Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

दुई वर्षभित्र भेरी करिडोरअन्तर्गतका पाँचवटा पुल बन्ने

खबरडबली संवाददाता

काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले भेरी करिडोरको जाजरकोट–डोल्पा खण्डमा पर्ने १३ ओटा पुलहरुमध्ये पाँचवटा पुल आगामी दुई वर्षभित्र सम्पन्न हुने गरी निर्माण भइरहेको जानकारी दिएका छन् । 

मंगलबारको राष्ट्रियसभामा सांसद मायाप्रसाद शर्माले राखेको जिज्ञासाको उत्तर दिँदै उनले पाँचवटा पुल दुई वर्षमा सकिने गरी काम अगाडि बढाइएको जानकारी दिए । मन्त्री दाहालका अनुसार सो अवधिमा झिम्री खोला, नलगाडा खोला, चौखा खोला, तात्र खोला र तासु खोला पुलको निर्माण सम्पन्न गरिनेछ । चालु आर्थिक वर्षदेखि सुरु भएर आगामी तीन वर्षभित्र रिजिगाड खोला, चुगाड खोला उसुमखोला, गल्ली गाडखोला लगायतका आठवटा भेरी करिडोरअन्तर्गतका पुल निर्माण गरिने योजना रहेको मन्त्री दाहालले बताए ।

उनका अनुसार, २०६८ सालमा पुष्पलाल लोकमार्ग (मध्यपहाडी), रुकुमपश्चिम र जाजरकोट जोड्ने भेरी सडक पुल निर्माणका लागि वाईपी कन्स्ट्रक्सन प्रालिसँग तीन वर्षमा पुल बनाउनेगरी सम्झौता भएको थियो । मन्त्री दाहालले भने, ‘तर, एक पिल्लर र केही टावर निर्माणबाहेक अन्य काम ठप्प छ, साथै, छिन्चु–डोल्पा जाने भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक खण्डमा पासागाडसहित १३ वटा पुल निर्माण गर्नुपर्ने छ ।’

मध्यपहाडी राजमार्गमा पर्ने भेरी नदी पुलको निर्माण पनि वाईपी कन्स्ट्रक्सन प्रालिले सम्झौताअनुसार नगरेका कारण ठेक्का तोडिएको र मिति २०७१ मङ्सिर १३ गते कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिस गरिएको मन्त्रीले जानकारी दिए ।

‘त्यसपछि दुईपटक बोलपत्रमार्फत ठेक्का व्यवस्थापनको प्रयास गरिएकामा पहिलो पटक लागत अनुमानभन्दा सारभूत रूपमा बढी रकम कबोल भएकाले असफल भएको र दोस्रोपटक कुनै पनि बोलपत्रदाता नआएकाले ठेक्का लगाउन सकिएन,’ उनले भने, ‘हाल लागत अनुमान पुनरावलोकनको प्रक्रिया अगाडि बढाइएको र आर्थिक वर्ष २०८२-८३ मा ठेक्का व्यवस्थापन गरी निर्माण अघि बढाइने छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: