Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

मलेसियाबाट ‘मलाई बचाउनु दाइ’ भनेर दाजुलाई म्यासेज लेखेका हरिप्रसाद सम्पर्कविहीन

खबरडबली संवाददाता

खोटाङ । वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका हरिप्रसाद राई पाँच दिनदेखि सम्पर्कविहीन भएका छन्। तीन वर्षअघि मलेसिया पुगेर केएलस्थित रकन इख्लास सर्भिसेस कम्पनीमा कार्यरत २६ वर्षीय हरिप्रसाद साउन–२ गतेदेखि सम्पर्कविहीन भएका हुन्।

सम्पर्कविहीन हुनुअघि साउन-१ गते मलेसियामै रहेका हरिप्रसादका साहिला दाजु हिमाल राईलाई आफू अप्ठ्यारोमा रहेको र बचाउन अनुरोध गरेको फेसबुक म्यासेज प्राप्त भएको छ। 

‘मलाई सिध्याउने षड्यन्त्र गरेका छन्। बोस (मालिक) लाई नभन्नु। उसले थाहा पायो भने मलाई सिध्याउँछ। अब मलाई घर पठाउँदैन। घर जानका लागि म भाग्नुपर्छ। तपाईहरू सल्लाह गर्नुस्। दुई दिनको छुट्टी लिएर मलाई निकाल्नुस्।’ भनेर दाजु हिमाललाई म्यासेज लेखेको भोलिपल्ट अर्थात् साउन–२ गतेदेखि हरिप्रसाद सम्पर्कविहीन भएको जनाइएको छ।

काठमाडौंको सिनामंगलस्थित फाजल इन्टरनेश्नल प्रालिबाट विसं २०७९ साउन–२८ गते मलेसिया पुगेका हरिप्रसाद मलेसियाको केएलस्थित स्यारोटन होटलमा सहयोगीको रूपमा काम गर्दै आएक थिए। कम्पनीमा आफूले कुनै गल्ती नगरे पनि अरुहरूले गरेको गल्तीलाई आफूमाथि थुपारेर दोष लगाउँदै मार्ने षड्यन्त्र गरेको दाजु हिमाललाई हरिप्रसादले पठाएको म्यसेजमा उल्लेख छ।

रोजगारीको सिलसिलामा मलेसियामा रहेका भाइ हरिप्रसाद सम्पर्कविहीन भएपछि खोजिकार्यलाई तीव्रता दिइएको दाजु हिमालले बताए। ‘मलाई साउन–१ गते राति म्यासेज गरेको थियो। फोनमा कुरा गरौँ भन्दा अरुले सुन्छ। म्यासेन्जरमै कुरा गरौँ भन्थ्यो !’, उनले भने, ‘केही समय म्यसेन्जरमा कुरा गर्दा–गर्दै सम्पर्कविहीन भयो। अहिले फोन पनि लाग्दैन। कम्पनीमा गएर सम्पर्क गर्दा त्यहाँ पनि छैन। केगरी खोज्ने अन्यौलमा परेको छु।’

म्यासेन्जरमा बोल्दा–बोल्दै भाइ सम्पर्कविहीन भएपछि मलेसियास्थित नेपाली राजदूतावास र भाइ कार्यरत कम्पनीलाई खोजिगरी दिन आग्रह गरिएको हिमालले बताए। 

‘सम्पर्कविहीन भएको भोलिपल्टै राजदूतावास पुगेर आवश्यक कागजातसहित निवेदन दिएका थियौँ। अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन। भाइको म्यासेज हेर्दा षड्यन्त्रगरी उनको हत्या गरेको हुन सक्ने देखिन्छ !, उनले भने, ‘नेपाली दूतावासले चासो दिएको छैन। जुन अवस्थामा भए पनि मलाई भाइ चाहियो।’

हरिप्रसाद सम्पर्कविहीन भएको जानकारी प्राप्त भएलगत्तै मेनपावर कम्पनी र नेपालस्थित परराष्ट्र मन्त्रालयमा जानकारी गराइएको नेपालस्थित मेनपावर कम्पनीका प्रतिनिधि निरज दाहालले जानकारी दिए।

‘हरिप्रसाद कम्पनी छाडेर भागेको देखिन्छ। कम्पनीमै भएको खण्डमा कम्पनी सञ्चालकलाई भनेर केही गर्न सकिन्थ्यो’, उनले भने, ‘कम्पनी छाडेर भाग्नु हरिप्रसादको गल्ती देखिन्छ। अहिले म त्यो मेनपावर कम्पनीमा काम गर्दिन। यद्यपि, ममार्फत गएको हुनाले मेनपावर कम्पनी र नेपालस्थित परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको छु।’

काठमाडौंमा रहेर वैदेशिक रोजगारसम्बन्धी एजेन्टको काम गर्दै आएका निरजमार्फत हरिप्रसादसँगै खोटाङस्थित खार्मीका छ युवा मलेसिया गएका थिए। एजेन्टलाई रु दुई लाख ५० हजार धरौटी बुझाएर मलेसिया पुगेका हरिप्रसाद सम्पर्कविहीन भएपछि घरपरिवार चिन्तित भएका छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रचण्ड सचिवालयको प्रष्टीकरण- रास्वपासँग चुनावी सहकार्यको प्रस्ताव गरिएको छैन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सचिवालयले चुनावी सहकार्यका विषयमा रास्वपासँग कुनै छलफल नभएको प्रष्टीकरण दिएको छ। प...

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौँ । चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गर्ने अन्तिम तयारी गरिएको छ। काठमाडौँ उपत्यकामा चन्द्रागिरि सम्भवतः पहिलो ‘बालश्र...

११ किलोको माला लगाएर ओलीलाई बधाइ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ११ किलो तौलको माला लगाएर बधाइ तथा शुभकामना व्यक्त गरिएको छ। काठमाडौं–संखुवासभा सम्पर्क मञ्चका ने...

रास्वपासँग ठोस सहमति नजुटेपछि ‘देश विकास पार्टी’ सक्रिय पार्ने बालेनको तयारी

कुपण्डोललाई भेटघाटको केन्द्र बनाएर यी दलका नेतासँग पनि गरे बेग्लाबेग्लै छलफल

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर सुन्तला बगान बनाएका छन् । बीस वर्षअघि बिलाउनीको झाडीले भरिएको भि...

चुनावभन्दा संसद् पुनःस्थापनामा कांग्रेस-एमालेको कसरत

काठमाडौं । सरकारले तोकेको प्रतिनिधिसभा निर्वाचन आउन साढे दुई महिना मात्र बाँकी रहे पनि प्रमुख दुई दल कांग्रेस र एमालेले संसद् पुनःस्थापनालाई मुख्य प्र...

सरकारले किन सार्वजनिक गरेन मन्त्रीहरूको सम्पत्ति विवरण ?

काठमाडौं । अन्तरिम सरकार गठन भएको सय दिन नाघिसक्दासमेत सम्पत्ति विवरण सार्वजनिक भएको छैन । सबै मन्त्रीहरूले सम्पत्ति विवरण बुझाइसकेको दाबी गरे पनि सरक...

त्रिविको ५१ औँ दीक्षान्त समारोह आज, ८९ हजार उत्तीर्ण विद्यार्थीमध्ये १६ हजार मात्रै दीक्षित हुँदै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ५१ औँ दीक्षान्त समारोह आज हुँदैछ।   विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रम...

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु ३९ अर्ब ९७ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । गत आवको पाँच महिनाको ...

उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउने निर्णय ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending