काठमाडौं । अमेरिकाको सान फ्रान्सिस्को अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा विमान अवतरण गर्नेबित्तिकै पाइलटलाई पक्राउ गरिएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार डेल्टा एयरलाइन्सको विमान आइतबार बिहान ७ बजेतिर अवतरण गर्नासाथ यौन उत्पीडनको आरोपमा को(पाइलट ३४ वर्षीय रुस्टम भागवगरलाई गिरफ्तार गरिएको हो।
उनी भारतीय मूलका व्यक्ति भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। कन्ट्रा कोस्टा काउन्टी सेरिफ विभागका अधिकारी र होमल्यान्ड सेक्युरिटी इन्भेस्टिगेसनका एजेन्टले मिनियापोलिसबाट आइपुगेको केही समयपछि डेल्टा फ्लाइट २८०९, बोइङ ७५७–३०० को ककपिटमा प्रवेश गरी पाइलट भागवरलाई नियन्त्रणमा लिएका हुन्।
प्रत्यक्षदर्शीहरूले विमान रोकिनेबित्तिकै कम्तीमा १० जना एजेन्ट विमानमा चढेर पाइलटलाई हिरासतमा लिएको बताएका छन्। एक यात्रुले सान फ्रान्सिस्को क्रोनिकललाई भनेका छन्, ‘अधिकारीहरू र एजेन्टहरू ब्याज, बन्दुक र ज्याकेटरविभिन्न एजेन्सीहरूको चिन्हसहित करिडोरबाट ककपिटमा प्रवेश गरे र सह(पाइलटलाई हथकडी लगाएर लगे।’ रुस्टम भाग्वागरका सहचालकले घटनाले आफू स्तब्ध भएको बताएका छन्।
कन्ट्रा कोस्टा सेरिफको फेसबुक पोस्टअनुसार, एक बालिकाविरुद्ध यौन अपराध गरेको रिपोर्ट प्राप्त भएपछि जासुसहरूले अप्रिलदेखि उनको अनुसन्धान गरिरहेका छन्। पक्राउ पुर्जी जारीपछि ती पाइलटलाई पक्राउ गरिएको हो।
अप्रिलमा १० वर्षमुनिका बालिकासँग मौखिक सम्भोगका पाँचवटा घटनामा संलग्न देखिएपछि भागवरलाई पक्राउ गरिएको हो। उनी हाल मार्टिनेज डिटेन्सन फेसिलिटीमा छन् र जमानत ५० लाख डलर तोकिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ७ गते, २०८२ - २१:०३
झापा । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–५ मा २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार...
माघ ७ गते, २०८२ - २०:५६
टिकट नपाएपछि गुरुङको विद्रोह
माघ ७ गते, २०८२ - २०:३७
काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीअन्तर्गत देशभरका ...
माघ ७ गते, २०८२ - १४:१६
झापा । झापाको दमकमा रास्वपा र एमाले कार्यकर्ताबीच झडप भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएपछि झडप भएको हो । एमाले अध्यक्ष ओली...
माघ ७ गते, २०८२ - १४:१४
काठमाडाैं । काठमाडाैं महानगरपालिका वडा नं. १३ अन्तर्गत कालिमाटी–टंकेश्वर क्षेत्रबाट प्रहरीले करिब १३ लाख रूपैयाँ नगद र लागूऔषधसहित एक जनालाई पक्राउ गर...
माघ ७ गते, २०८२ - १४:०९
झापा । झापा निर्वाचन क्षेत्र नम्बर–२ मा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पूर्वसभामुख र पूर्वउपसभामुख चुनावी मैदानमा उत्रिएका छन् । पूर्वसभा...
माघ ७ गते, २०८२ - १४:०८
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी मनो...
माघ ७ गते, २०८२ - १४:०४
काठमाडौँ । निर्वाचन गराउने प्रमुख जिम्मेवारीसहित गठन भएको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका चार मन्त्री आसन्न प्रतिनिधिसभा सदस्य न...
माघ ७ गते, २०८२ - १४:०१
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पदबाट राजीनामा दिएपछि महावीर पुनले आफू कुनै पनि राजनीतिक पार्टीमा नलाग्ने स्पष्ट पारेका छन् । म्याग्दीब...
माघ ७ गते, २०८२ - १३:५८
बाग्लुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बाग्लुङ जिल्लामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चा (राजमो)बीच चुनाव...




प्रतिकृया लेख्नुहोस्: