काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नीति र विचारका आधारमा कम्युनिष्ट एकता हुनुपर्ने बताएको छन् ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको जन्मशताब्दी तथा ४७औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले दलाल पुँजीवादको पक्षपोषण नगरी त्यसविरुद्ध सङ्घर्ष गर्ने वाम शक्तिबीच एकता हुन सक्ने बताए।
“म पनि कम्युनिष्ट एकताको पक्षपाती हो । तर, विगतबाट पाठ सिक्नुपर्छ, नीति र विचारमा एकता हुनुपर्छ”, अध्यक्ष दाहालले भने, “दलाल, पुँजीवादका विरुद्ध एक हुने सङ्कल्प गर्नु पुष्पलालप्रति सम्मान हो, कम्युनिष्ट एकता त्यहीँबाट सुरु हुन्छ ।” पुष्पलालले अघि सारेका विचारबाट निर्देशित हुने र त्यसको अनुशरण गरे मात्रै उनीप्रति सच्चा श्रद्धाञ्जली हुने बताए।
“पुष्पलालले सही विचार, सही राजनीतिक रणनीतिसहित कार्यशैली र आचरणको आधारमा एकता भनेको हो, पुष्पलाल कम्युनिष्ट नामको साइनबोर्डका आधारमा एकताको पक्षमा हुनुहुन्थेन”, अध्यक्ष दाहालले भने, “अमूर्त कुराले एकता टिक्दैन, हुँदैन । कम्युनिष्टहरुसँग एकता हुन्छ कम्युनिष्ट विरोधीसँग कसरी एकता हुन्छ रु त्यो त विगतमा देखियो नि ।”
अध्यक्ष दाहालले विगतको वाम एकतालाई जनता र कम्युनिष्ट कार्यकर्ताहरुले अनुमोदन गरे पनि त्यो एकता नतिकेको उल्लेख गर्दै यसको उत्तर नखोजी एकता हासिल नहुने बताए । “आजको अन्तरराष्ट्रिय शक्ति सन्तुलन परिस्थिति आजको राष्ट्रिय परिस्थिति क्षेत्रीय परिस्थिति उत्पादक शक्तिको विकासको अवस्था जनताको बीचको उत्पादन सम्बन्ध र त्यसबाट मानिस मानिसबीचको सम्बन्धको अवस्थाबारे विश्लेषण नगरी एकता हुँदैन रैछ”, उनले भने ।
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भावनाले मात्रैले कम्युनिष्ट एकता नहुने उल्लेख गर्दै एकताका लागि सही विचार र नीति आवश्यक रहेको बताए। “अबको लक्ष्य वैज्ञानिक समाजवाद हुनुपर्छ, वैचारिक, राजनीतिक, साङ्गठनिक पुन:गठन आवश्यक छ, बलियो कम्युनिष्ट पार्टीले मात्रै मुलुकको आर्थिक सामाजिक रुपान्तरण गर्न सक्छु”, नेता खनालले भने।
सो अवसरमा अध्यक्ष दाहाल र नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता खनाललगायतले लेखक लोककृष्ण भट्टराईको पुस्तक ‘निर्वासन’ लोकार्पण गरेको थिए। पुस्तकमाथि टिप्पणी गर्दै एमाले नेता कैलाश ढुङ्गेलले पुष्पलालको सम्पूर्ण जीवनचक्र पुस्तकमा समेटिएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - १७:१९
काठमाडौं । वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधीवक्ता रमेश बडालले व्यवसायी कमलकिशोर मालपानीको सवारीसाधन प्रयोग गर्ने व्यक्तिमाथि पनि सम्पत्ति शुद्धीकरण...
आषाढ़ ९ गते, २०८३ - १७:०६
ललितपुर। साझा यातायातले ललितपुर महालक्ष्मी नगरपालिकाकाको लुभु र चाङ्गाथली क्षेत्रबाट काठमाडौँको जमलसम्म नयाँ बस सेवा सञ्चालनमा ल्याएको छ। महालक्ष्मी न...
आषाढ़ ९ गते, २०८३ - १६:४२
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र मंगलबार दिउँसोदेखि सुरु भएको छ। बन्दसत्रका लागि विभिन्न कार...
आषाढ़ ९ गते, २०८३ - १६:२०
रास्वपा ‘ह्वीप’ भन्दा पनि ‘विवेक’ले चल्ने पार्टी हो
आषाढ़ ९ गते, २०८३ - १५:५९
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले महाधिवेशन प्रतिनिधिका रूपमा तोकिएको पाँच हजार रुपैयाँ शुल्क स्वेच्छिक बनाइएको घो...
आषाढ़ ९ गते, २०८३ - १५:४७
काठमाडौँ । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा उपस्थित गराएको छ। वि...
आषाढ़ ९ गते, २०८३ - १५:३१
चितवन । चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बन्द सत्र सुरु भएको छ। बन्द सत्र हिजो नै सुरु गर्ने तयारी भए पनि प्राविधिक कारण देखाउँ...
आषाढ़ ९ गते, २०८३ - १५:२१
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पछिल्लो ८–१० वर्षमा नेपाली कांग्रेसलाई गम्भीर रूपमा कमजोर बनाइएको टिप्पणी गरेका छन्। झापामा आयोजित...
आषाढ़ ९ गते, २०८३ - १५:१०
काठमाडौं । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासीलाई ५ दिनभित्र भवन खाली गर्न सूचना जार...
आषाढ़ ९ गते, २०८३ - १४:५४
काठमाडौँ। सरकारले मेडिकल शिक्षामा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने तयारी गरेको छ । मङ्गलबार सङ्घीय संसद् राष्ट्रिय सभा अन्तर्गतको विका...



प्रतिकृया लेख्नुहोस्: