Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

पराजित भएका लामा भन्छन्-संविधानमा दुई वर्षसम्म सरकार फेर्न नपाइने लेखेकोकाे कारण राजीनामा दिन्नँ

खबरडबली संवाददाता

मकवानपुर । संसदीय दलको नेताबाट पराजित भएका बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले मुख्मयन्त्री पदबाट राजीनामा नदिने अडान दोहो¥याएका छन् । ‘मैले राजीनामा दिनुपर्ने कुनै कारण छैन,’ उनले भने, ‘दलको नेता गुमाएको आधारमा मुख्यमन्त्री पदबाट राजीनामा दिनुपर्ने कुनै आधार संविधानमा छैन् । म संविधानको भावना र प्रक्रियाअनुसार अगाडि बढ्छु ।’

बुधवार प्रदेश सभा सचिवालयमा भएको कांग्रेस संसदीय दलको निर्वाचनमा लामा इन्द्रबहादुर बानियाँसँग पराजित भएका छन् । उनले ३७ जना सांसदमध्ये १४ र बानियाँले २२ मत प्राप्त गर्दा १ मत भने बदर भएको छ । कांग्रेसको विधान अनुसार संसदीय दलको नेता नै मुख्यमन्त्री हुनुपर्ने प्रावधान छ । तर, मुख्यमन्त्री लामाले भने आफू दुईवटा पार्टीको गठबन्धनबाट मुख्यमन्त्री बनेकाले अविश्वासको प्रस्ताव पारित नभएसम्म राजीनामा दिनुपर्ने कुनै आधार नभएको दावी गरे ।

‘म गठबन्धनबाट मुख्यमन्त्री बनेको हुँ । सहमतीअनुसार मसँग अझै लगभग एक वर्ष मुख्यमन्त्री रहने आधार छ । त्यसअघि दुई वर्षसम्म कुनै पनि मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव राख्न पाउने आधार छैन,’ उनले भने, ‘त्यसकारण म मुख्यमन्त्रीबाट राजीनामा दिन्नँ ।’

यसअघि मंगलबार दलका २२ सांसदको समर्थनमा लामाविरुद्ध संसदीय दलको नेताको रुपमा अविश्वासको प्रस्ताव पारित भएको थियो । जसमा उनले दलको नेताको हैसियत गुमाएका थिए ।
मुख्यमन्त्री लामाले आफूविरुद्धको कदमलाई ‘राजनीतिक चलखेल’को संज्ञा दिँदै प्रदेश सरकार अझै स्थिर रहेको दाबी गरेका छन् । ‘आज मविरुद्ध अविश्वासको प्रस्ताव परेजस्तै मैले पनि अर्कोलाई त्यसै गर्नुपर्ने अवस्था आउँछ,’ उनले भने, ‘यसले प्रदेशमा अस्थिरता मात्रै निम्त्याउँछ ।’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: