बर्दिबास। महोत्तरी जिल्लाको बर्दिबासस्थित ऐतिहासिक निगौल गाई गौशाला र बर्दिबास नगरपालिकाबिचको विवाद थप चर्कदै गएको छ । जग्गा भाडा, बजार सञ्चालन अधिकार र कर बक्यौता जस्ता विषयमा सहमति नहुँदा स्थिति प्रतिदिन तनावग्रस्त बन्दै गएको हो ।
विसं. १९८३ सालमा तत्कालीन श्री ३ सरकार र भारतका दरभंगा महाराजको सत्प्रयासमा स्थापना भएको ऐतिहासिक धरोहर निगौल गाई गौशाला चौतर्फी आक्रमणका कारण चरम आर्थिक सङ्कटमा छ । गोठाहरुले पारिश्रमिक पाएका छैनन् भने गाईहरु भोको मर्ने अवस्थामा छन् ।
गाई गौशालाको नाममा रहेको वडा नं ५ स्थित दुई विघा १९ कट्ठा ११ धुर जग्गामा नगरपालिकाले चौपाया तथा माछामासु बजार सञ्चालन गर्दै आए पनि २०७० सालमा भएको सम्झौता बमोजिम बजार ठेक्काको २५ प्रतिशत रकम नबुझाउदा तनाव चर्कदै गएको हो ।
साउन ५ गते बजार ठेक्का उठाउने विषयमा भएको विवाद झडपमा परिणत हुँदा वडाध्यक्षसहित पाँच जना घाइते भएपछि स्थिति थप जटिल बन्दै गएको छ ।
घटनापछि नगरपालिकाले पत्रकार सम्मेलन गरी गाई गौशालामाथि नै घर कर, मालपोत तथा जग्गा करबापत तिर्नु पर्ने तीन करोड रुपियाँ बक्यौता रहेको दाबी गर्यो ।
लगत्तै गाई गौशालाले सर्वदलीय बैठक राखी बजार ठेक्काबापत ०७१ सालदेखि करिव पाँच करोड रुपियाँ बक्यौता नतिरेर नगरपालिकाले ज्यादती गरेको आरोप लगायो ।
सर्वदलीय छलफलमा सहभागी पूर्व गाविस अध्यक्ष देवनारायण महतोले नगरपालिकाले बजारको ठेक्का लिए पनि गाई गौशालालाई सम्झौताअनुसार रकम बुझाउनु पर्ने धारणा राख्दै विगतमा पनि यस्तो अभ्यास हुँदै आएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘‘जग्गाधनीको अधिकार मिचेर गरिएको व्यवहार ‘मत्यस्य न्याय’ हो ।’’
नगर उपप्रमुख रेणुकुमारी महतोले नगरप्रमुखले केन्द्र र जिल्लाको सहभागितामा उच्चस्तरीय सर्वदलीय छलफल गरी सहमतिमार्फत समाधान खोज्नुपर्नेमा जोड दिए।
‘‘जबरजस्ती र बल मिच्याईँले होइन, सहमतिको बाटोबाट निकास खोज्नुपर्छ’’ उनले भने। यसअघि भूमि समस्या समाधान आयोग महोत्तरीका अध्यक्ष पिताम्वर महतोले गौशाला बजारको उत्पति, अस्तित्व र उन्नयनमा ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको निगौल गाई गौशालामाथिको बढ्दो उपेक्षा, हस्तक्षेप र थिचोमिचो दु:खदायी भएको बताए।
उनले भने, ‘‘गाई गौशालाले आफ्नो सम्पत्तिमा हक खोज्दा कुटाइ खानु परेको अवस्था अराजक र गैरजिम्मेवार हर्कत हो । यो अवस्थाले यहाँका गाई र गोठाला कर्मचारी भोको मर्नु पर्ने अवस्था सृजना भएको छ ।’’
सर्वदलीय बैठकमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका वरिष्ठ सहायक बुद्धिनारायण श्रेष्ठ, नेपाली कांग्रेसका योगेन्द्र यादव, जनमत पार्टीका विक्रम साह, लोकतान्त्रिक समाजवादी पार्र्टीका उपेन्द्र साह र स्थानीय बुद्धिजीवीहरूले गाई गौशालाको पक्षमा ऐक्यबद्धता जनाउँदै नगरपालिकाले बक्यौता रकम तुरुन्त बुझाउनुपर्ने आवश्यकता औंल्याए। गाई गौशालाका प्रमुख वरिबहादुर चौधरीले ठेक्का रकम बुझाउन आग्रह गर्दा नगरपालिका झडपमा उत्रेको आरोप लगाए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - १८:००
काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेलको पक्राउप्रति गम्भीर आपत्ति जनाउँदै उनलाई तत्काल रिहा गर्न माग गरेको छ। मंगलबार बसेको एमाल...
आषाढ़ ९ गते, २०८३ - १७:५२
चितवन । भरतपुरस्थित एक होटलमा परोसिएको अम्लेटमा माछाको काँडा भेटिएको घटनापछि प्रहरीले दुई जना भान्सा कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ थालेको छ। ...
आषाढ़ ९ गते, २०८३ - १७:३६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सदस्य संख्या ५ लाख २३ हजार ४६५ पुगेको छ। चितवनमा जारी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा महामन्...
आषाढ़ ९ गते, २०८३ - १७:१९
काठमाडौं । वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधीवक्ता रमेश बडालले व्यवसायी कमलकिशोर मालपानीको सवारीसाधन प्रयोग गर्ने व्यक्तिमाथि पनि सम्पत्ति शुद्धीकरण...
आषाढ़ ९ गते, २०८३ - १७:०६
ललितपुर। साझा यातायातले ललितपुर महालक्ष्मी नगरपालिकाकाको लुभु र चाङ्गाथली क्षेत्रबाट काठमाडौँको जमलसम्म नयाँ बस सेवा सञ्चालनमा ल्याएको छ। महालक्ष्मी न...
आषाढ़ ९ गते, २०८३ - १६:४२
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र मंगलबार दिउँसोदेखि सुरु भएको छ। बन्दसत्रका लागि विभिन्न कार...
आषाढ़ ९ गते, २०८३ - १६:२०
रास्वपा ‘ह्वीप’ भन्दा पनि ‘विवेक’ले चल्ने पार्टी हो
आषाढ़ ९ गते, २०८३ - १५:५९
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले महाधिवेशन प्रतिनिधिका रूपमा तोकिएको पाँच हजार रुपैयाँ शुल्क स्वेच्छिक बनाइएको घो...
आषाढ़ ९ गते, २०८३ - १५:४७
काठमाडौँ । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा उपस्थित गराएको छ। वि...
आषाढ़ ९ गते, २०८३ - १५:३१
चितवन । चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बन्द सत्र सुरु भएको छ। बन्द सत्र हिजो नै सुरु गर्ने तयारी भए पनि प्राविधिक कारण देखाउँ...



प्रतिकृया लेख्नुहोस्: