Khabar Dabali ७ असार २०८३ आईतवार | 21st June, 2026 Sun
Investment bank

विमान अवतरण गर्नेबित्तिकै यौन उत्पीडन आरोपमा पाइलट पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । अमेरिकाको सान फ्रान्सिस्को अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा विमान अवतरण गर्नेबित्तिकै पाइलटलाई पक्राउ गरिएको छ। 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार डेल्टा एयरलाइन्सको विमान आइतबार बिहान ७ बजेतिर अवतरण गर्नासाथ यौन उत्पीडनको आरोपमा को(पाइलट ३४ वर्षीय रुस्टम भागवगरलाई गिरफ्तार गरिएको हो।  

उनी भारतीय मूलका व्यक्ति भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।  कन्ट्रा कोस्टा काउन्टी सेरिफ विभागका अधिकारी र होमल्यान्ड सेक्युरिटी इन्भेस्टिगेसनका एजेन्टले मिनियापोलिसबाट आइपुगेको केही समयपछि डेल्टा फ्लाइट २८०९, बोइङ ७५७–३०० को ककपिटमा प्रवेश गरी पाइलट भागवरलाई नियन्त्रणमा लिएका हुन्। 

प्रत्यक्षदर्शीहरूले विमान रोकिनेबित्तिकै कम्तीमा १० जना एजेन्ट विमानमा चढेर पाइलटलाई हिरासतमा लिएको बताएका छन्। एक यात्रुले सान फ्रान्सिस्को क्रोनिकललाई भनेका छन्, ‘अधिकारीहरू र एजेन्टहरू ब्याज, बन्दुक र ज्याकेटरविभिन्न एजेन्सीहरूको चिन्हसहित करिडोरबाट ककपिटमा प्रवेश गरे र सह(पाइलटलाई हथकडी लगाएर लगे।’ रुस्टम भाग्वागरका सहचालकले घटनाले आफू स्तब्ध भएको बताएका छन्। 

कन्ट्रा कोस्टा सेरिफको फेसबुक पोस्टअनुसार, एक बालिकाविरुद्ध यौन अपराध गरेको रिपोर्ट प्राप्त भएपछि जासुसहरूले अप्रिलदेखि उनको अनुसन्धान गरिरहेका छन्। पक्राउ पुर्जी जारीपछि ती पाइलटलाई पक्राउ गरिएको हो। 

अप्रिलमा १० वर्षमुनिका बालिकासँग मौखिक सम्भोगका पाँचवटा घटनामा संलग्न देखिएपछि भागवरलाई पक्राउ गरिएको हो। उनी हाल मार्टिनेज डिटेन्सन फेसिलिटीमा छन् र जमानत ५० लाख डलर तोकिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लेबनान तनाव चर्किएपछि इरानद्वारा होर्मुज स्ट्रेट पुनः बन्द गर्ने घोषणा

तेहरान । इरानले विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने होर्मुज स्ट्रेट पुनः बन्द गर्ने घोषणा गरेको छ। लेबनानमा जारी इजरायली आक्रमण र अमे...

पाल्पामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

पाल्पा । कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । बिहीबार साँझ नुहाउने क्रममा बगनासकाली गाउँपालिका–६ मन्द्राङस्थित कालीगण्ड...

वर्षासँगै तराईमा घट्यो गर्मी, केही जिल्लामा भारी वर्षा

काठमाडौं । पछिल्ला केही दिनयता देशका विभिन्न क्षेत्रमा वर्षा सक्रिय बन्दै जाँदा तराईका जिल्लामा तापक्रम घट्न थालेको छ। जल तथा मौसम विज्ञान विभागका अनु...

सरी’ र ‘धन्यवाद’सँगै सकियो रास्वपाको अन्तिम केन्द्रीय समिति बैठक

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअघि बसेको अन्तिम केन्द्रीय समिति बैठक शनिबार राति एकअर्काप्रति ‘सरी’ र ‘धन्यवाद’ व्यक्त गर्दै ...

रास्वपा महाधिवेशन : नेतृत्वमा दाबी गर्न हजारौँ शुल्क र दर्जनौँ समर्थकको सर्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन सुरु हुन एक दिन बाँकी रहँदा पार्टीले नेतृत्व चयनका लागि उम्मेदवारी शुल्क र आवश्यक म...

घर छन्, घरमूली छैनन् : उजाडिँदै गाउँका बस्ती

काठमाडौं । सल्ल्यानका पहाडी बस्तीहरूमा कुनै समय ढुङ्गाका छाना, माटोले लिपिएका भित्ताहरू र काठका झ्यालढोकाले सजिएका घरहरू गाउँको पहिचान मानिन्थे। हिउँद...

पोखराको लेकसाइडमा खानेपानी समस्या

कास्की । पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा खानेपानी अभाव भएपछि होटल व्यवसायीले नेपाल खानेपानी संस्थान पोखराको ध्यानाकर्षण गरा...

म्याग्दीमा रासायनिक मलको अभाव

म्याग्दी । म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य खाद्यान्न बाली धान बाली लगाउने तयारी गरेका र बारीमा चैते मकै लगाएका किसानहरू रासायनिक मल नपाएर...

वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु

काठमाडौँ । यो वर्षको वैशाखपछि आजसम्म (दुई महिना र केही दिन)को अन्तरालमा विपद्जन्य घटनामा परेर १०५ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकर...

बस र ट्रक ठोक्किँदा नवलपरासी पश्चिममा एक महिलाको मृत्यु, तीन जना घाइते

काठमाडौं । नवलपरासी (पश्चिम) को बर्दघाट नगरपालिका–२ चिसापानीस्थित पूर्व-पश्चिम राजमार्गमा शनिबार बिहान बस र ट्रक एकापसमा ठोक्किँदा एक महिलाको मृत्यु भ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending