Khabar Dabali १८ असार २०८३ बिहीबार | 2nd July, 2026 Thu
Investment bank

विद्याबारे पार्टीको निर्णयपछि ईश्वर- उचित छैन, नवीकरण गरेको सदस्यता रातारात गायव बनाइयो

मुठभेडमा जाने हिसाबले गरिएको यो निर्णयको विपक्षमा छु

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता राति नै वेबसाइटबाट हटाइएको बताएका छन्।

बीबीसी नेपाली सेवासँग कुरा गर्दै उनले २०८१ सालमै पार्टी सदस्यता नवीकरण गरेको बताएका हुन्। उनले भने ‘६४१ नम्बरमा पार्टी सदस्यता छ, वेबसाइटमा राखिएको चिज राति हटाइयो भन्ने सुन्दैछु।’

पूर्वराष्ट्रपतिलाई नागरिकका रूपमा पार्टीमा सक्रिय हुन संविधान वा विधानले नरोकेको उनले बताए। ‘राजनीति गर्न नपाइने भए संविधान वा विधानले रोक्नुपर्‍यो। पार्टीका निर्णय पनि संविधान र विधानसम्मत हुनुपर्‍यो नि।’ उनले भने ।

पार्टीको केन्द्रीय कमिटीले गरेको निर्णयबारे बोल्दै पार्टीका वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, "मलाई के लाग्छ भने संविधानले रोकेको छैन। पार्टी विधानले रोकेको छैन। त्यस्तो अवस्थामा हिजो दिइएको ऐतिहासिक जिम्मेवारी पूरा गरिसकेपछि फेरि आफ्नो पूर्ववत् अवस्थामा आउने भन्ने विषय मलाई अनुचित लाग्दैन।"

तर भण्डारी राजनीतिमा फर्किने विषयमा समर्थन गर्दै आएका पोखरेलले केन्द्रीय कमिटीको निर्णयविरुद्ध 'नोट अफ डिसेन्ट' भने लेखेनन्। त्यसको कारणबारे उनले भने, "उहाँ (अध्यक्ष केपी शर्मा ओली)ले कुरा राखिसकेपछि कति साथीले प्रश्न उठाउँदै हुनुहुन्थ्यो। प्रश्न उठाउँदै गर्दा 'नोट अफ डिसेन्ट त त्यहाँ राख्ने स्थिति नै बनेन।‍"

त्यसको मतलब के उनलाई 'नोट अफ डिसेन्ट' लेख्न मन थियो? बीबीसीको यो प्रश्नमा उनले भने, "म त यो विषयमा खुला रूपमा बोल्दै आएको हुँ। त्यो त मर्यादित तरिकाले राख्ने न हो। अहिले पनि म आफ्नो धारणा माइन्यूटमा दर्ता गर्नको लागि पठाउन सक्छु नि।"

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको निर्णयले अब राष्ट्रिय महाधिवेशनमा प्रतिनिधित्वको कुरामा रोक लागेको अर्थ लाग्न सक्ने बताए।

उनी भण्डारीको राजनीतिक जीवन कसरी अगाडि बढ्ला भन्ने विषय बन्द भइनसकेको ठान्छन्।

"यो हाम्रो पार्टीभित्र निम्त्याइएको विवाद र बहस हो जस्तो लाग्छ। यो गर्नु उचित थिएन। जे निर्णय गरे पनि सल्लाह समझदारीमै टुङ्ग्याउनुपर्छ। मुठभेडमा जाने हिसाबले, तेजोबध गर्ने हिसाबले यो कुरा गर्नु उचित हुँदैन थियो," उनले भने।

उक्त निर्णय संविधान वा पार्टीको विधानअनुसार भएको छैन भने के भण्डारीले कानुनी उपचार खोज्लिन् त? त्यसबारे आफूलाई थाहा नभएको र पार्टीको निर्णयपछि उनीसँग आफ्नो कुराकानी नभएको पोखरेलले बताए।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending