Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

विद्याबारे पार्टीको निर्णयपछि ईश्वर- उचित छैन, नवीकरण गरेको सदस्यता रातारात गायव बनाइयो

मुठभेडमा जाने हिसाबले गरिएको यो निर्णयको विपक्षमा छु

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता राति नै वेबसाइटबाट हटाइएको बताएका छन्।

बीबीसी नेपाली सेवासँग कुरा गर्दै उनले २०८१ सालमै पार्टी सदस्यता नवीकरण गरेको बताएका हुन्। उनले भने ‘६४१ नम्बरमा पार्टी सदस्यता छ, वेबसाइटमा राखिएको चिज राति हटाइयो भन्ने सुन्दैछु।’

पूर्वराष्ट्रपतिलाई नागरिकका रूपमा पार्टीमा सक्रिय हुन संविधान वा विधानले नरोकेको उनले बताए। ‘राजनीति गर्न नपाइने भए संविधान वा विधानले रोक्नुपर्‍यो। पार्टीका निर्णय पनि संविधान र विधानसम्मत हुनुपर्‍यो नि।’ उनले भने ।

पार्टीको केन्द्रीय कमिटीले गरेको निर्णयबारे बोल्दै पार्टीका वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, "मलाई के लाग्छ भने संविधानले रोकेको छैन। पार्टी विधानले रोकेको छैन। त्यस्तो अवस्थामा हिजो दिइएको ऐतिहासिक जिम्मेवारी पूरा गरिसकेपछि फेरि आफ्नो पूर्ववत् अवस्थामा आउने भन्ने विषय मलाई अनुचित लाग्दैन।"

तर भण्डारी राजनीतिमा फर्किने विषयमा समर्थन गर्दै आएका पोखरेलले केन्द्रीय कमिटीको निर्णयविरुद्ध 'नोट अफ डिसेन्ट' भने लेखेनन्। त्यसको कारणबारे उनले भने, "उहाँ (अध्यक्ष केपी शर्मा ओली)ले कुरा राखिसकेपछि कति साथीले प्रश्न उठाउँदै हुनुहुन्थ्यो। प्रश्न उठाउँदै गर्दा 'नोट अफ डिसेन्ट त त्यहाँ राख्ने स्थिति नै बनेन।‍"

त्यसको मतलब के उनलाई 'नोट अफ डिसेन्ट' लेख्न मन थियो? बीबीसीको यो प्रश्नमा उनले भने, "म त यो विषयमा खुला रूपमा बोल्दै आएको हुँ। त्यो त मर्यादित तरिकाले राख्ने न हो। अहिले पनि म आफ्नो धारणा माइन्यूटमा दर्ता गर्नको लागि पठाउन सक्छु नि।"

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको निर्णयले अब राष्ट्रिय महाधिवेशनमा प्रतिनिधित्वको कुरामा रोक लागेको अर्थ लाग्न सक्ने बताए।

उनी भण्डारीको राजनीतिक जीवन कसरी अगाडि बढ्ला भन्ने विषय बन्द भइनसकेको ठान्छन्।

"यो हाम्रो पार्टीभित्र निम्त्याइएको विवाद र बहस हो जस्तो लाग्छ। यो गर्नु उचित थिएन। जे निर्णय गरे पनि सल्लाह समझदारीमै टुङ्ग्याउनुपर्छ। मुठभेडमा जाने हिसाबले, तेजोबध गर्ने हिसाबले यो कुरा गर्नु उचित हुँदैन थियो," उनले भने।

उक्त निर्णय संविधान वा पार्टीको विधानअनुसार भएको छैन भने के भण्डारीले कानुनी उपचार खोज्लिन् त? त्यसबारे आफूलाई थाहा नभएको र पार्टीको निर्णयपछि उनीसँग आफ्नो कुराकानी नभएको पोखरेलले बताए।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रचण्ड सचिवालयको प्रष्टीकरण- रास्वपासँग चुनावी सहकार्यको प्रस्ताव गरिएको छैन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सचिवालयले चुनावी सहकार्यका विषयमा रास्वपासँग कुनै छलफल नभएको प्रष्टीकरण दिएको छ। प...

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौँ । चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गर्ने अन्तिम तयारी गरिएको छ। काठमाडौँ उपत्यकामा चन्द्रागिरि सम्भवतः पहिलो ‘बालश्र...

११ किलोको माला लगाएर ओलीलाई बधाइ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ११ किलो तौलको माला लगाएर बधाइ तथा शुभकामना व्यक्त गरिएको छ। काठमाडौं–संखुवासभा सम्पर्क मञ्चका ने...

रास्वपासँग ठोस सहमति नजुटेपछि ‘देश विकास पार्टी’ सक्रिय पार्ने बालेनको तयारी

कुपण्डोललाई भेटघाटको केन्द्र बनाएर यी दलका नेतासँग पनि गरे बेग्लाबेग्लै छलफल

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर सुन्तला बगान बनाएका छन् । बीस वर्षअघि बिलाउनीको झाडीले भरिएको भि...

चुनावभन्दा संसद् पुनःस्थापनामा कांग्रेस-एमालेको कसरत

काठमाडौं । सरकारले तोकेको प्रतिनिधिसभा निर्वाचन आउन साढे दुई महिना मात्र बाँकी रहे पनि प्रमुख दुई दल कांग्रेस र एमालेले संसद् पुनःस्थापनालाई मुख्य प्र...

सरकारले किन सार्वजनिक गरेन मन्त्रीहरूको सम्पत्ति विवरण ?

काठमाडौं । अन्तरिम सरकार गठन भएको सय दिन नाघिसक्दासमेत सम्पत्ति विवरण सार्वजनिक भएको छैन । सबै मन्त्रीहरूले सम्पत्ति विवरण बुझाइसकेको दाबी गरे पनि सरक...

त्रिविको ५१ औँ दीक्षान्त समारोह आज, ८९ हजार उत्तीर्ण विद्यार्थीमध्ये १६ हजार मात्रै दीक्षित हुँदै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ५१ औँ दीक्षान्त समारोह आज हुँदैछ।   विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रम...

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु ३९ अर्ब ९७ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । गत आवको पाँच महिनाको ...

उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउने निर्णय ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending