Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

बेनीको गाजने गाउँमा पहिलाे पटक स्याउ फल्यो

खबरडबली संवाददाता

म्याग्दी । बेनी नगरपालिका ५ को पुलाचौरस्थित गाजने गाउँमा स्याउ फलेको छ । उच्च हिमाली भूभागमा मात्र फल्ने स्याउ यहाँ पनि फल्न थालेपछि किसान फुरुङ्ङ भएका छन् । चारवर्ष अघि यहाँका किसानले मुस्ताङबाट स्याउका बिरुवा ल्याएर परीक्षणका रुपमा लगाएका थिए ।

यो गाउँ समुद्री सतहदेखि दुई हजार मिटरभन्दा माथि रहेकाले स्याउ खेती हुनसक्ने अनुमान गरेर चारवर्ष अघि मुस्ताङबाट स्याउका बिरुवा ल्याएर लगाएका थियौं स्थानीय किसान यामबहादुर बानियाँले भने, ‘‘अहिले स्याउका बिरुवाले उत्पादन दिन थालेको छ । स्याउ फल्न थालेपछि किसान उत्साहित भएका छन् ।’’ स्याउको परीक्षण उत्पादन सफल भएकाले गाउँका सबै किसानले खाली जमिनमा स्याउका बोट रोप्ने योजना बनाएको उनले बताए । 

चारवर्ष अघि गाजने गाउँका अधिकांश घरपरिवारले स्याउका विरुवा रोपेको उनले बताए । उक्त स्याउका विरुवा लगाएको छोटो समयमै बोटमा स्याउको दाना लागेपछि किसान खुसी भएको उनको भनाइ छ । मुस्ताङबाट स्याउका विरुवा ल्याएर परीक्षणको रुपमा लगाइएको स्याउले उत्पादन दिएर परीक्षण सफल भएपछि किसानले यस वर्षदेखि थप बिरुवा लगाउने योजना बनाएको स्थानीयवासी नीलकण्ठ शर्माले बताए । 

उनले गाजनेमा स्याउको परीक्षण उत्पादन सफल भएपछि अब व्यावसायिक रुपमा लगाउने योजना आफूहरुले बनाएको उनले बताए । जिल्लाको उच्च भेग, चिसो हावापानी भएकाले गाजने गाउँमा स्याउ खेती गर्न सकिने उनको भनाइ छ । किसानले मुस्ताङबाट गोल्डेन र रेड प्रजातिको स्याउ ल्याएर लगाएका थिए ।

यसवर्ष गाजनेका यामबहादुर बानियाँ, यामबहादुर कार्की, तिलक खत्री, निलकण्ठ शर्मा, खड्कबहादुर खत्री र सीता कार्कीले लगाएको बारीमा स्याउले उत्पादन दिएको छ ।  २०७८ सालमा यहाँका स्थानीयले परीक्षणको रुपमा २०/२५ गोटाका दरले लगाएको स्याउका बोटले उत्पादन दिन थालेपछि अन्य किसानहरुले पनि स्याउ लगाउने योजना बनाएका छन् । कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बाँस्तोलाले गाजनेमा फलेको स्याउको दाना देख्दा व्यावसायिक रुपमा खेती गर्न सकिने बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: