Khabar Dabali १८ असार २०८३ बिहीबार | 2nd July, 2026 Thu
Investment bank

पोखराको जग्गा हडप्ने प्रपञ्चमा नागरिक उन्मुक्तिकी अध्यक्ष श्रेष्ठ ‘बिचौलिया’ को भूमिकामा

खबरडबली संवाददाता

काठमाडौं । कास्कीको पोखरा बाटुलेचौरस्थित ‘लिची बगान’ को १ सय ३४ रोपनी जग्गा हडप्ने प्रपञ्चमा पूर्वभूमि व्यवस्थामन्त्री एवं नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि ‘बिचौलिया’ भूमिकामा संलग्न रहेको पाइएको छ ।

तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र बिचौलिया सुजन लामाबीच भएको घूस ‘डिल’ प्रकरणमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्ने क्रममा सांसदसमेत रहेकी श्रेष्ठको पनि संलग्नता देखिएको हो ।

मालपोत कार्यालय र भूमि समस्या समाधान आयोग प्रमुखमा अनुकूलका व्यक्तिलाई पदस्थापन गराएर लिची बगानको जग्गा हडप्ने प्रपञ्च रचेको गिरोहका लामाले तत्कालीन संघीय मामिलामन्त्री गुप्तासँग गरेको घूस ‘डिल’ को अडियो केही दिनअघि सार्वजनिक भएको थियो ।

घूस प्रकरणमा मुछिएपछि गुप्ताले ३१ असारमा मन्त्री पदबाट राजीनामा दिइसकेका छन् । अख्तियारमा भने तीन साताअघि नै उजुरी परेको थियो । यस प्रकरणमा अहिले विस्तृत अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

पूर्वमन्त्री गुप्ता र उनीसँग घूस ‘डिल’ गर्ने लामासँग अख्तियारले मंगलबार बयान थालेको छ । दुवै जनाको आवाज पनि परीक्षणका लागि ‘रेकर्ड’ गराइएको अख्तियारले जनाएको छ । 

‘केही दिनअघि सार्वजनिक भएको अडियो परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाएका थियौं । त्यहाँ सक्कली भएको पुष्टि भयो,’ अख्तियारका एक अधिकारीले भने, ‘अडियो दोहोरो परीक्षण गर्न आज (मंगलबार) गुप्ता र लामाको आवाज रेकर्ड गराएका हौं ।’ 

पूर्वमन्त्री श्रेष्ठलाई पनि अडियोमा सुनिएको आवाजसँग मेल खान्छ/खाँदैन भनेर दोहोरो परीक्षणका लागि बोलाइने ती अधिकारीले बताए ।

राणाकालमा बिर्ताबापत भएर दुर्गादेवी शाह र लोकदिव्येश्वरी शाहका नाममा रहेको १ सय ३४ रोपनी जग्गा २०१६ सालमा बिर्ता उन्मूलन भएपछि व्यक्तिका नाममा दर्ता गरिएको थिएन । पञ्चायतकालयता उक्त जग्गा व्यक्तिका नाममा दर्ता नभई त्यत्तिकै रहेको थियो ।

साबिकका भोगाधिकारी दुर्गादेवी र लोकदिव्येश्वरीको निधन भइसकेको छ । केही वर्षयता त्यही जग्गा दुर्गादेवीका चार नाति सुरज ठकुरी, सुनील ठकुरी, भीमसेन ठकुरी र ओमबहादुर ठकुरीका नाममा दर्ता गर्ने र ३३ प्रतिशत साबिकका भोगाधिकारीका हकवालालाई दिएर बाँकी जग्गा बिचौलियाले खाने–मास्ने योजना गिरोहले बनाएको खुलिसकेको छ । यस प्रपञ्चमा पूर्वमन्त्री गुप्ता, श्रेष्ठका साथै हालका भूमि व्यवस्थामन्त्री बलराम अधिकारी, पूर्वसचिव अर्जुन पोखरेल र बिचौलिया लामा पनि मुछिएका छन् ।

यस प्रकरणमा भूमि व्यवस्थामन्त्री अधिकारी र पूर्वसचिव पोखरेललाई घूस बुझाएको दाबीसहितको अडियो पनि सार्वजनिक भइसकेको छ ।

‘उपलब्ध तथ्य र प्रमाण तथा प्रयोगशालाबाट पुष्टि भएको अडियोले जग्गा हिनामिना गर्ने प्रपञ्च र घूस लेनदेनमा पूर्वमन्त्री श्रेष्ठ र सुजन लामा बिचौलियाको भूमिकामा देखिन्छन्, यो प्रकरणमा जोडिन आएका अरू व्यक्ति राज्य संयन्त्र दुरुपयोग गरी गिरोहको योजनाअनुसार निर्णय गराउन दत्तचित्त भएको देखिन्छ,’ अख्तियारका एक अधिकारीले भने, ‘तर योजनाअनुसार काम अघि नबढ्दै सेटिङ भत्किएपछि अहिलेसम्म भए/गरेका सबै चलखेल सतहमा आइपुगेका हुन् । यसले राज्यका उपल्लो तहमा बसेकाहरू कुन रूपमा दुरुपयोग हुन्छन् भन्ने पनि उजागर गरेको छ ।’

घूस प्रकरणमा मुछिए पनि भूमि व्यवस्थामन्त्री अधिकारी पदमै छन् । अधिकारी र पूर्वमन्त्री गुप्ता एमाले सांसद हुन् । श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधित्व गर्दै १७ चैत २०७९ देखि २१ फागुन २०८० सम्म भूमि व्यवस्थामन्त्री थिइन् । श्रेष्ठपछि अधिकारी २३ फागुन २०८० यता भूमि व्यवस्थामन्त्री छन् ।

अनुसन्धान अधिकारीका अनुसार श्रेष्ठले आफू मन्त्री रहेकै बेला जग्गा हडप्ने योजना बुने पनि सफल नभएको र पछिल्लो पटक भूमि व्यवस्थामन्त्री बनेका अधिकारी र संघीय मामिलामन्त्री गुप्तासम्म बिचौलिया लामाको पहुँच विस्तार गराई आफू पनि यस खेलमा संलग्न रहेको भेटिएको छ ।

जग्गा हत्याउने खेलकै क्रममा कास्की मालपोत र भूमि समस्या समाधान आयोग कास्कीमा आफू अनुकूलका व्यक्ति लैजान श्रेष्ठ र लामाले पटक–पटक प्रयास गरेको पाइएको पनि उनले बताए । 

सार्वजनिक भएको अडियोमा एक महिला र बिचौलिया लामाले तत्कालीन संघीय मामिलामन्त्री गुप्तासँग भूमि व्यवस्थामन्त्री अधिकारीको समेत नाम उच्चारण गर्दै घूस ‘डिल’ गरेको सुनिन्छ । घूस ‘डिल’ मा संलग्न महिला पूर्वमन्त्री श्रेष्ठ नै रहेको दाबी गरिएको छ । त्यही कारण उनलाई पनि बोलाउने तयारी रहेको अख्तियारले जनाएको छ । यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending