अछाम। पछिल्लो एक वर्षमा अछाममा ४५ वटा सवारी दुर्घटना भएका छन् । गत आर्थिक वर्षमा भएका उक्त दुर्घटनामा परी चार जनाले ज्यान गुमाएका छन् भने कैयौँ घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय अछामका अनुसार मृत्यु हुनेमध्ये दुई पुरुष, दुई महिला रहेका छन् । दुर्घटनामा आठ जना गम्भीर घाइते भएका छन् भने ६७ जना सामान्य घाइते भएको कार्यालयको तथ्याङ्कमा उल्लेख गराएको छ ।
‘‘सवारी दुर्घटनाको प्रमुख कारण तीव्र गति, नियम उल्लङ्घन र चालकको लापरबाही हो,’’ ट्राफिक कार्यालय प्रमुख पदम सिंह महराले भने। महराका अनुसार गत आर्थिक वर्षमा ट्राफिक नियम उलङ्घन गर्ने दुई हजार आठ सय ४२ वटा सवारी साधनहरुलाई कारबाही गरिएको छ । नियम उलङ्घन गर्नेहरुलाई गरिएको कारबाहीबाट १९ लाख ६० हजार रुपियाँ राजस्व सङ्कलन गरिएको छ ।
कारबाही परेका सवारी साधनमध्ये सिटबेल्ड नभएका, ओभर लोड गरी चलाएका, मादक पदार्थ सेवन गर्नेलाई कारबाही गरिएको हो । यस्तै छतमा सामान ओसारपसार गर्ने र तीव्र गतिमा चलेका सवारी साधनलाई कारबाहीबाट सो रकम सङ्कलन गरिएको जिल्ला ट्राफिक कार्यालय अछामका कार्यालय प्रमुख प्रहरी सहायक निरीक्षक महराले जानकारी दिए।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनचेतनाका लागि विभिन्न जनचेतना मुलक कार्यक्रम समेत गर्दै आएको छ । कार्यालयले चालकको स्वास्थ्य परीक्षण, ओभर ट्रयाकसम्बन्धी कक्षा र नयाँ सवारी चालकलाई जनचेतनामुलक कार्याक्रम गर्दै आएको छ । यस्तै कार्यालयले समुदाय प्रहरी साझेदारी कार्याक्रम, विद्यालय सम्पर्क तथा कक्षा सञ्चालन, सरसफाई, यातायात व्यवसायी, चालक, परिचालकसँग दुर्घटनासम्बन्धी कार्यक्रम पनि गर्दै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ७ गते, २०८२ - १७:१९
सर्लाही । कांग्रेस सभापति गगन थापाले सर्लाही-४ बाट मनोनयन दर्ता गराएका छन् । आफू टिकट वितरणमा व्यस्त भएपछि सभापति थापाले वारेसमार्फत उम्मेदवारी दर्ता ...
माघ ७ गते, २०८२ - १७:०६
चितवन। आगामी प्रतिनिधि सभा निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वारेसमार्फत चितवन क्षेत्र नं. २ मा उम्मेदवारी दर्ता गरेक...
माघ ७ गते, २०८२ - १६:५६
रुकुम । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गरेका छन् । मुख्य नि...
माघ ७ गते, २०८२ - १६:४२
रौतहट । रौतहट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका स्वर्गीय नेता अफताब आलमका छोरा डा। फिरदोस आलमले उम्मेदवारी दर्ता गराएका छन् । यसअघिको निर्वाचनमा...
माघ ७ गते, २०८२ - १६:१४
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन् । सोमबार पोखराबाट पक्राउ गरेर काठमाडौं ल्याइएका नागरिक बचाउ महाअभियानका संयो...
माघ ७ गते, २०८२ - १५:५३
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेसँग जिल्ला अदालत, पर्साले १ करोड धरौटी माग गरेको छ । सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा...
माघ ७ गते, २०८२ - १५:५०
काठमाडौं । निवर्तमान सञ्चारमन्त्री जगदीश खरेलले आगामी निर्वाचनका लागि ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् । जेनजी आन्दोलनपछि ...
माघ ७ गते, २०८२ - १५:०७
झापा । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र नम्बर ५ बाट मनोनयन दर्ता गरेका छन् । मनोनयन दर्ताका क्रममा रास्वपा र ...
माघ ७ गते, २०८२ - १४:३२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार उनले झापा...
माघ ७ गते, २०८२ - १४:०८
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले अधिकृतको कार्यालय पुगेर भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा उम्...




प्रतिकृया लेख्नुहोस्: