ढाका । एसियाली विकास बैंक (एडिबी) ले बङ्गलादेशको अर्थतन्त्रमा अमेरिकाबाट लगाइने नयाँ भन्सार शुल्कका कारण गम्भीर असर पर्न सक्ने चेतावनी दिएको छ ।
मनीलास्थित यस बहुपक्षीय वित्तीय संस्थाले सार्वजनिक गरेको एशियाली आर्थिक दृष्टिकोणमा बङ्गलादेशको आर्थिक वर्ष सन् २०२५ जुलाईदेखि २०२६ जुनसम्मको आर्थिक वृद्धि दर घटाइएको उल्लेख गरिएको छ ।
बृद्धिदर घट्नुको मुख्य कारण भनेको निर्यात र उद्योग क्षेत्रको मन्दी तथा अमेरिकी भन्सार शुल्कको सम्भावित प्रभाव रहेको बताइएको छ । यसअघि, चालु वर्षको वैशाखमा एडिबीले बङ्गलादेशको आर्थिक वृद्धि ५।१ प्रतिशत हुने अनुमान गरेको थियो ।
तर अहिले अमेरिकी सरकारले साउन १७ गतेदेखि बङ्गलादेशबाट आउने सामानहरूमा ३५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरिसकेको छ । व्यापार विश्लेषकहरूका अनुसार, यो निर्णयपछि बङ्गलादेश अमेरिकी बजारमा आफ्ना प्रतिस्पर्धी मुलुकहरूभन्दा कमजोर अवस्थामा पर्नेछ । विशेष गरी सिलाइबुनाइ गरिएका कपडाका सामग्रीहरू सबैभन्दा बढी प्रभावित हुनेछन् ।
यी तयार कपडाहरू बङ्गलादेशको कुल निर्यात आम्दानीको ८० प्रतिशतभन्दा बढी हिस्सा ओगट्ने क्षेत्र हो, जसमा ४० लाखभन्दा बढी नागरिक रोजगारीमा रहेका छन् । यदि यो शुल्क लागू भयो भने, बङ्गलादेशको रोजगारी, निर्यात तथा समग्र अर्थतन्त्रमा गम्भीर प्रभाव पर्ने एडिबीले चेतावनी दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: