काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय समिति अध्यक्ष सन्तोष परियारले संघीयता, गणतन्त्र, समावेशिता र सामाजिक न्यायजस्ता राजनीतिक उपलब्धिमाथि खतरा उत्पन्न भए ‘अग्रगामी मोर्चा’ले सशक्त प्रतिवाद गर्ने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित ‘अग्रगामी मोर्चा’ घोषणा कार्यक्रममा बोल्दै परियारले २००७ सालदेखिको राजनीतिक संघर्ष, मधेस आन्दोलन र जनयुद्धबाट प्राप्त उपलब्धिको संरक्षणका लागि मोर्चा सक्रिय हुने बताए।
उनले वर्तमान सरकार जनभावना विपरीत र विचारविहीन भएको टिप्पणी गर्दै सरकारलाई जनताको ‘सेवक’का रूपमा काम गर्नुपर्ने बताए। सरकारलाई अभिभावक मान्ने पुरानो राजनीतिक संस्कार अन्त्य गर्नुपर्नेमा उनले जोड दिए।
‘सरकार नेपाली जनताको सेवक हो, अभिभावक होइन। आवधिक निर्वाचनबाट आएको पाँच वर्षे सरकारले राज्यका स्थापित ऐतिहासिक संस्थाहरू र विधिभन्दा बाहिर गएर काम गर्न पाउँदैन,’ परियारले भने।
संख्याको बलमा रहेको वर्तमान सरकारले संघीयता, गणतन्त्र, नागरिक सर्वोच्चता तथा सामाजिक न्यायका उपलब्धिमाथि हस्तक्षेप गर्न खोजे त्यसको प्रतिरोध गर्ने उनले चेतावनी दिए।
‘२००७ सालदेखिको निरन्तर संघर्ष, मधेस आन्दोलन र जनयुद्धबाट प्राप्त नागरिक सर्वोच्चता, संघीयता र सामाजिक न्यायको पक्षमा यो मोर्चा सधैं उभिनेछ। यदि संख्याको बलमा रहेको वर्तमान सरकारले यी उपलब्धिमाथि आक्रमण गर्न खोजेमा मोर्चाले त्यसको सशक्त प्रतिवाद गर्नेछ,’ उनले भने।
युवाको असन्तुष्टिलाई दक्षिणपन्थी शक्तिले प्रयोग गरेको आरोप
अध्यक्ष परियारले नयाँ पुस्ताका युवाको सपना र असन्तुष्टिलाई दक्षिणपन्थी शक्तिहरूले आफ्नो राजनीतिक स्वार्थका लागि प्रयोग गरिरहेको आरोप लगाए।
युवाहरूको सपना र आदर्शलाई सही दिशामा लैजाँदै त्यसलाई व्यवहारमा रूपान्तरण गर्ने उद्देश्यले अग्रगामी मोर्चा गठन गरिएको उनको भनाइ छ।
नयाँ भनिएका राजनीतिक शक्तिहरूले विगतका राजनीतिक संघर्ष र त्यसबाट प्राप्त उपलब्धिलाई अवमूल्यन गर्न खोजेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।
समाज परिवर्तनको यात्रामा प्रत्येक पुस्ताको योगदान महत्वपूर्ण हुने उल्लेख गर्दै परियारले उपेन्द्र यादव, जनार्दन शर्मा, प्रभु साह र रेशम चौधरीलगायत नेताहरूले गरेको संघर्षलाई नजरअन्दाज गर्न नहुने बताए।
परियारले मधेश र पहाडबीचको सम्बन्ध केवल सद्भावमा सीमित नराखी ‘समभाव’मा आधारित हुनुपर्ने बताए।
राज्यबाट पछाडि पारिएका गरिब, सुकुम्बासी, मजदुर तथा उत्पीडित समुदायका पक्षमा मोर्चाले सडक र सदन दुवै ठाउँबाट आवाज उठाउने उनले प्रतिबद्धता जनाए।
उनले वर्तमान संविधान पूर्ण नभए पनि उत्पीडित समुदायका अधिकारका दृष्टिले तुलनात्मक रूपमा प्रगतिशील रहेको बताए। संविधानमा प्राप्त अधिकार र उपलब्धिको रक्षाका लागि जनता स्वयं सचेत र जागरुक हुनुपर्ने उनको भनाइ छ।
‘जुन दिन जनताको धैर्य टुट्छ र उनीहरू जाग्छन्, त्यो दिन बालुवाटार र सिंहदरबार धेरै टाढा हुनेछैनन्,’ परियारले भने।
अग्रगामी मोर्चाले आगामी दिनमा समाजवाद, सुशासन र सामाजिक रूपान्तरणका लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धता जनाएको छ। मोर्चा घोषणा कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको समेत उपस्थिति रहेको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २३ गते, २०८३ - १७:१४
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय समिति अध्यक्ष सन्तोष परियारले संघीयता, गणतन्त्र, समावेशिता र सामाजिक न्यायजस्ता राजनीतिक उपलब्धिम...
श्रावण २३ गते, २०८३ - १७:०४
नयाँदिल्ली। उत्तरी भारतीय राज्य हिमाञ्चल प्रदेशमा शनिबार एउटा निजी बस सडकबाट चिप्लिएर दुर्घटना हँदा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै र अन्य दश जना ...
श्रावण २३ गते, २०८३ - १६:५०
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पछिल्लो निर्वाचनयता पार्टीसँग जोडिएका चार महत्वपूर्ण समुदाय क्रमश: टाढिँदै गएको बताएका छन्। उनले सहर...
श्रावण २३ गते, २०८३ - १६:१९
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल फर्किने मिति परिवर्तन भएको छ। कांग्रेस नेता मीन विश्वकर्माका अनुसार देउवा अब साउन ...
श्रावण २३ गते, २०८३ - १६:०६
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र जिम्मेवारी लिएर सक्रिय रूपमा काम गर्ने कार्यकर्तालाई अवसर...
श्रावण २३ गते, २०८३ - १५:५८
कपिलबस्तु। सम्पर्कविहीन भएका कपिलवस्तु नगरपालिकाका पूर्व नगर प्रमुख किरण सिंहको खोजी कार्य शनिबार बिहानदेखि पुन: सुरु गरिएको छ । शुक्रबार राति २ बजेसम...
श्रावण २३ गते, २०८३ - १४:४९
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले मुलुक गम्भीर सङ्कटको अवस्थाबाट गुज्रिरहेको भन्दै राजनीतिक शक्तिहरूबीचको सहकार्यका लागि...
श्रावण २३ गते, २०८३ - १४:३४
पञ्चकोशी दैलेख। दैलेखमा ट्रकसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको च्यापिएर चालकको मृत्यु भएको छ । दैलेखको डुङ्गेश्वर गाउँपालिका–२, तल्लो डुङ्गेश्वर...
श्रावण २३ गते, २०८३ - १४:२३
सुनसरी । बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्र–चतरा सडकबाट चार क्विन्टल १८ किलो गाँजासहित चार जना पक्राउ परेका छन् । बराहक्षेत्रबाट चतरातर्फ आउँदै गर...
श्रावण २३ गते, २०८३ - १४:०३
धरान। धरानमा खाना पकाउने ग्यासको अभाव देखिएपछि धरान उपमहानगरपालिकाले ग्यास डिलर तथा बिक्री केन्द्रको अनुगमन गरेको छ । शनिबार धरान उपमहानगरपालिकाका ...



प्रतिकृया लेख्नुहोस्: