पोखरा । खाना पकाउने एलपी ग्यासको अभावका कारण उपभोक्ताले घण्टौँ लाइन बस्नुपर्ने अवस्था आएपछि पोखरामा ग्यास वितरण प्रणालीलाई सहज बनाउने प्रयास थालिएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबारदेखि किराना पसलबाटै ग्यास बिक्री गर्ने व्यवस्था मिलाएसँगै आज मात्रै करिब १० हजार भरिएका सिलिन्डर बजारमा पठाइने भएको छ।
ग्यासको आपूर्ति अवस्था बुझ्न जिल्ला अनुगमन समिति कास्कीले गगनगौंडास्थित दुई ग्यास उद्योगमा अनुगमन गरेको थियो। अनुगमनपछि विभिन्न ग्यास कम्पनीबाट पोखरामा ठूलो परिमाणमा ग्यास भित्रिने जानकारी प्राप्त भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए।
उनका अनुसार गृहलक्ष्मी ग्यासले पोखरा बजारका लागि ३ हजारभन्दा बढी सिलिन्डर पठाउने तयारी गरेको छ। यस्तै, शक्ति ग्यासले २ हजार ५ सय भरिएका सिलिन्डर बजारमा पठाउन लागेको छ।
पोखरा बाहिर रहेका उद्योगबाट पनि ग्यास ल्याउने तयारी भइरहेको छ। बाबा ग्यासले १ हजारभन्दा बढी तथा जानकी र नेपाल ग्यासले पनि १ हजारभन्दा बढी सिलिन्डर पोखरा पठाउने तयारी गरेका छन्। विभिन्न कम्पनीबाट आउने ग्यास जोड्दा आज पोखराको बजारमा करिब १० हजार सिलिन्डर पुग्ने प्रशासनको भनाइ छ।
आपूर्ति निरन्तर राख्न सोमबारका लागि समेत ग्यासको व्यवस्था भइसकेको छ। गृहलक्ष्मी ग्यासका अनुसार चारवटा बुलेटमा लोड गरिएको ग्यास भारतबाट पोखरातर्फ हिँडिसकेको छ। उक्त ग्यास आइतबार साँझसम्म पोखरा आइपुग्ने कम्पनीले जनाएको छ।
ग्यास डिपोमा मात्रै बिक्री गर्दा उपभोक्ताको लामो लाइन लाग्ने र भीड बढ्ने समस्या देखिएपछि प्रशासनले किराना पसलमार्फत बिक्री वितरणको व्यवस्था गरेको हो। यसअघि पनि पोखरामा ग्यास किराना पसलबाटै उपभोक्तासम्म पुर्याउने गरिएको थियो।
पोखरामा साउनको पहिलो सातादेखि एलपी ग्यासको अभाव देखिँदै आएको छ। ग्यास नपाउँदा उपभोक्ता रित्तो सिलिन्डर बोकेर डिपो अगाडि घण्टौँसम्म लाइनमा बस्न बाध्य हुँदै आएका छन्।
अभावको मौका छोपेर कालोबजारी हुन सक्ने भन्दै प्रशासनले बजार अनुगमनलाई पनि तीव्र बनाएको छ। नियमित आपूर्ति कायम गर्ने, उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने र कृत्रिम अभाव तथा कालोबजारी नियन्त्रण गर्ने उद्देश्यले अनुगमनलाई निरन्तरता दिइने प्रशासनले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २४ गते, २०८३ - १२:४८
बुटवल । तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह गोरुसिंगे जंगलमा मृत फेला परेका छन्। ६५ वर्ष...
श्रावण २४ गते, २०८३ - १२:१९
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको वर्तमान संविधानले विविधतामा एकतालाई आत्मसात गर्दै सबै समुदायको हक र हितलाई सुनिश्चित गरेको बताएको छन् ।...
श्रावण २४ गते, २०८३ - ११:४८
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले पुन: प्रतितोला ३ लाख रुपैयाँको सीमा पार गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको मूल्य प्र...
श्रावण २४ गते, २०८३ - ११:३६
पोखरा । खाना पकाउने एलपी ग्यासको अभावका कारण उपभोक्ताले घण्टौँ लाइन बस्नुपर्ने अवस्था आएपछि पोखरामा ग्यास वितरण प्रणालीलाई सहज बनाउने प्रयास थालिएको छ...
श्रावण २४ गते, २०८३ - ११:०७
कप्तानगञ्ज। सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न हुन सक्ने आशंकामा साउन २३ गते पाँच जनालाई पक्राउ गरेको छ । ज...
श्रावण २४ गते, २०८३ - १०:५५
मकवानपुरगढी। बागमती प्रदेशको सत्ता समीकरण दिनप्रतिदिन पेचिलो बन्दै गइरहेका बेला मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र प्रदेश सभामा ...
श्रावण २४ गते, २०८३ - १०:३६
सिन्धुलीमाढी । सिन्धुलीमा खाना पकाउने एलपी ग्यासको सहज आपूर्तिका लागि स्थानीय प्रशासनले निगरानी बढाएको छ । जिल्लामा विगत केही दिनदेखि खाना पकाउने ग्या...
श्रावण २३ गते, २०८३ - १७:१४
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय समिति अध्यक्ष सन्तोष परियारले संघीयता, गणतन्त्र, समावेशिता र सामाजिक न्यायजस्ता राजनीतिक उपलब्धिम...
श्रावण २३ गते, २०८३ - १७:०४
नयाँदिल्ली। उत्तरी भारतीय राज्य हिमाञ्चल प्रदेशमा शनिबार एउटा निजी बस सडकबाट चिप्लिएर दुर्घटना हँदा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै र अन्य दश जना ...
श्रावण २३ गते, २०८३ - १६:५०
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पछिल्लो निर्वाचनयता पार्टीसँग जोडिएका चार महत्वपूर्ण समुदाय क्रमश: टाढिँदै गएको बताएका छन्। उनले सहर...



प्रतिकृया लेख्नुहोस्: