Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

प्रचण्ड-जनार्दनको असमझदारी सतहमा, सुदनको सन्देश : प्रश्न उठाउनेलाई विभाजनकारी भन्ने प्रवृत्तिको प्रतिवाद गरौं

खबरडबली संवाददाता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) भित्र पछिल्लो समय सार्वजनिक रुपमा देखिएको नेताहरूबीचको विवाद झन् चुलिँदै गएको छ। 

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्मा बीचको खुला सवाल–जवाफपछि पार्टीभित्रकै आन्तरिक असन्तोष सतहमा आएको देखिन्छ।

यही सन्दर्भमा उपमहासचिव शर्मासँग निकट मानिने नेता तथा पूर्वमन्त्री सुदन किरातीले पार्टीको पछिल्लो केन्द्रीय समिति बैठकका निर्णयको कार्यान्वयनमा दृढता अपनाउन चारवटा स्पष्ट सर्त सार्वजनिक गरेका छन्। 

उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका ती सर्तहरूले नेतृत्वप्रति प्रश्न उठाउनेलाई दबाउने प्रवृत्तिको प्रतिवाद गर्नुपर्ने, चाकडी चाप्लुसीलाई निषेध गर्नुपर्ने र पार्टी सुद्धीकरणमा गम्भीर बन्नुपर्नेमा जोड दिएका छन्।

किरातीले अघि सारेका चार सर्त यसप्रकार छन्,

१. पार्टी बलियो बनाउन सुद्धीकरण, सुदृढीकरण र रूपान्तरणको अभियानलाई तीव्र बनाउनु।
२. शहीदको सपना पुरा गर्न कुनै पनि स्वरूपको लोप तथा लालच त्याग्न तयार हुनु।
३. प्रश्न उठाउनेहरूलाई विभाजनकारी ठहर गर्ने प्रवृत्तिको विरुद्ध सशक्त वैचारिक प्रतिवाद गर्नु।
४. नेतृत्वको विचार र योगदानलाई दीर्घकालसम्म जोगाउन चाकडी र चाप्लुसीको प्रवृत्तिलाई निषेध गर्नु।

किरातीको यो धारणा प्रचण्ड नेतृत्वप्रति अप्रत्यक्ष असन्तुष्टि झल्किने खालको मानिएको छ। पार्टीभित्र नीति र आचरणमा सुधारको माग तीव्र भइरहेका बेला आएको यो वक्तव्यले माओवादी केन्द्रभित्र वैचारिक संघर्ष चर्किँदै गएको संकेत दिएको छ।

पार्टी नेतृत्वले किरातीको सन्देशलाई कसरी लिने हो भन्ने विषयमा भने अहिलेसम्म औपचारिक प्रतिक्रिया आएको छैन। तर, प्रचण्ड–शर्मा खेमाबीचको चिसो सम्बन्ध र अबिलम्ब सुधारको आह्वानले पार्टीभित्र थप बहस तातो बनाउने देखिन्छ।

यो पनि पढ्नुस् 

 

‘माओवादीलाई फेरि घेरा हाल्न र सखाप पार्न पार्टीकै केहीलाई प्रतिक्रियावादीहरुले उचालेका छन्’

 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रचण्ड सचिवालयको प्रष्टीकरण- रास्वपासँग चुनावी सहकार्यको प्रस्ताव गरिएको छैन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सचिवालयले चुनावी सहकार्यका विषयमा रास्वपासँग कुनै छलफल नभएको प्रष्टीकरण दिएको छ। प...

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौँ । चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गर्ने अन्तिम तयारी गरिएको छ। काठमाडौँ उपत्यकामा चन्द्रागिरि सम्भवतः पहिलो ‘बालश्र...

११ किलोको माला लगाएर ओलीलाई बधाइ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ११ किलो तौलको माला लगाएर बधाइ तथा शुभकामना व्यक्त गरिएको छ। काठमाडौं–संखुवासभा सम्पर्क मञ्चका ने...

रास्वपासँग ठोस सहमति नजुटेपछि ‘देश विकास पार्टी’ सक्रिय पार्ने बालेनको तयारी

कुपण्डोललाई भेटघाटको केन्द्र बनाएर यी दलका नेतासँग पनि गरे बेग्लाबेग्लै छलफल

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर सुन्तला बगान बनाएका छन् । बीस वर्षअघि बिलाउनीको झाडीले भरिएको भि...

चुनावभन्दा संसद् पुनःस्थापनामा कांग्रेस-एमालेको कसरत

काठमाडौं । सरकारले तोकेको प्रतिनिधिसभा निर्वाचन आउन साढे दुई महिना मात्र बाँकी रहे पनि प्रमुख दुई दल कांग्रेस र एमालेले संसद् पुनःस्थापनालाई मुख्य प्र...

सरकारले किन सार्वजनिक गरेन मन्त्रीहरूको सम्पत्ति विवरण ?

काठमाडौं । अन्तरिम सरकार गठन भएको सय दिन नाघिसक्दासमेत सम्पत्ति विवरण सार्वजनिक भएको छैन । सबै मन्त्रीहरूले सम्पत्ति विवरण बुझाइसकेको दाबी गरे पनि सरक...

त्रिविको ५१ औँ दीक्षान्त समारोह आज, ८९ हजार उत्तीर्ण विद्यार्थीमध्ये १६ हजार मात्रै दीक्षित हुँदै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ५१ औँ दीक्षान्त समारोह आज हुँदैछ।   विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रम...

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु ३९ अर्ब ९७ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । गत आवको पाँच महिनाको ...

उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउने निर्णय ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending