काठमाडाैं । नेकपा माओवादी केन्द्रकाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड 'ले पार्टी र नेतृत्वविरूद्ध भइरहेका योजनाबद्ध षड्यन्त्र परास्त गर्न सम्पूर्ण नेता, कार्यकर्ता र समर्थक एकजुट हुनुपर्ने आवश्यकता रहेको बताएका छन्।
गुल्मी–काठमाडौं सम्पर्क मञ्चको पाँचौं अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यसअघि भएका षड्यन्त्रहरूझैं अहिले पनि माओवादी आन्दोलन र नेतृत्वलाई कमजोर पार्ने खेल सुरू भएको बताए।
'पार्टीलाई फेरि एकपटक घेरा हाल्ने र सखाप पार्ने प्रयास भइरहेको छ,' प्रचण्डले भने, 'त्यसबाट केही साथीहरू भ्रमित भएका छन्। प्रतिक्रियावादीहरूले केही व्यक्तिलाई उचालेर, लगानीसमेत गरेर आन्दोलनविरूद्ध भ्रम फैलाउने काम अहिले भइरहेको छ।'
अध्यक्ष प्रचण्डले माओवादी केन्द्र नेतृत्वको सरकार जनमुखी कार्यक्रमहरूमार्फत लोकप्रिय बन्दै गएको समयमा दलाल, बिचौलिया, माफिया र नोकरशाहहरूले मिलेर षड्यन्त्रपूर्वक सरकारबाट बाहिर धकेलेको र सरकारबाट बाहिरिएपछि पनि षड्यन्त्र जारी रहेको बताए।
'हामीले सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र असंलग्न परराष्ट्र नीतिको मार्गमा सरकार अगाडि बढाइरहेका थियौं। देशको प्रतिष्ठा बढ्दै थियो, जनविश्वास पार्टीप्रति बढ्दै थियो, त्यसैले हामीलाई हटाइयो। सरकारबाट बाहिरिए पनि पार्टी र नेतृत्वविरूद्धको षड्यन्त्र अहिले पनि जारी छ,' उनले भने।
सरकारबाट बाहिरिएपछि पनि माओवादी केन्द्र चुप नबसेको र सुशासन र सामाजिक न्यायका लागि खबरदारी जारी राखेकाले माओवादीविरूद्ध पनि आफू नेतृत्वको सरकारविरूद्धजस्तै षड्यन्त्र भइरहेको उनले बताए।
चैत १५ गतेको विशाल जनसभा लगायत विभिन्न खबरदारी कार्यक्रमहरूमार्फत जनमत निर्माण भएको देखेपछि प्रतिक्रियावादीहरू झन् आतंकित भई माओवादी केन्द्र र नेतृत्वविरूद्ध षड्यन्त्र गरिरहेको उनको भनाइ थियो।
हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गजस्ता परियोजनामा डेढ करोड जनताको प्रत्यक्ष सहभागिता र संवाद भएको जनाउँदै उहाँले भने, 'यस्ता कार्यक्रमहरूले राष्ट्रिय स्तरमा पार्टीप्रति माहोल बनाएको थियो, जसले पुरानै शक्तिलाई फेरि सक्रिय भएर षड्यन्त्रमा लाग्ने अवस्था बनायो।'
प्रचण्डले पार्टी अब फेरि एक्लै चुनावमा जाने तयारीमा रहेको स्पष्ट पारे।
'हामीले एक्लै लड्दा चुनाव जितेका छौँ,' उनले भने, 'अब ८४ सालमा पनि आफ्नै बलमा उठ्ने र जित्ने हाम्रो योजना छ। कांग्रेस र एमालेसँगको सहकार्यले जनतामा निराशा मात्रै जन्माएको छ।'
अध्यक्ष प्रचण्डले नेतृत्वविरूद्ध भइरहेको 'संगठित घेरा' तोड्न कार्यकर्तालाई सजग र सक्रिय रहन आग्रह समेत गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - ०९:२५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सचिवालयले चुनावी सहकार्यका विषयमा रास्वपासँग कुनै छलफल नभएको प्रष्टीकरण दिएको छ। प...
पौष १० गते, २०८२ - ०९:०९
काठमाडौँ । चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गर्ने अन्तिम तयारी गरिएको छ। काठमाडौँ उपत्यकामा चन्द्रागिरि सम्भवतः पहिलो ‘बालश्र...
पौष १० गते, २०८२ - ०९:०२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ११ किलो तौलको माला लगाएर बधाइ तथा शुभकामना व्यक्त गरिएको छ। काठमाडौं–संखुवासभा सम्पर्क मञ्चका ने...
पौष १० गते, २०८२ - ०८:३१
कुपण्डोललाई भेटघाटको केन्द्र बनाएर यी दलका नेतासँग पनि गरे बेग्लाबेग्लै छलफल
पौष १० गते, २०८२ - ०८:११
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर सुन्तला बगान बनाएका छन् । बीस वर्षअघि बिलाउनीको झाडीले भरिएको भि...
पौष १० गते, २०८२ - ०८:००
काठमाडौं । सरकारले तोकेको प्रतिनिधिसभा निर्वाचन आउन साढे दुई महिना मात्र बाँकी रहे पनि प्रमुख दुई दल कांग्रेस र एमालेले संसद् पुनःस्थापनालाई मुख्य प्र...
पौष १० गते, २०८२ - ०७:५७
काठमाडौं । अन्तरिम सरकार गठन भएको सय दिन नाघिसक्दासमेत सम्पत्ति विवरण सार्वजनिक भएको छैन । सबै मन्त्रीहरूले सम्पत्ति विवरण बुझाइसकेको दाबी गरे पनि सरक...
पौष १० गते, २०८२ - ०७:४६
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ५१ औँ दीक्षान्त समारोह आज हुँदैछ। विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रम...
पौष १० गते, २०८२ - ०७:३५
वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु ३९ अर्ब ९७ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । गत आवको पाँच महिनाको ...
पौष १० गते, २०८२ - ०७:१९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउने निर्णय ग...




प्रतिकृया लेख्नुहोस्: