Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri

हिरासतमा लिइएका बेलायती दम्पतीको उपचार भइरहेको तालिबानको दाबी

खबरडबली संवाददाता

काबुल । अफगानिस्तानमा महिनौंदेखि हिरासतमा रहेका एक वृद्ध बेलायती दम्पतीको उपचार भइरहेको तालिबान सरकारका उच्च कूटनीतिज्ञले बुधबार बताएका छन् । करिब १८ वर्षदेखि अफगानिस्तानमा बस्दै आएका ८० वर्षीय पिटर र बार्बी रेनोल्ड्सलाई फेब्रुअरीमा चिनियाँ-अमेरिकी साथी फेय हल र एक अफगान अनुवादकसहित गिरफ्तार गरिएको थियो ।

अफगानिस्तानका विदेशमन्त्री अमिर खान मुत्ताकीले राजधानी काबुलमा आयोजित पत्रकार सम्मेलनमा भने, “उनीहरूका सबै मानव अधिकारको सम्मान गरिएको छ ।” उनले भने, “उनीहरुलाई उपचारको व्यवस्था मिलाइएको छ र  उनीहरूलाई बेलाबेलामा आफ्ना परिवारसँग सम्पर्कको व्यवस्था गरिएको छ ।” मुत्ताकीले भने, “उनीहरूको रिहाइका लागि प्रयास भइरहेको छ, तर प्रक्रिया पूरा भएको छैन ।”

संयुक्त राष्ट्रसङ्घका स्वतन्त्र विज्ञहरूले सोमबार उनीहरूको शारीरिक र मानसिक स्वास्थ्यमा ‘तीव्र गिरावट’ आएको चेतावनी दिँदै यसले ‘अपूरणीय क्षति वा मृत्युको समेत जोखिम’ रहेको बताएका थिए । संयुक्त राष्ट्रसङ्घका अनुसार ती दम्पतीलाई केही महिनासम्म उच्च सुरक्षा युक्त स्थानमा राखिएको थियो, त्यसपछि अँध्यारो जमिनमुनिका कोठाहरूमा राखिएको थियो भने गत हप्ता उहाँहरूलाई काबुलको गुप्तचर सेवा कार्यालयमा स्थानान्तरण गरिएको थियो ।

सन् २०२३ मा मस्तिष्काघात भएपछि पिटर रेनोल्ड्सलाई मुटुको औषधि आवश्यक पर्ने विज्ञहरुले बताएका छन् । हिरासतमा लिएपछि उनको आँखामा दुई पटक संक्रमण भएको छ भने टाउको र बायाँ पाखुरामा कम्पन आउने समस्या देखिएको छ । रक्तअल्पताबाट पीडित उहाँकी पत्नी ‘अस्वस्थ र कमजोर’ हुनुहुन्छ भने उहाँको खुट्टा सुन्निएको विज्ञहरूले बताएका छन् ।

सन् १९७० मा काबुलमा विवाह गरेका यी दम्पतीले अफगानिस्तानमा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएका थिए । तालिवान अधिकारीहरूले उनीहरूलाई पक्राउ गर्नुको कारण बताउन अस्वीकार गरेका छन् तर यस मामिलासँग परिचित एक स्रोतले अप्रिलमा एएफपीलाई बताएअनुसार दम्पतीसँग धेरै गैर–इस्लामिक पुस्तकहरू थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending