Khabar Dabali २७ असार २०८३ शनिबार | 11th July, 2026 Sat
Investment bank

बाँकेमा बढ्दै बसाइँसराइ, सबैभन्दा बढी कोहलपुरमा

खबरडबली संवाददाता

खजुरा। बाँकेमा पछिल्ला वर्षहरुमा बसाइँसराइ गरेर आउने र जाने दुवै थरी नागरिकको सङ्ख्यामा वृद्धि भएको छ । आर्थिक वर्ष २०८०–०८१ मा भन्दा गत आर्थिक वर्ष २०८१–०८२ मा जिल्लामा बसाइँ सरेर आउने र जिल्लाबाट बसाइँ सरेर बाहिरी जिल्ला जाने दुवै थरी नागरिकको सङ्ख्यामा वृद्ध भएको हो ।

गत आर्थिक वर्षमा बाहिरी जिल्लाबाट बसाइँसराइ गरेर २०९७ परिवार बाँके आएका छन् । २०९७ परिवारका ६३९६ जना सदस्य जिल्लाका विभिन्न पालिकामा आएका हुन् । त्यसैगरी १००३ परिवारका २९४६ जना सदस्य जिल्ला छाडेर अन्यत्र गएका छन् ।

आर्थिक वर्ष २०८०–०८१ मा बाहिरी जिल्लाबाट बसाइँसराइ गरेर २०३२ परिवार बाँके आएका थिए । २०३२ परिवारका ६०८० जना सदस्य जिल्लाका विभिन्न पालिकामा आएका थिए । यसैगरी ९०३ परिवारका २६४५ जना सदस्य जिल्ला छाडेर अन्यत्र गएका थिए । तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०–०८१ मा भन्दा गत आर्थिक वर्षमा बसाइँसराइ गरेर आउने र जाने दुवै थरीको सङ्ख्यामा वृद्धि भएको हो ।

बाँकेका आठ स्थानीय तहमध्ये बाहिरी जिल्लाबाट बसाइँसराइ गरेर आउने नागरिकमध्ये सबैभन्दा बढी कोहलपुर नगरपालिकामा आएका छन् । तथ्याङ्कअनुसार जिल्ला बाहिरबाट बसाइँसराइ गरेर बाँके जिल्लाका विभिन्न पालिकामा आउने नागरिकको सङ्ख्यामध्ये सबैभन्दा बढी कोहलपुरमा आएको पाइएको हो ।

गत आर्थिक वर्षमा बाहिरी जिल्लाबाट बाँके जिल्लामा बसाइँसराइ गरेर आउनेको सङ्ख्या सबैभन्दा धेरै कोहलपुरपछि क्रमश: बैजनाथ, नेपालगन्ज, खजुरा, राप्तीसोनारी, डुडुवा, नरैनापुर र जानकी रहेका छन् । कोहलपुरमा गत आवमा ६८२ परिवारका १९९० जना नागरिक बसाइँसराइ गरेर आएको कोहलपुर नगरपालिकाका एमआइएस अपरेटर रोशन चापागाईँले जानकारी दिए । उनका अनुसार उक्त वर्षमा २८७ परिवारका ८२३ जना सदस्यले बसाइँ सरेर अन्यत्र गएका थिए ।

बैजनाथमा गत आवमा ५३२ परिवारका १६३२ जना सदस्य बाहिरी जिल्लाबाट बसाइँसराइ गरेर आएको र १४६ परिवारका ४३८ सदस्यहरू बसाइँ सरेर अन्यत्रै गएको पञ्जीकरण शाखा प्रमुख यमुनाकुमारी शर्माले जानकारी दिए।

नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न वडामा गत आर्थिक वर्षमा ५२० परिवारका १६१५ जना सदस्य बसाइँ सरेर आएको नेपालगन्ज उपमहानगरपालिकाका पञ्जीकरण शाखाका कर्मचारी अमरकुमार चिडिमारले जानकारी दिए । उनका अनुसार उक्त वर्षमा नेपालगन्जबाट ३०१ परिवारका ८७१ जना सदस्यले बसाइँ सरेर बाहिरी जिल्ला गएका हुन् ।

खजुरा गाउँपालिकाका एमआइएस अपरेटर नर्वदा दाहालका अनुसार खजुरामा २०३ परिवारका ६७१ जना सदस्यहरू बसाइँसराइ गरेर आएका छन् । उक्त आवमा १२४ परिवारका ३७४ जना सदस्य अन्यत्रै बसाइँ सरेर गएका छन् ।

त्यसैगरी राप्तीसोनारीमा ११६ परिवारका ३५८ जना सदस्य बसाइँ सरेर आएको र १०० परिवारका २८३ जना सदस्य बसाइँ सरेर अन्यत्र गएको एमआइएस अपरेटर कुमार थापाले जानकारी दिए।

डुडुवा गाउँपालिकामा गत आवमा ३४ परिवारका ९५ सदस्य बसाइँ सरेर आएको पालिकाले जनाएको छ । पालिकाले उपलब्ध गराएको तथ्याङ्कअनुसार उक्त आवमा ३७ परिवारका १२२ जना सदस्य बसाइँसराइ गरेर बाहिर गएका छन् ।

नरैनापुरमा १० परिवारका २८ जनाले बसाइँ सरेर आएको र ८ परिवारका २९ जनाले बसाइँसराइ गरेर अन्यत्र गएको पञ्जीकरण शाखाका एमआइएस अपरेटर गोविन्दप्रसाद गोडियाले जानकारी दिए।

जानकी गाउँपालिकाले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत आवमा सात जना सदस्य बसाइँसराइ गरेर आएका छन् भने ६ जनाले बसाइँ सरेर बाहिर गएका छन् । प्राप्त तथ्याङ्कमा परिवार दर्ता सङ्ख्या उल्लेख गरिएको छैन ।

आर्थिक वर्ष २०८०–०८१ मा कोहलपुरमा ७६१ परिवारका २१६४ जना, नेपालगन्जमा ५३३ परिवारका १६७८ जना, बैजनाथमा ३६६ परिवारका ११५६ जना, खजुरामा २४४ परिवारका ७३३ जना, राप्तीसोनारीमा ११२ परिवारका ३०१ जना, डुडुवामा शून्य जना, जानकीमा १ परिवारका ४ जना र नरैनापुरमा १५ परिवारका ४४ जना गरी कुल २०३२ परिवारका ६०८० जना बाहिरी जिल्लाबाट बसाइँसराइ गरेर आएका थिए ।

त्यसैगरी, कोहलपुरबाट २५४ परिवारका ६९९ जना, नेपालगन्जबाट ३१२ परिवारका ९६८ जना, बैजनाथबाट १४६ परिवारका ४०० जना, खजुराबाट ९७ परिवारका २८६ जना, राप्तीसोनारीबाट ८२ परिवारका २०१ जना, डुडुवाबाट ४ परिवारका १६ जना, जानकीबाट २ परिवारका ६ जना र नरैनापुरबाट ६ परिवारका १९ जना गरी कुल ९०३ परिवारका २६४५ जनाले बसाइँसराइ गरेर अन्यत्र गएको तथ्याङ्क रहेको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गृहमन्त्रीको दिएको ‘घाँटी सुक्नेगरी’ भन्ने अभिव्यक्तिमाथि संसद्मको आपत्ति, रेकर्डबाट हटाउन माग

काठमाडौं । नेकपा सांसद गोपाल शर्माले गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभामा प्रयोग गरेको ‘घाँटी सुक्नेगरी’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त श...

गणेश नेपाली आत्मदाह प्रकरण: डीआईजी गोविन्द थपलियाको नेतृत्वमा छानबिन समिति गठन

काठमाडौँ । गणेश नेपाली आत्मदाह प्रकरणको छानबिन गर्न सरकारले नेपाल प्रहरीका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। गृहमन्...

विपक्षीलाई गृहमन्त्री गुरुङको प्रश्न: दुई तहको सरकार कसको छ ?

तपाईंहरूले बनाएको कानुनअनुसार नै हामीले काम गरेका हौँ

कसैको पीडामाथि राजनीति नगर्न सांसदहरूलाई गृहमन्त्री गुरुङको आग्रह

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कसैको पीडामाथि राजनीति नगर्न सांसदहरूलाई आग्रह गरेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नक...

‘म स्टन्टबाजी गर्न आएको होइन, जनताको सेवा गर्न आएको हुँ’: गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफू स्टन्टबाजीका लागि नभई जनताको सेवा गर्न सरकारमा आएको बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर ...

रोस्ट्रममा पुगेपछि भावुक बने गृहमन्त्री गुरुङ, केही नबोली फर्किए

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्न रोस्ट्रममा पुगेपछि भावुक बनेका छन्। प्रतिनिधिसभा बैठकमा समय लिएर आफ्नो धारणा ...

गनेश नेपालीको मृत्युको विरोधमा प्रदर्शन, महानगर घेराउ गर्न हिँडेका समूहलाई प्रहरीले रोक्यो

काठमाडौं । मुगुका गणेश नेपालीको आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित बनेका प्रदर्शनकारीहरू काठमाडौं महानगरपालिका घेराउ गर्न जाने क्र...

प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग्दै वीर अस्पताल अगाडि प्रदर्शन

काठमाडौं । आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा ...

गणेश नेपाली आत्मदाह प्रकरणमा वर्षमान पुनको प्रश्न– ‘यो राज्यको असफलता हो कि होइन ?’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुन ‘अनन्त’ले मुगुका युवा गणेश नेपालीको आत्मदाह प्रकरणबारे सरकारसँग जवाफ माग गरेका छन्। ...

रविलाई विश्वप्रकाश शर्माको प्रश्न– के साँच्चै सबै कुरा ठिकठाक भइरहेको दृश्य हो यो ?

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकार नागरिकमा आशा जगाउनेभन्दा त्रासको प्रतीक बन्दै गएको टिप्पणी गरेका छन्। मुगुका गणेश न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending