Khabar Dabali २ असार २०८३ मंगलवार | 16th June, 2026 Tue
Investment bank

पहुँचका आधारमा जनतालाई सुकुम्बासी बनाउन कसले दियो छुट ?

सरोकारवालाको द्धैध चरित्र

अनुसा थापा
अनुसा थापा

भनिन्छ नि,‘जसको शक्ति, उसैको भक्ति ।’ जोसँग पहुँच र पैसा छ, उसको अगाडि सरकार पनि निरीह छ । त्यसैको एउटा उदाहरण हो–सिन्सियर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड । हजारौंलाई सुकुम्बासी बनाएको र घुस खाएर अर्बौंको सम्पत्ति जोडेको भन्दै सहकारीका पदाधिकारीसहित कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उजुरी परेपनि कुनै कारबाही भएको छैन । 

राजधानीको पुतलीसडकमा रहेको सिन्सियरका अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठ, कार्यकारी सञ्चालक राजेश खड्का र कर्जा अधिकृत मीरा कर्माचार्यविरुद्ध अख्तियार र सम्पत्ति शुद्धिकरणमा पटकपटक उजुरी परेको छ । तैपनि, अख्तियार र सम्पत्ति शुद्धिकरण कानमा तेल हालेर बस्नु रहस्यमय छ । 

यस्तो छ ठगीधन्दाको नालीबेली 
२०५७ मंसिर २९ गते सहकारी विभागमा दर्ता भएको सिन्सियरमा स्थापनाकालदेखि नै यिनीहरु छन् । यी तीनै हर्ताकर्ता काठमाडौंका रैथाने हुन् । राजेन्द्रभक्त इन्द्रचोक, राजेश कलंकी र मीरा ढल्कुकी हुन् । सामान्य परिवारमा जन्मिएका यिनीहरुले धेरैको उठीबास लगाएर अर्बौंको सम्पत्ति जोडेका छन् । सहकारीको आवरणमा यी तीनले ऋणीहरुलाई ‘घर न घाट’ को बनाएको पाइन्छ । करोडको घरजग्गा धितो राखेर ६० लाख रुपैयाँ ऋण दिने गरिएकोमा १० लाख त घुस नै खाने पीडितहरुले बताएका छन् । 

२० लाख पर्ने ट्याक्सी धितो राखेर १५ लाख रुपैयाँ दिने गरिएकोमा २७ हजार रुपैयाँ घुस असुल्थें । सेवाशुल्क दुई प्रतिशत लिन्थें, एक प्रतिशत ऋण दिँदा–एक प्रतिशत ऋण चुक्ता गर्दा । सात–आठ वर्षका लागि ऋण दिएकोमा हरेक वर्ष ऋण नवीकरण गर्न लगाएर एक प्रतिशत सेवाशुल्क असुल्ने गरिएको छ । ब्याज १६ देखि २२ प्रतिशतसम्म असुल्थे । पेनाल्टी र जरिवाना छुट्टै छ । जबरजस्ती बीमा गराउने र त्यसबाट पनि कमिशन खाने क्रम चलिरहेकै छ । 

ऋणको किस्ता बचत खातामा हालेर पेनाल्टी, हर्जाना असुल्ने गरिन्थ्यो । जति किस्ता तिरेपनि साँवा नघट्ने पीडितहरु बताउँछन् । राम्रो धितोको हकमा ऋण चुक्ता गरेपछि पनि फुक्का नगर्ने गैरकानुनी हर्कत सिन्सियरले गर्दै आएको छ । ऋण लिने बेलामा नेपाली कागज र फोटोकपी पेपरमा दायाँबायाँ ल्याप्चे लगाएर, हस्ताक्षर गराएर राख्थे । यसो गर्नुको कारण ऋणीबेगर धितो आफ्नो नाममा ल्याउनका लागि हो । तीन किस्ता नतिर्नेबित्तिकै ऋणीको उपस्थितिबिना यातायात र मालपोत कार्यालयबाट धितो सहकारीको नाममा ल्याउँथे । 

जबकि, धितो लिलाम गर्नुअगाडि राष्ट्रिय दैनिक पत्रिकामा सूचना जारी गर्नुपर्छ । ऋणीबाट मोटो रकम असुल्ने सिन्सियरले बचतकर्तालाई पनि ठग्दै आएको छ । ऋणीबाट मोटो ब्याज असुल्छ तर बचतकर्तालाई न्यून ब्याज दिन्छ । महिना मर्नुभन्दा एक दिनअगाडि पैसा निकालेमा ब्याज खाइदिन्छ ।

राजनीतिक दल, गुण्डालगायत सबै सिन्सियरको हातमा छ । यो संस्था कालोधन थुपार्ने थलो हो । भ्रष्टाचार गरेको, राजश्व छलेको पैसा सिन्सियरमा छ । कर छल्नका लागि सिन्सियरले राज्यलाई झुठ्ठो विवरण देखाउँछ । जबकि, संस्थाको भित्री धन्दा अर्कै छ । सिन्सियरबाट पीडित धेरै भूमिगत भए ।

कोही मानसिक रोगी बनेका छन्, कोही आफ्नो सबै सम्पत्ति गुमाएर सडकमा आएका छन् । जुन पार्टीको सरकार आयो, त्यही पार्टीमा लागेर सहकारीका हर्ताकर्ता जोगिरहेका छन् । 

सरोकारवालाको द्धैध चरित्र 
अख्तियार र सम्पत्ति शुद्धिकरणले कतै भ्रष्टाचार भएमा, राजश्व छलेमा जानकारी दिन भन्दै सार्वजनिक सूचना जारी गर्छ । तर, बकाइदी उजुरी पर्दापनि छानबिन गर्दैन । यो अख्तियार र सम्पत्ति शुद्धिकरणको दोहोरो चरित्र होइन ? राजनीतिक आडमा सर्वसाधारणलाई ‘मर्नु न बाँच्नु’ बनाएको भन्दै सिन्सियरविरुद्ध अख्तियार र सम्पत्ति शुद्धिकरणमा बारम्बार उजुरी परेको छ । 

तर, दुवै निकाय कानमा तेल हालेर बसेको छ । उजुरी दर्ता गर्ने अनि लगेर दराजमा थन्काउने कार्य भइरहेको छ । राजधानीको मुटुमा बसेर खुलेआम ठगिरहँदा सरोकारवाला निकायले कारबाही नगर्नुले ‘दालमा केही कालो’ भएको आशंका पीडितहरुले गरेका छन् । अख्तियार र सम्पत्ति शुद्धिकरणको यो प्रवृत्तिले जनविश्वास गुम्दैछ । भ्रष्टाचार गर्ने र राजश्व छल्नेलाई कारबाही हुन्छ भन्नेमा जनतालाई विश्वास छैन । 

सिन्सियरविरुद्ध पहिलोपटक २०७९ चैत ८ गते अख्तियार र सम्पत्ति शुद्धिकरणमा उजुरी परेको देखिन्छ । अख्तियारमा दर्ता भएको उजुरीको नम्बर सी–०४८८०९ रहेको छ । त्यसैगरी, सम्पत्ति शुद्धिकरणको दर्ता नम्बर ४४५५ रहेको छ । उजुरीमा सिन्सियरको ठगीधन्दाको बेलिविस्तार लगाइएको छ । त्यस्तै, २०८० साउन २८ अर्को उजुरी परेको छ । जसको दर्ता नम्बर सी–००८०६२ छ । 

गत कात्तिक २५ गते परेको उजुरीको दर्ता नम्बर सी–०२७४८५ रहेको छ । यता, सहकारी विभागले पनि राजनीतिक पहुँचको आडमा सर्वसाधारणको बिल्लीबाठ बनाउने सहकारीलाई कारबाही नगरेर अरुलाई पनि सुकुम्बासी बनाउन प्रश्रय दिइरहेको छ ।  

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एल निनोको असर : यस वर्ष मनसुन ढिलो भित्रिने संकेत, ५० वर्षको तथ्यांकले के भन्छ?

चितवन । यस वर्ष नेपालमा मनसुन सामान्य समयभन्दा ढिलो प्रवेश गर्ने सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार उपग्...

‘देश बनाउने टोली’ भन्दै बालेनको स्टाटस, आफ्नै पार्टीभित्रै उठ्यो असन्तुष्टि

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले दुई मन्त्रीसँगको तस्वीर सार्वजनिक गर्दै ‘पीएम, एचएम, आईएम, देश बनाउने टोली’ लेखेपछि सामाजिक सञ्जालदेखि राष्ट्...

रावल आयोगको प्रतिवेदन कार्यान्वयन सुरु, अतिक्रमित सरकारी जग्गा रोक्का गर्ने प्रक्रिया अघि बढ्यो

काठमाडौं । सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयन प्रक्रिया औपचारिक रूपमा ...

बनेपामा महिला बेहोस बनाएर सुनका गरगहना र मोबाइल लुटिएको आरोप

काभ्रे । बनेपा नगरपालिका क्षेत्रमा एक महिलालाई बेहोस बनाएर सुनका गरगहना र मोबाइल लुटिएको घटना सार्वजनिक भएको छ। धुलिखेल नगरपालिका–१ मितिन्छाप घोरसा...

फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा ६१ वर्षीय पुरुष पक्राउ

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरिएको तस्बिरमा अपशब्द प्रयोग गरेको आरोपमा एक जना पक्राउ परेका छन्। साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले च...

कहाँ पुर्‍याउँदैछ नेतृत्व संकटले एमालेलाई ?

पार्टी बलियो, नेतृत्व कमजोर, एमालेमा नेतृत्व संकटको अर्को अध्याय

बेइजिङमा खनाल–वाङ यी भेटवार्ता, नेपाल–चीन सम्बन्ध थप सुदृढ बनाउने प्रतिबद्धता

बेइजिङ । नेपाल र चीनले पारस्परिक हितका आधारमा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। चीनको औपचारिक भ्रमणम...

सामाजिक सञ्जालमा धम्की र चरित्रहत्याविरुद्ध खुश्वु ओलीको उजुरी, एक जना पक्राउ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्वु ओली ले सामाजिक सञ्जालमार्फत आफूमाथि भएको गालीगलौज, चरित्रहत्या, धम्की तथा घृणायुक्त ...

आज सातै प्रदेशले ल्याउँदै आर्थिक वर्ष २०८३–८४ को बजेट

काठमाडौँ । आज देशका सातै प्रदेश सरकारले आर्थिक वर्ष २०८३–८४ का लागि वार्षिक बजेट सार्वजनिक गर्दैछन् । अघिल्ला वर्षहरूमा अत्यधिक महत्वाकांक्षी बजेट ल्य...

अमेरिका–इरानबीच शान्ति सम्झौता, होर्मुज जलमार्ग पुनः सञ्चालन हुने तयारी

काठमाडौँ  । फारसको खाडी क्षेत्रमा लामो समयदेखि जारी तनाव अन्त्य गर्ने उद्देश्यसहित अमेरिका र इरानबीच महत्वपूर्ण शान्ति सम्झौता भएको छ । सम्झौता भएपछि ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending