काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले मिसन–२०२६ राष्ट्रलाई खुशी बनाउने योजना भएको बताए । जापानमा आगामी वर्ष आयोजना हुने २०औँ एसियाली खुलकुदमा स्वर्णसहित दोहोरो पदक जित्ने लक्ष्यका साथ राखेपले राष्ट्रिय टिम तयारी गरिरहेको छ ।
तयारीको विशेष प्रशिक्षणमा सहभागी १० खेल सङ्घका पदाधिकारी र मुख्य प्रशिक्षकको उपस्थितिमा सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको बैठकलाई सम्बोधन गर्दै सदस्य सचिव घिसिङले सो कुरा बताए । उनले भने, ‘‘खेलाडीले निरन्तर प्रशिक्षणको अवसर पाउनुपर्छ, अनि मात्र खेलाडीले पदक जित्न सक्छन् । यो योजनालाई सफल बनाउन खेल सङ्घको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ । एसियाली खेलकुद आउन अब मात्र १३ महिना बाँकी छ । यो अवधिमा कुन कुन समय के गर्ने भन्ने स्पष्ट र ठोस् कार्य योजना एक साताभित्र बुझाउनुस् ।’’
उनले खेलाडीको प्रशिक्षणका लागि सङ्घले अन्तर्राष्ट्रिय दायरा फराकिलो बनाउनु पर्नेमा जोड दिदै अन्य देश, आ–आफ्नो अन्तर्राष्ट्रिय महासङ्घ र दूतावाससँग सहकार्य गर्नुपर्ने आवश्यकता औल्याए । उनले सङ्घहरुलाई तयारीका लागि बजेटको चिन्ता नगर्न आग्रह समेत गरे । उनले नेपाल हाइ पर्फमेन्स सेन्टर र खेलकुद विज्ञान अनुसन्धान केन्द्र स्थापना हुनुले पनि खेलाडीको क्षमतामा उल्लेख्य सुधार हुने बताए ।
राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले प्रशिक्षणलाई अझ कसरी सशक्त र प्रभावकारी ढङ्गले अगाडि बढाउन सकिन्छ भन्ने सुझाव लिन बैठक राखिएको बताउदै खेलाडीको फिट्नेस टेस्टपछि प्रशिक्षण सुरु हुने बताए । सहभागी खेल सङ्घका प्रतिनिधि र मुख्य प्रशिक्षकले खेल सामाग्री, इभेन्ट्स, एक्सपोजर, खेलस्थल, खेलाडी कोटा, विदेशी प्रशिक्षकको व्यवस्था वा वैदेशिक प्रशिक्षण, सुविधामा बृद्धि, खुराक, स्पाइरिङ पार्टनरको व्यवस्थालगायतका विषयमा धारणा राखेका थिए ।
जापानमा हुने एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अङ्कमा पदक जित्ने लक्ष्यसहित राखेपले आर्थिक वर्ष २०८०/८१ देखि मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण सुरु गरेको थियो । कुनैपनि एसियाली खेलकुद वा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि लामो समयको तयारी सुरु गरिएको नेपाली खेलकुदको इतिहासमै पहिलोपटक हो । गत आर्थिक वर्षमा पारा तेक्वान्दोसहित विभिन्न १० खेलका ९९ खेलाडी र २२ प्रशिक्षकसहित एक सय २१ जनालाई सुविधासहित विशेष प्रशिक्षणमा राखिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: