कपिलबस्तु। सम्पर्कविहीन भएका कपिलवस्तु नगरपालिकाका पूर्व नगर प्रमुख किरण सिंहको खोजी कार्य शनिबार बिहानदेखि पुन: सुरु गरिएको छ । शुक्रबार राति २ बजेसम्म खोजी गर्दा पनि सिंहको अवस्था पत्ता नलागेपछि रोकिएको खोजी कार्य पुन: सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय गोरुसिङ्गेबाट परिचालित प्रहरी टोलीले विभिन्न स्थानमा खोजी गरिरहेको बताए। खोजी कार्यका लागि भैरहवा विमानस्थलबाट तालिम प्राप्त प्रहरी कुकुर समेत ल्याएर परिचालन गरिएको प्रहरीले जनाएको छ ।
यसअघि शुक्रबार राति प्रहरी र स्थानीय बासिन्दासहितको ठूलो टोलीले ढेकहरी क्षेत्र आसपासका विभिन्न स्थानमा खोजी गरेको थियो । राति अबेरसम्म खोजी गर्दा पनि सिंहको अवस्था पत्ता लाग्न सकेको थिएन ।
पूर्व नगर प्रमुख सिंहले ढेकहरी क्षेत्रमा व्यावसायिक फार्म सञ्चालन गर्ने तयारी गरिरहेकाले यसअघि पनि पटक–पटक उक्त क्षेत्रमा जाने गरेको बताइएको छ । सिंह शुक्रबारदेखि सम्पर्कविहीन भएका हुन् ।
उनी कसरी सम्पर्कविहीन भए भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरी उपरिक्षक मनोहर प्रसाद भट्टका अनुसार सम्भावित स्थानमा खोजीलाई तीव्र बनाउँदै सिंहको अवस्थाबारे जानकारी सङ्कलन गरिरहेको बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २३ गते, २०८३ - १६:५०
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पछिल्लो निर्वाचनयता पार्टीसँग जोडिएका चार महत्वपूर्ण समुदाय क्रमश: टाढिँदै गएको बताएका छन्। उनले सहर...
श्रावण २३ गते, २०८३ - १६:१९
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल फर्किने मिति परिवर्तन भएको छ। कांग्रेस नेता मीन विश्वकर्माका अनुसार देउवा अब साउन ...
श्रावण २३ गते, २०८३ - १६:०६
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र जिम्मेवारी लिएर सक्रिय रूपमा काम गर्ने कार्यकर्तालाई अवसर...
श्रावण २३ गते, २०८३ - १५:५८
कपिलबस्तु। सम्पर्कविहीन भएका कपिलवस्तु नगरपालिकाका पूर्व नगर प्रमुख किरण सिंहको खोजी कार्य शनिबार बिहानदेखि पुन: सुरु गरिएको छ । शुक्रबार राति २ बजेसम...
श्रावण २३ गते, २०८३ - १४:४९
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले मुलुक गम्भीर सङ्कटको अवस्थाबाट गुज्रिरहेको भन्दै राजनीतिक शक्तिहरूबीचको सहकार्यका लागि...
श्रावण २३ गते, २०८३ - १४:३४
पञ्चकोशी दैलेख। दैलेखमा ट्रकसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको च्यापिएर चालकको मृत्यु भएको छ । दैलेखको डुङ्गेश्वर गाउँपालिका–२, तल्लो डुङ्गेश्वर...
श्रावण २३ गते, २०८३ - १४:२३
सुनसरी । बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्र–चतरा सडकबाट चार क्विन्टल १८ किलो गाँजासहित चार जना पक्राउ परेका छन् । बराहक्षेत्रबाट चतरातर्फ आउँदै गर...
श्रावण २३ गते, २०८३ - १४:०३
धरान। धरानमा खाना पकाउने ग्यासको अभाव देखिएपछि धरान उपमहानगरपालिकाले ग्यास डिलर तथा बिक्री केन्द्रको अनुगमन गरेको छ । शनिबार धरान उपमहानगरपालिकाका ...
श्रावण २३ गते, २०८३ - १३:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वप्रवक्ता डा। प्रकाशशरण महतले पूर्वप्रधानमन्त्री एवं कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्कने क्रममा विमा...
श्रावण २३ गते, २०८३ - १२:५५
तनहुँ। तनहुँको व्यास नगरपालिका र देवघाट गाउँपालिकाका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढाइ...



प्रतिकृया लेख्नुहोस्: