काबुल । अफगानिस्तानमा महिनौंदेखि हिरासतमा रहेका एक वृद्ध बेलायती दम्पतीको उपचार भइरहेको तालिबान सरकारका उच्च कूटनीतिज्ञले बुधबार बताएका छन् । करिब १८ वर्षदेखि अफगानिस्तानमा बस्दै आएका ८० वर्षीय पिटर र बार्बी रेनोल्ड्सलाई फेब्रुअरीमा चिनियाँ-अमेरिकी साथी फेय हल र एक अफगान अनुवादकसहित गिरफ्तार गरिएको थियो ।
अफगानिस्तानका विदेशमन्त्री अमिर खान मुत्ताकीले राजधानी काबुलमा आयोजित पत्रकार सम्मेलनमा भने, “उनीहरूका सबै मानव अधिकारको सम्मान गरिएको छ ।” उनले भने, “उनीहरुलाई उपचारको व्यवस्था मिलाइएको छ र उनीहरूलाई बेलाबेलामा आफ्ना परिवारसँग सम्पर्कको व्यवस्था गरिएको छ ।” मुत्ताकीले भने, “उनीहरूको रिहाइका लागि प्रयास भइरहेको छ, तर प्रक्रिया पूरा भएको छैन ।”
संयुक्त राष्ट्रसङ्घका स्वतन्त्र विज्ञहरूले सोमबार उनीहरूको शारीरिक र मानसिक स्वास्थ्यमा ‘तीव्र गिरावट’ आएको चेतावनी दिँदै यसले ‘अपूरणीय क्षति वा मृत्युको समेत जोखिम’ रहेको बताएका थिए । संयुक्त राष्ट्रसङ्घका अनुसार ती दम्पतीलाई केही महिनासम्म उच्च सुरक्षा युक्त स्थानमा राखिएको थियो, त्यसपछि अँध्यारो जमिनमुनिका कोठाहरूमा राखिएको थियो भने गत हप्ता उहाँहरूलाई काबुलको गुप्तचर सेवा कार्यालयमा स्थानान्तरण गरिएको थियो ।
सन् २०२३ मा मस्तिष्काघात भएपछि पिटर रेनोल्ड्सलाई मुटुको औषधि आवश्यक पर्ने विज्ञहरुले बताएका छन् । हिरासतमा लिएपछि उनको आँखामा दुई पटक संक्रमण भएको छ भने टाउको र बायाँ पाखुरामा कम्पन आउने समस्या देखिएको छ । रक्तअल्पताबाट पीडित उहाँकी पत्नी ‘अस्वस्थ र कमजोर’ हुनुहुन्छ भने उहाँको खुट्टा सुन्निएको विज्ञहरूले बताएका छन् ।
सन् १९७० मा काबुलमा विवाह गरेका यी दम्पतीले अफगानिस्तानमा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएका थिए । तालिवान अधिकारीहरूले उनीहरूलाई पक्राउ गर्नुको कारण बताउन अस्वीकार गरेका छन् तर यस मामिलासँग परिचित एक स्रोतले अप्रिलमा एएफपीलाई बताएअनुसार दम्पतीसँग धेरै गैर–इस्लामिक पुस्तकहरू थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - २०:३५
काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...
पौष १ गते, २०८२ - २०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...
पौष १ गते, २०८२ - २०:१२
खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...
पौष १ गते, २०८२ - १९:१२
काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् । ...
पौष १ गते, २०८२ - १९:०४
दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे दिनमा नारा ...
पौष १ गते, २०८२ - १८:५३
काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...
पौष १ गते, २०८२ - १८:४९
कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...
पौष १ गते, २०८२ - १८:१४
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ । विभागले उद्योग तथा फर्म...
पौष १ गते, २०८२ - १८:१०
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...
पौष १ गते, २०८२ - १७:५९
काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...




प्रतिकृया लेख्नुहोस्: