारले काभ्रेपलाञ्चोक जिल्लाको चौरीदेउराली गाउँपालिका-१ डाँडाखर्क घर भई हाल बनेपा नगरपालिका(९ नयाँबस्ती बस्ने ३३ वर्षकी शर्मिला उप्रेतीलाई विवाह गर्न प्रस्ताव गरेको र उनले नमानेपछि रिसको झोकमा योजनाबद्ध रुपमा हत्या गरेको बताए। 

'दुई वर्षदेखि सन्तोष र शर्मिलाको प्रेम सम्बन्ध रहेको देखिन्छ, सन्तोषले पटकपटक विवाह गर्न प्रस्ताव गरेको र शर्मिलाले टार्दै लगेपछि सन्तोषलाई शंङ्का लागेपछि हत्या गरेको स्वीकार गरेका छन्', प्रनाउ घलेले भने। असार ३२ गते घरबाट काम गर्नका लागि निस्केकी शर्मिलालाई घुम्न जाने भन्दै बनेपा नगरपालिका(१३ भगवान थुम्की सामुदायिक वनमा लगि दाउराले हानेर बेहोस पारी सलले घाँटीमा कसेर हत्या गरिएको प्रनाउ घलेले बताए।

शर्मिलाको हत्या गरेका सन्तोष घटनास्थलमा आधा घण्टा बसेर शर्मिलाको शवलाई चिलाउनेको फेदमा कोल्टो पारी भागेका थिए । फरार रहेका सन्तोषलाई ईलाका प्रहरी कार्यालय बनेपाको प्रहरी टोलीले आइतबार साँझ बनेपा नगरपालिका(१० इट्टाभट्टाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । 

प्रेमिका हत्याको आरोपमा पक्राउ परेका सन्तोषलाई सोमबार काभ्रेपलान्चोक जिल्ला अदालतबाट चार दिनको म्याद थप गरि अनुसन्धान अघि बढाइएको प्रनाउ घलेले बताए। मृतक शर्मिलाको पहिलो श्रीमानतर्फ १६ वर्षीया एक छोरी, दोश्रो श्रीमानतर्फ नौ वर्षीया अर्की छोरी छन् । मृतक शर्मिला पछिल्लो समय दुबै श्रीमान् छोडी एक्लै बस्दै आएकी थिइन् । सन्तोष र शर्मिला दुई वर्षदेखि प्रेम सम्बन्धमा रहनुको साथै सँगै ज्यामी काम गर्दै आएका थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिले फिर्ता पठाए

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाएका छन्। राष्ट्रपति कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसा...

राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सातौँ अध्यादेश जारी गरेका छन्। उनले आइतबार ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३’ जारी गरेका हुन्। य...

सम्पत्ति शुद्धीकरण मुद्दामा रामबहादुर बम्जनले पाए सफाइ

काठमाडौं । सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जन ले सफाइ पाएका छन्। जिल्ला अदालत सर्लाहीले उनलाई आरोप पुष्टि हुन नसकेको ठहर गर्दै सफाइ दिएको हो। ...

बाँकेको खजुरा बजारको सडक फराकिलो बनाउन माग गर्दै हस्ताक्षर सङ्कलन

नेपालगन्ज। स्तरोन्नतिको चरणमा रहेको नेपालगन्ज–गुलरिया सडक खण्डको खजुरा बजार क्षेत्रको सडक फराकिलो बनाउन माग गर्दै स्थानीयबासीले दवाव दिन हस्ताक्षर सङ्...

अब बाँकी रहेका कम्युनिस्ट शक्तिहरूलाई पनि एकताबद्ध गर्नेछौँ - प्रचण्ड

रुकुम पश्चिम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्रान्तिको सपना अझै पूरा नभएको बताएका छन्।...

ढाकामा नेपालका १० फोटोपत्रकार सम्मानित

काठमाडौँ। बङ्गलादेशको राजधानी ढाकामा आयोजित ‘इम्पेरियल फोटो जर्नालिस्ट अप्रिसिएसन अवार्ड २०२६’ बाट नेपालका १० जना फोटोपत्रकार सम्मानित भएका छन् । ब...

स्थानीय चुनावका लागि रास्वपाको नयाँ मापदण्ड: ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ उत्तीर्ण गर्नुपर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बन्न चाहने सदस्यहरूका लागि नयाँ योग्यता मापद...

रवि लामिछानेको उद्योगी व्यवसायीलाई आश्वासन - डर–त्रासमा नपर्न आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी व्यवसायीहरूलाई डर–त्रासमा नपर्न आग्रह गरेका छन्। आइतबार निजी क्षेत्रक...

घाउमा इन्फेक्सन भएपछि ओलीको भेटघाट बन्द, अझै १०-१५ दिन सुरक्षित बस्ने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली को हाल राजनीतिक भेटघाट नियन्त्रित गरिएको छ। हालै पत्थरीको शल्यक्रिया गरेका उनी ...

स्वतन्त्र र जिम्मेवार प्रेस नै लोकतन्त्रको आधारस्तम्भ - सञ्चारमन्त्री

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले स्वतन्त्र प्रेसबिना सुशासन, पारदर्शिता र जनविश्वास मजबुत हुन नसक्ने बताएका छन् । ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending