Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

रुकुमपूर्वबाट पौने ५९ करोड बजेट फिर्ता

खबरडबली संवाददाता

रुकुमपूर्व । गत आर्थिक वर्ष २०८१/०८२ मा रुकुमपूर्वबाट पौने ५९ करोड बजेट फिर्ता भएको छ । सङ्घीय र प्रदेश सरकारबाट जिल्लाका विभिन्न कार्यालय र स्थानीय सरकारमा प्राप्त चालु र पुँजीगत बजेट गरी ५८ करोड ८७ लाख ६ हजार आठ सय ३० रुपियाँ खर्च हुन नसकी जिल्लाबाट बजेट फिर्ता भएको हो । २०८०/०८१ मा ३८ करोड बजेट फिर्ता भएको थियो ।

कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार सङ्घीयभन्दा प्रदेश सरकारको धेरै बजेट खर्च हुन नसकी फिर्ता भएको छ । प्रदेशबाट चालु र पुँजीगत गरी ९२ करोड १४ लाख ७८ हजार रुपियाँ बजेट प्राप्त भएकामा ५५ करोड आठ लाख २३ हजार तीन सय ९७ रुपियाँ पैसा खर्च हुँदा ३७ करोड ६ लाख ५४ हजार ६ सय तीन रुपियाँ खर्च हुन नसकेको लेखा नियन्त्रक हिरामणि गौतमले जानकारी दिए। प्रदेशबाट प्राप्त कुल बजेटको ५९.८ प्रतिशत मात्र खर्च भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा कुल बजेटको ८०.६२ प्रतिशत बजेट खर्च भएको थियो ।

चालु र पुँजीगत गरी सङ्घीय सरकारबाट जिल्लामा दुई अर्ब १५ करोड १२ लाख ४२ हजार पाँच सय ६० रुपियाँ बजेट आएकोमा ८९.९ प्रतिशत अर्थात् एक अर्ब ९३ करोड ३१ लाख ९० हजार तीन सय ३३ रुपियाँ खर्च भएको छ । भने २१ करोड ८० लाख ५२ हजार दुई सय सय २७ रुपियाँ खर्च नभएको लेखा नियन्त्रक गौतमले बताए। 

साथै गत आर्थिक वर्षमा जिल्लास्थित सङ्घीयअन्तर्गत कार्यालयबाट दुई करोड पाँच लाख ६२ हजार आठ ७३ रुपियाँ राजस्व सङ्कलन हुँदा जिल्ला स्थित प्रदेश अन्तर्गत कार्यालयबाट ७९ लाख ९४ हजार आठ सय ७६ रुपियाँ राजस्व सङ्कलन भएको गौतमले जानकारी  दिए। प्रदेश र सङ्घ अन्तर्गत जिल्ला स्थित कार्यालयबाट गरी दुई करोड ८५ लाख ५७ हजार सात सय ५० रुपियाँ राजस्व सङ्कलन भएको छ ।

वित्तिय प्रगति कम देखिए पनि भौतिक प्रगति भने धेरै रहेको सडक पूर्वाधार विकास कार्यालयका प्रमुख थमप्रसाद पाण्डेयले बताए। वित्तिय प्रगति कम देखिनुका कारण ठेकेदारले समयमै भुक्तानी लिन नआउनु र प्रदेश सरकारले अचानक भुक्तानी रोकिदिएकाले वित्तीय प्रगति कम देखिएको प्रमुख पाण्डेयले जानकारी दिए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘राइट टु रिजेक्ट’ कार्यान्वयन नभएकोमा सर्वोच्चले निर्वाचन आयोगसँग जवाफ माग्यो

काठमाडौँ । निर्वाचनमा उम्मेदवारलाई ‘राइट टु रिजेक्ट’को व्यवस्था कार्यान्वयन नगरेको भन्दै सर्वोच्च अदालतले निर्वाचन आयोगसँग लिखित जवाफ मागेको छ। न्य...

भारतीय वायुसेनाको प्रशिक्षण विमान दुर्घटना

काठमाडौँ । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा भारतीय वायुसेनाको प्रशिक्षणमा रहेको एक विमान दुर्घटनामा परेको छ। उक्त दुर्घटना मंगलबार दिउँसो भएको हो।...

साफ यु–१९ महिला च्याम्पियनसिप : नेपाली टोलीको घोषणा

काठमाडौँ। पोखरामा यही जनवरी ३१ देखि फेब्रुअरी ७ तारिखसम्म आयोजना हुने साफ यु–१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ । अखिल नेपाल ...

पतञ्जलि जग्गा प्रकरण: माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा मिसिल झिकाउन अदालतको आदेश

काठमाडौँ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित दायर भ...

कमल गाउँपालिकाका कांग्रेस सचिव बुढाथोकी पाटी परित्याग गरि रास्वपा प्रवेश

झापा । झापा क्षेत्र नम्बर ५ का कमल गाउँपालिकाका नेपाली कांग्रेसका सचिव महेन्द्र बुढाथोकी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० प्रवेश गरेका छन् । बुढाथ...

माघ १२ गते पूर्वराजा ज्ञानेन्द्र शाह जनकपुर जाने

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी कोमल शाहसहित माघ १२ गते जनकपुर जाने भएका छन् । जनकपुरमा उनले जानकारी मन्दिरको दर्शन गर्नेसहित राजावादीहर...

संयुक्त राष्ट्र र ट्रम्पको शान्ति बोर्ड : विश्व राजनीतिमा नयाँ मोड

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्र सङ्घ ९यूएन० विश्व शान्ति र सुरक्षा कायम राख्न महत्वपूर्ण भूमिका खेलिरहेको भन्दै यसलाई जा...

हामी रुकुम पूर्वलाई विकासको नयाँ मोडलमा लैजान्छौं: प्रचण्ड

देशको जटिल राजनीतिक अवस्थालाई निकास दिन म फेरि जनयुद्धको आधारभूमि रुकुम फर्किए

आन्दोलनको नाममा घर जलाउनेहरुलाई कारबाही गर्ने दिन आउँछ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनको नाममा अरुको घर जलाउन नपाइने भन्दै त्यस्ता व्यक्तिलाई सरकारले कारबाही नगरेको बताएका छन् ।  ...

महोत्तरीको उम्मेदवारी दर्तामा ऐतिहासिक चाप, १४३ जनाको मनोनयन

बर्दिबास। आगामी प्रतिनिधिसभा निर्वाचनका लागि महोत्तरीको उम्मेदवारी दर्तामा उल्लेख्य चाप देखिएको छ । चार लाख ३१ हजार २५२ मतदाता रहेको जिल्लामा प्रतिनिध...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending