धनुषा । धनुषाको गणेशमान चारनाथ नगरपालिका–६, रक्ताही कमलास्थित वन क्षेत्रभित्रको जग्गा अनधिकृत रूपमा किनबेच भइरहेको खुलासा भएको छ । स्थानीय र भूमाफियाको मिलेमतोमा कपाली तमसुक बनाएर वनको जग्गा खरिद–बिक्री हुने गरेको खुलासा भएको हो ।
स्थानीय केवलकिशोर यादवले सो वन क्षेत्रभित्रको नौ कठ्ठा जमिन धनुषाधाम नगरपालिका–९, यज्ञभूमिका साने खत्रीलाई बिक्री गरेको भेटिएछि यस्तो तथ्य खुलेको सव डिभिजन वन कार्यालय गोदारका वन अधिकृत भगलु मण्डलले बताए ।
यादवले सो जमिन आफ्नो हकभोगमा रहेको भन्दै नौ कठ्ठा जमिन दुई लाख ८८ हजार रुपियाँमा खत्रीलाई बिक्री गरेको प्रमाण भेटिएको उनले जानकारी दिए । उनका अनुसार वन क्षेत्रभित्रको जमिन खरिद बिक्री गैरकानुनी हो ।
स्थानीय अनुसार २०५० सालतिर कमला नदीमा आएको ठूलो बाढीले ल्याएको गिट्टी, बालुवाले यो वन क्षेत्र पुरेको थियो । त्यसको केही वर्षपछि केही स्थानीयले यो जग्गा खनजोत गरी अन्नबाली लगाउन थाले । यही खनजोतलाई आधार बनाएर केही व्यक्तिले जग्गा आफ्नो भएको दाबी गर्न थालेका छन् । यसैको आडमा गाउँका धनीमानी व्यक्ति र बाहिरका मानिसले समेत यस क्षेत्रमा जग्गा कब्जा गरेका छन् । यस ठाउँमा यसरी नै कपाली तमसुक बनाएर जमिन खरिद बिक्री हुने गरेको स्थानीयको भनाइ छ ।
वन क्षेत्रभित्रको जग्गाको अनधिकृत किनबेच बढेपछि सव डिभिजन वन कार्यालय गोदारले यसलाई नियन्त्रण गर्ने पहल सुरु गरेको छ । वन अधिकृत मण्डलले अतिक्रमित वनको जग्गा खाली गराउने बताए । उनले करिब ३० हेक्टरभन्दा बढी जग्गा अतिक्रमणमा परेको जानकारी दिँद ती जग्गालाई अतिक्रमणमुक्त गराएर तारजाली लगाउने र वृक्षरोपण गर्ने योजना रहेको जानकारी दिए ।
डिभिजन वन कार्यालय धनुषाका डिभिजन प्रमुख विनोद सिंहले सार्वजनिक वन क्षेत्रभित्र पर्ने भूभागमा स्वामित्व दाबी गर्न वा खरिद–बिक्री गर्नु गैरकानुनी भएको बताए । उनले यस विषयमा छानबिनको प्रक्रिया अगाडि बढाइएको बताउँदै केही प्रमाणहरु संकलन गरिएको जानकारी दिए ।
उनले वन क्षेत्रको जग्गा यसरी अनधिकृत किनबेच र कब्जाले प्राकृति स्रोतमाथि असर पर्ने बताउँदै वन विनासको असर मधेश प्रदेशमा प्रत्यक्ष रुपमा देखिएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: